विद्यालयले अभिभावकलाई जथाभावी शुल्क लिने कार्य बन्द गर्नुपर्छ:डा. डिआर उपाध्याय
डा .डिआर उपाध्याय,
कोरोना संक्रमणको बढ्दो महामारीका कारण धेरै क्षेत्रमा प्रभाव पारेको छ । सवै भन्दा महत्वपूर्ण कुरा के हो भने भविश्यका कर्णधार विद्यार्थीहरुको भविश्य अन्योलमा छ । शैक्षिक सत्र सुरु भइसक्दासमेत अधिकांश विद्यालयको पठनपाठन सुरु हुन सकेको अवस्था छैन । निजी विद्यालयहरूले अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका छन । तर अनलाइनमार्फत पढाई भएता पनि खासै प्रभावकारी हुन सकेको देखिदैन । यो भनेको निजी विद्यालयहरूको शुल्क उठाउने खेलो मात्र हो । यतिखेर विद्यार्थी र अभिभावकहरू निकै चिन्तित अवस्थामा छन् । सरकारले पनि शैक्षिक क्षेत्रलाई कसरी सञ्चालन गर्ने भन्ने बिषयमा स्पष्ट कार्ययोजना बनाउन सकेको छैन ।
केही निजी विद्यालयहरुले लकडाउन अवधिको समेत अभिभावकलाई शुल्क तिर्न ताकेता गरिरहेका छन । जुन कारणले गर्दा यति खेर अभिभावकहरू चिन्तित बन्न पुगेका छन् । पढाउँदै नपढाइ विभिन्न शीर्षकमा अभिभावकल...









