आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

पूर्वाञ्चल बेस्ट मोडल नेपाल–२०१९ को ग्रान्ड फिनाले चैत्र १६ मा

थ्रि डि ईभेन्ट एण्ड मेडिया हाउस प्रालिको प्रस्तुतीमा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरु लक्षित गरी आयोजना गरिएको “पूर्वाञ्चल बेस्ट मोडल नेपाल–२०१९” सौन्दर्य प्रतियोगिताको ग्रान्ड फिनाले यहि चैत्र१६ गते होटल प्यासिफिक विराटनगरमा हुने भएको छ। विर्तामोड दमक र विराटनगरमा कार्यक्रममा सहभागि प्रतिस्पर्धीहरुलाई केहि साता यता तालिम प्रदान गरिदै आएको अायोजकले जानकारि गराएका छन् ! प्रतियोगिताको फोटो ग्राफी एम के फोटो स्टुडियो गरिरहेको जनाईएको छ। यस सौन्दर्य प्रतियोगिता मार्फत केन्द्रिकित रूपमा काठमाण्डौमा मात्र सन्चालन हुने सौन्दर्य प्रतियोगितामा भाग लिन नसकि निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरु तथा पुरूषहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको थ्रिडी ईभेन्ट एण्ड मिडिया हाउसका सिईअो सुजन रिमालले जानकारी गराए । कार्यक्रमको लागि राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु र फिल्मको टिमको साथै स्थानिय स्तरका कलाकारहरुको समेत प्रस्तुतीले रहने छ । साथै कार्यक्रमको प्रत्यक्ष प्रसारण एरिना टेलिभिजनले गर्ने कुरा अायोजकले जानकारी गराए । प्रतियोगिताको बिजेताले आकर्षक पुरस्कारको साथमा मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने छन् l प्रतियोगिताका लागि छनौट प्रक्रियाबाट छानिएका प्रतिस्पर्धीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिसकिएको छ जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरले प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरि सकिएको छ प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई बिभिन्न गतिविधीमा समेत सहभागि गराइएको सिईअो रिमालले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *