मह जोडीबाट बिद्यार्थी लक्षित म्याक्स कनेक्टले बजारमा ल्याएको ईलर्निङ्ग एप ‘स्मार्टर’ को औपचारिक शुभारम्भ
बिद्यालय पढ्ने भाइबहिनीहरुलाई लक्षित गरि अध्ययन गर्न सहयोग पुग्ने मोबाइल ईलर्निङ्ग एप 'स्मार्टर' को नेपालमा सार्वजनिक भएको छ। म्याक्स कनेक्टले संचालनमा ल्याएको मोबाइल एपको वरिष्ठ कलाकारद्वय मह जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले औपचारीक शुभारम्भ गर्नु भएको हो। उक्त औपचारिक शुभारम्भ समारोहमा म्याक्स कनेक्टका डाइरेक्टर राजेश तुलाधरले युरोप, अष्ट्रेलिया , अमेरिकामा जस्तै नेपालमा पनि यो एप मार्फत बिद्यार्थीहरुको पढाई सहज हुने बिश्वास ब्यक्त गर्नु भएको थियो।
म्याक्स कनेक्टका प्रमुख कार्यकारी अधिकृत जीत राघवले कक्षा ४ देखि ९ सम्मका विधार्थीहरुलाई लक्षित गरि नेपालको पाठ्यक्रम अनुसार स्मार्टर एप ल्याइएको जानकारी दिनु भएको थियो । यो एप, घरैमा बसेर अनलाइन तथा अफ लाइन मै पनि अडियो भिजुएल मार्फत धेरै जना प्रयोगकर्ताहरुले एकै साथ सहज तरिकाले अध्ययन तथा उपयोग गर्न सकिने जानकारी दिनुभएको थिय...









