बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नायिका शान्ता तामाङ्ग मौलीक कला सम्मानबाट सम्मानित

मोडलिङ्ग क्षेत्रमा सक्रियता संगै मिसेस नेपाल आईकनको विजेता हुदै विगत केहि वर्ष देखी सफल सौन्दर्य प्रतियोगीता आयोजकको रुपमा समेत चर्चा कमाएकी नायिका एवं महिला व्यबसायीको रुपमा समेत परिचित शान्ता कुमारी तामाङ्ग बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्ड समारोहमा मौलीक कला सम्मानबाट सम्मानित भएकी छिन ।
नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको हातबाट उनलाई उक्त सम्मान प्रदान गरिएको थियो । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा काभ्रेको बनेपामा आयोजित अवार्ड समारोहमा लामो समयदेखी आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान दिने वरिष्ठ व्यक्तित्वहरु अभिनेत्री बसुन्धरा भुषाल, अभिनेत्री चैत्यदेवी, संगीतकार सिताराम पोख्रेल, नायिका पूर्णिमा लामा, संगीतकार रेखा पौडल लगायतलाई सम्मान गरिएको थियो ।
कला क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर तथा प्रशंसा गर्दै नायिका एवं समाजसेवी शान्ता कुमारी तामाङ्गलाई यस वर्षको नाट्यश्वर मौलीक कला सम्मान प्रदान गरिएको आयोजक कमिटीका कार्यक्रम निर्देशक तथा संचारकर्मी किरण अधिकारीले जनाएका छन ।

हालै मात्र देशभर छरिएर रहेका ईभेन्ट आयोजकहरुको छाता संगठन ईभेन्ट म्यानेजमेन्ट एसोसिएसनको उपाध्यक्षमा चयन भएकी नायिका शान्ता विगत केहि वर्षदेखी बिवाहित जनजाती समुदायका महिलाहरुको सौन्दर्य प्रतियोगीहरु आयोजना गर्दै सफल ईभेन्ट आयोजकको रुपमा समेत ख्याती कमाउदै आएकी छिन । जनजाती समुदायका बिवाहित महिलाहरुलाई समेटेर मिसेस जनजाती पेजेन्टको तयारीमा व्यस्त शान्ताको मुख्य भूमिका रहेको प्रतिक्षित चलचित्र हिमालकी रानी शिघ्र प्रदर्शनको क्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *