ललितपुरमा आज बिहानैदेखि कर्फ्यू, उल्लंघन गरे गोली हान्ने चेतावनी
ललितपुरमा आज एकाबिहानैदेखि कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको छ । बिहीबार वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्राका क्रममा केही युवाले रथ तान्न थालेपछि पुल्चोकमा झडप भएको थियो । झडपका क्रममा ललितपुरको पाटन क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुरको चक्रपथभित्र कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र भेला, जुलुस, आवतजावत गरेमा कानुनी कारबाही गरिने भनिएको छ । यसैबिच मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ ।
ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बसेको बैठकले आज १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै...








