सांसद सरिता गिरीविरुद्ध जन्म कैदको माग गर्दै महानगरीय प्रहरी टेकुमा जाहेरी
जनता समाजवादीकी सांसद सरिता गिरीविरुद्ध जन्म कैदको माग गर्दै जाहेरी परेको छ । महानगरीय प्रहरी टेकुमा शुक्रबार साझ अभिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल, नवराव जाहेरी दरखास्त दर्ता गरेको अधिवक्ता सन्तोष भण्डारीले जानकारी दिए।
गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को ९५ क( उपदफा ९१) वा ९२० बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ । उक्त कानुनी व्यवस्थाअनुसार राज्यविरुद्धको कसुर ठहर भएमा सांसद गिरीलाई जन्मकैदको सजाय हुनेछ।
सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने शीर्षक अन्तर्गत कसैले नेपालको स्वतन्त्रता, सार्वभौम सक्ता, भौगोलिक, प्रादेशिक वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हात हतियार वा खरखजना जम्मा गर्ने हातहतियारसहित सैनिक वा संगठन गर्ने वा यस्तो कार्य नगर्न नहुने कानुनमा उल्लेख गरिएको छ ।
दफा ४९ को २ मा नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगो...









