सशस्त्र प्रहरी महिला परिवारबाट विनासकारी आँधी प्रभावित जिल्लाका परिवारलाई राहात वितरण
सशस्त्र प्रहरी महिला संघका अध्यक्ष सरिता कंडेल खनालको नेतृत्वमा गएको टोलीले बारा तथा पर्साका आंधीबेहेरी पिडित परिवारहरुलाई राहत वितरण गरेको छ । सशस्त्र प्रहरी महिला संघले विनासकारी आँधी प्रभावित जिल्लाका परिवारलाई बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर राहात वितरण लगायत आर्थिक सहयोग गरेको हो ।
लामो समयदेखी समाजसेवामा समेत सक्रिय सौन्दर्यविद शिलाष्मा हमाल तथा सशस्त्र प्रहरी महिला संघका अध्यक्ष सरिता कंडेल खनालले प्रमुख जिल्ला अधिकारी तथा गाउपालिका अध्यक्षको रोहवरमा आंधीबेहरीबाट पिडित र हुरी बतासले क्षति पुर्याएका स्थानमा राहत सामाग्रीहरु त्रिपाल, चाउचाउ, विस्कुट चिउरा खानेपानी जस्ता सामाग्रीहरु वितरण गरेर फर्किएकी छिन । यस्तो राहत सामग्रीले पीडितहरुलाई तत्काल केही राहत भएपनि दीर्घकालिन समस्याको समाधानका लागी राज्यले नै तत्काल आवश्यक पहल गर्नुपर्ने समाजसेवी हमालले बताइन । राहत वित...









