“ग्रेस एस ई इ सुपर स्टार–२०१९” को उपाधी प्रयुक्ता चन्दको पोल्टामा
ग्रेस इभेन्ट्स र मोडल सङ्स नेपाल प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “ग्रेस सि सुपर स्टार नेपाल–२०१९” सौन्दर्य प्रतियोगिताको उपाधी प्रयुक्ता चन्दले जित्न सफल भएकि छिन् । राष्ट्रिय नाच घर जमल काठमाण्डौमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर र छात्रवृति समेत प्राप्त गरेका छिन । मिख्याल सङ्मेन,मिग्मा शेर्पा क्रमशः प्रतियोगिताको फर्स्ट र सेकेण्ड रनरअप भए । मस्ट पपुलर तर्फ जेविस जोशी र अडियन्स च्वाइस् रन्जु सुन्चउरिले ताज अाफ्नो पोल्टामा हाल्न सफल भएको कुरा मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले जानकारि गराए । प्रतियोगिताको फोटो क्युपिड फोटो स्टुडियोका विन्द्र प्रजापति गरेका थिए । यस सौन्दर्य प्रतियोगिता मार्फत सि परीक्षा दिएर फुर्सदिलो भएर बसेका क्षमता र तिव्र इच्छा र चाहना हुदा हुँदै स्कुले जिवनमा व्यस्थ र पठन पाठनले सहभागी हुन नपाएका प्रतियो...









