कागेश्वरी मनोहरा नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
भाद्र २१ काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकामा भाद्र २० गते थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२ पुरुष र २ महिला गरि थप ४ जनामा कोरोना संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।त्यसै गरि नगरपालिकाले २०७७ भाद्र २० गते सम्ममा २०४४ पुरुष र् ९३६ जनाको गरि कुल २९८० जनाको पिसीआर परिक्षण गरेको जानकारी गराएको छ। त्यस मध्ये ९० जना पुरुष र ४७ जना महिला गरि कुल १३७ जना कोरोना संक्रमित रहेकोमा ५३जना पुरुष र २८ जना महिला गरि कुल ८४ जनाले कोरोना जितेका जनाएको छ हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यसै गरि नगरपालिकाले वडागत रुपमा कोरोना बिवरण समेत सार्वजनिक गरेको छ ।जस अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा ५ जना संक्रमित भएकोमा ४ जना कोरोना जित्न सफल भएको र १ जना सक्रिय संक्रमित रहेको जनाइएको छ। त्यसै गरि वडा नं २ मा कुल ३ जना कोरोना...









