मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, तर यी काम गर्न पाइँदैन

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, तर यी काम गर्न पाइँदैन

राजनीति, समाचार
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै विहीबारबाट काठमाडौं उपत्यकामा जोर विजोर सवारी सञ्चालन गर्न पाइने भएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही सहजतासँगै निषेधाज्ञा पनि लब्म्याउने निर्णय गर्दै बिहीबारबाट नीजि सवारी साधान जोरविजोर, विहान बेलुका पसलहरु खोल्न पाउने गरी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो। सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन । त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए। उनले यसबाहेक अन्य विषयमा पनि सहजता ल्याइएको बताए। स्वास्थ्य सुरक्षा अपनाएर दैनिकी चलाउनुपर्ने अवस्थालाई निर्णय गर्दा ख्याल गरिएको प्रशासकीय अधिकृत पाण्डेको भनाई छ। तर मानिसहरुको भीडभाड हुने क्षेत्रहरु भने खुला गरिएको छैन। ...
One-way traffic on obstructed Narayangadh-Muglin Highway resumes

One-way traffic on obstructed Narayangadh-Muglin Highway resumes

समाचार
Sept 9:One-way traffic has resumed on the obstructed Narayangadh-Muglin Highway. The road has been obstructed at Bhateri in Bharatpur Metropolitan City-29 by landslide triggered by rain today. With the opening of one-way traffic, stuck vehicles headed to their destinations. Efforts were on to clear debris, said Deputy Superintendent of Police Surya Thapa. (RSS)
एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा

एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा

अपराध, समाचार
रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा यातना दिएको भन्दै रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको गरुडा नगरपालिका–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो । हिरासतमा नै बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको आरोप छ । उक्त प्रकरणमा एकजना प्रहरी निरीक्षकसहित ३ प्रहरी निलम्बन समेत गरिएको छ । यद्यपी एसपी खड्कालाई त्यहाँबाट हटाइ प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको छ । भने उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएको छ । ...
५० वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृत चन्द्रा गुरुङलाई

५० वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृत चन्द्रा गुरुङलाई

समाचार
भदाै २४ पाेखरा। पचास वर्षपछि नेपाल प्रहरी अन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकाे छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन्। प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो। अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उनको नाम ३४ नम्बरमा छ। विसं २०२६ यताका गुल्मपतिमा उनी पहिलो महिला हुन् भने नेपालमा दोस्रो गुल्मपति हुन्। नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिइन्। जिम्मेवारी बहनसँगै गुरुङले भनिन्, “तीन दशक लामो प्रहरी सेवामा शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिएर काम गर्दै आएकी छुु, गुल्मपतिको जिम्मेवारीलाई पनि यसको काम, कर्तव्य। अधिकारभित्र रहेर उत्कृृृष्ट ब...
काठमाडौँ उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि

समाचार
 पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३९४ , ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिएका हुन्। पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। बुधबार मात्रै नेपालमा १ हजार ८१ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म देशभर कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ। ...
कोरोनाबीच पनि अघि बढ्यो नागढुङ्गा–सिस्नेखोला सुरुङ निर्माण

कोरोनाबीच पनि अघि बढ्यो नागढुङ्गा–सिस्नेखोला सुरुङ निर्माण

समाचार
भदौ २४ काठमाडौँ । कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ । निर्माणस्थलमा ‘क्लोज क्याम्प’ भित्र बसेर निर्माणको काम भइहेको छ । गत वर्ष निर्माण शुरु गरेको जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनले अहिले पनि भएका जनशक्तिमार्फत काम गरिरहेको छ । निर्माणस्थलमा अहिले झण्डै दुई सय कामदार कार्यरत छन् । काम अघि बढाउन जनशक्तिको अभाव नरहेको सडक विभागले जनाएको छ । बन्दाबन्दी पहिले नै कम्पनीले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिसकेको थियो । निर्माण शुरु भएको १० महिना हुँदा अहिलेसम्मको भौतिक प्रगति झण्डै चार प्रतिशत रहेको छ । अहिलेसम्म भौतिक प्रगति सातदेखि आठ प्रतिशत हुने लक्ष्य लिइएको थियो । निर्माणको काम अवरुद्ध नै नभए पनि कतिपय समस्या आइरहेकाले लक्ष्यभन्दा कम प्रगति भएको बताइएको छ । केह...
धादिङ केन्द्र भएर भूकम्प

धादिङ केन्द्र भएर भूकम्प

समाचार, समाज
धादिङ केन्द्र भएर आज दिउसो भूकम्प गएको छ। बुधबार दिउसो ३ बजेर ४८ मिनेट जाँदा धादिङको निलकण्ठ नगरपालिका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का धादिङ र आसपास क्षेत्रमा महसुस गरिएको थियो। नेपालमा २०७२ सालको महाभूकम्पपछि पनि निरन्तर नयाँ भूकम्प र परकम्प गइरहेका छन्। ...
थप १ हजार ८१ मा कोरोना संक्रमण पुष्टि

थप १ हजार ८१ मा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।आज ११ हजार १६७ पीसीआर परीक्षण गरिएको थियो। ...
एक साता अझै निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

एक साता अझै निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

समाचार
भदौ २४ काठमाडौं । कोरोना संक्रमण दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ ।विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो । मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने बताए ।दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने उनले बताए । उनले भने, ‘उपत्यकामा अहिले यी दुवै मापदण्ड नाघेको छ, त्यसैले अहिले निषेधाज्ञा खोल्नु हुन्न भन्ने हो, तर यस सम्वन्धी निर्णय हामीले होइन, गृहमन्त्रालय अन्तरर्गतको स्था...
६३ वर्षीया आफ्नै आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

६३ वर्षीया आफ्नै आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

अपराध, समाचार
आफ्नै वृद्ध आमालाई बलात्कार गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। इलामका एक २३ वर्षीय युवाले आफ्नै ६३ वर्षीय आमालाई यही भदौ ७ गते राति बलात्कार फरार भएका थिए। फरार युवाविरुद्ध जिल्ला प्रहरी कार्यालय, इलाममा परेको जाहेरीका आधारमा प्रहरीले मंगलबार राति ती युवालाई इलाम नगरपालिका–५, तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए। उनले परिवारभित्रको घटना भएको र परिचय खुल्दा थप समस्या हुने भएका कारण पीडक र पीडितको नाम ठेगना गोप्य राखेर अनुसन्धान अगाडि बढाएका बताए। पक्राउ परेका ती युवालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने उनले बताए। ...