मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि बागमती प्रदेशले ३ करोड दिने

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि बागमती प्रदेशले ३ करोड दिने

समाचार
असाेज १ काठमाडौं । बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि धुर्मुश सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ ।प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक बर्ष २०७७/०७८ का लागि अनुदान रकम दिन लागको हो ।कोभिड १९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरीरहेको भन्दै काम सुचारु गर्न सहज होस भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिएका छन  । यसैगरी गरि बुधबार नै बसेको मन्त्री परिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र संचालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पुर्वाधार बिकास साझेदारी नियमावलीको दोस्रो संसोधन स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताएका छन   ।फोटो सौजन्य :धुमुस सुन्तली फाउन्डेसन ...
हेटौंडामा एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की

हेटौंडामा एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की

समाचार
असाेज १ हेटौंडा ।हेटौंडा उपमहानगरपालिकाले एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की गरेको छ ।उपमहानगरले गएको एक वर्षमा जनसहभागितासहित रु ४९ करोड ५१ लाख बजेटमा १९ वटा वडामा साढे ३१ किलोमिटर सडक स्ल्याप ढलान र एक किलोमिटर सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ । उपमहानगरपालिका क्षेत्रमा रहेका कच्ची सडकलाई पक्की बनाउने अभियानअनुसार ३२ किलोमिटरभन्दा धेरै सडकलाई पक्की गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।उपमहानगरका गाभिएका नयाँ वडाहरुलाई विशेष प्राथमिकता दिइएको भए पनि सबै वडाका सडकलाई पक्की बनाउने काम गरिएको उनले बताए । चाँडो बिग्रने भएकाले कालोपत्रेलाई प्राथमिकता नदिई एकपटक बनाएपछि वर्षौँ टिक्ने स्ल्याप ढलानलाई प्राथमिकता दिइएको प्रमुख महतले जानकारी दिए । उनका अनुसार उपमहानगरले खर्च गर्ने बजेटमध्ये सडकका लागि सबैभन्दा बढी खर्च भएको छ । ...
आजदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि बिहानैदेखि बसपार्कमा चहलपहल बढ्यो

आजदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि बिहानैदेखि बसपार्कमा चहलपहल बढ्यो

समाचार
असाेज १ काठमाडौं ।सार्वजनिक सवारी यातायात सञ्चालन ठप्प भएपछि सुनसान बनेका नेपालगञ्ज बसपार्क क्षेत्रका होटलमा पनि चहलपहल देखिएको छ ।आजदेखि लामो दूरी तथा अन्तरजिल्लामा यातायात सञ्चालन भएपछि बिहानैदेखि बसपार्कमा पुगेका यात्रु, यातायात व्यवसायी र मजदुर तथा कर्मचारीे चहलपहको बढेको होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिनुभयो । लामो दूरी तथा अन्तरजिल्लामा सार्वजनिक बसहरु सञ्चालन शुरु भएपछि होटल व्यवसायीसमेत व्यवसाय सञ्चालनको तयारीमा लागेको उहाँले बताउनुभयो । ...
फिफा वरियतामा नेपाल १७० औं स्थानमा यथावत

फिफा वरियतामा नेपाल १७० औं स्थानमा यथावत

खेलकुद, समाचार
असाेज १ काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७० औं स्थानमै रहेको थियो । त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १०९ औं स्थानमा छ भने माल्दिभ्स १५५ औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भुटान १८९ औं, बङ्गलादेश १८७ औं, श्रीलङ्का २०६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् । नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगे...
४० जना प्रहरी कर्मचारीसहित गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण

४० जना प्रहरी कर्मचारीसहित गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण

समाचार
असाेज १ पोखरा । नेपाल प्रहरीका ४० जना कर्मचारीसहित गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ६६, लमजुङका ५ र तनहुँका ३ जना गरी ७४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएकामध्ये कास्कीको पोखरा महानगरपालिका–१५ का ३९ जना पुरुष र १ जना महिला गरी ४० जना प्रहरी कर्मचारी हुन् ।संक्रमण देखिएका अन्यमध्ये पोखरा महानगरपालिका वडा नम्बर ८ का ४ जना हालै भारतबाट नेपाल आएका व्यक्ति भएका जनाइएको छ । अन्य संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएका व्यक्ति रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन् । ...
नेपालमा थप १२ सय ४६ कोरोना संक्रमित थपिए

नेपालमा थप १२ सय ४६ कोरोना संक्रमित थपिए

समाचार
असाेज १ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ भने देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ। संस्थागत आइसोलेसनमा रहेकाको संख्या ७ हजार ९०३ रहेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार ६४१ पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा अहिलेसम्म ८ लाख ८२ हजार ९१५ पीसीआर परीक्षण भएको छ।पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ।  त्यस्तै पछिल्लो २४ घण्टामा तीन महिला र १ पुरुष गरी ४ जनाको...
काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

समाचार
असाेज १ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार (हिजो) काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना गरी जम्मा ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण...
नागरिकले प्रश्न गरे केपी ओलीलाई खतिवडा भित्र कुलमान किन बाहिर ?

नागरिकले प्रश्न गरे केपी ओलीलाई खतिवडा भित्र कुलमान किन बाहिर ?

राजनीति, समाचार
असोज १ काठमाडौ ।सार्वजनिक पदधारी कुनै पनि व्यक्तिको मूल्यांकन तिनले गरेका काम र त्यसबाट निस्केको नतिजालाई हेरेर गरिन्छ।सरकारले कामको मूल्यांकन गरेर जिम्मेवारी दिन्छ भन्ने मान्ने हो भने अहिले कुलमान घिसिडले फेरि नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गरिरहेका हुन्थे। दुर्भाग्य, उनी अहिले निवृत्त जीवनमा प्रवेश गरिसकेका छन्। तर एक साताअघि अर्थमन्त्रीबाट राजीनामा दिएका युवराज खतिवडा भने फेरि पुरस्कृत भइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन्, त्यो पनि मन्त्री पदको सुविधासहित।अर्थमन्त्री खतिवडाको तीनवर्षे कार्यकालमा मुलुकको आर्थिक वृद्धिदर ९गत वर्षबाहेक० ६–७ प्रतिशतले बढेको थियो। गत वर्ष कोभिडका कारण २।३ प्रतिशतमात्र हुने भनिएको छ। ६–७ प्रतिशतको नतिजा आफैंमा नराम्रो होइन। तर दुईतिहाइको सरकारबाट गरिएको अपेक्षाभन्दा कम हो। खतिवडाले तीन वर्षभर...
यस वर्षको सोह्र श्राद्ध आज समापन गरिँदै

यस वर्षको सोह्र श्राद्ध आज समापन गरिँदै

समाचार
काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामहको श्राद्ध भने यस वर्ष मलमासका कारण कार्तिक १ गते परेको छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंवगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध समेत भनिन्छ । यस वर्ष भदौ १७ गतेदेखि शुरु भएको पितृ पक्ष आज असोज १ गते विधिवत् समापन गरिँदै छ । पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ ।कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए ...
व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

समाचार
असाेज १ काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले केही समय पहिले जारी गरेको ‘एकीकृत निर्देशिका २०७७’ मा उल्लेख भएको स्थिर ब्याजदरसम्बन्धी व्यवस्थाबमोजिम सोही समयभित्र कार्यान्वयन गर्न भनेको हो। आज जारी गरिएको परिपत्रमा भनिएको छ, ‘असोज मसान्तभित्रै एकीकृत निर्देशिका २०७७ मा गरिएको व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थिर ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्नेछ।’ राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन गर्न जारी गरेको एकीकृत निर्देशिकामा समेत सो कुरा उल्लेख छ। सोही अनुसार असोज मसान्तभित्रै पुराना ऋणीको समेत ब्याजदर स्थिर हुनुका साथै व्यक्तिगत...