आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

आचार्य प्रशान्तले मानसिक स्वास्थ्यका विषयमा विद्यार्थीसँग गरे अन्तरक्रिया

आचार्य प्रशान्तले मानसिक स्वास्थ्यका विषयमा विद्यार्थीसँग गरे अन्तरक्रिया

समाचार, समाज
देहरादुन। आचार्य प्रशान्त, प्रशान्त अद्वैत फाउन्डेशनका संस्थापक र पूर्व निजामती सेवा अधिकारीले IIT विद्यार्थीहरूसँग मानसिक स्वास्थ्यमा अन्तरक्रिया गरे। र मन र अध्यात्मबीच धेरै गहिरो सम्बन्ध रहेको बताउनुभयो, अध्यात्मले मनलाई नियन्त्रण गर्न सक्छ, यसले आन्तरिक शान्तिलाई बलियो बनाउँछ र ठूलो शक्तिसँग सम्बन्धको अनुभूति प्रदान गर्दछ। आइआइटीको डोगरा हलमा पूर्व छात्र संघको आयोजनामा ​​आइतबार आयोजित मानसिक स्वास्थ्यसम्बन्धी कार्यशालाको प्रशान्त अद्वैत फाउन्डेसनका संस्थापक आचार्य प्रशान्तले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । मनको सम्पूर्ण वातावरण द्रुत गतिमा बदलिन्छ, हामीले के परिवर्तन गर्दैनौं र सबै कुरा बदलेर पनि शान्ति कसरी प्राप्त गर्ने उनले बताए । मानिसले घर बदल्छन्, जागिर बदल्छन् र यी सबै परिवर्तनपछि पनि मनलाई शान्ति मिल्दैन। मनलाई केही चाहिन्छ, त्यसविना त्यो रोकिँदैन भन्नुभयो । त्यो बिना ...
भर्सटाइल मिडिया टेक्नोलोजीले गर्‍यो विद्यार्थीका लागि ‌वित्तीय साक्षरता कार्यक्रम

भर्सटाइल मिडिया टेक्नोलोजीले गर्‍यो विद्यार्थीका लागि ‌वित्तीय साक्षरता कार्यक्रम

आर्थिक, समाचार
काठमाडौं । भर्सटाइल मिडिया‌ टेक्नोलोजी एण्ड मल्टी सप्लायर्स प्रालिको आयोजना तथा कृषि विकास बैंक लिमिटेडको सौजन्यमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम जनकपुरस्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा सम्पन्न सम्पन्न भएको छ । कार्यक्रममा कृषि विकास बैंक लिमिटेड प्रदेश शाखाका निमित्त निर्देशक जयराम शर्माले विद्यार्थीहरूमा वित्तीय साक्षरता सम्बन्धी सूचना, जानकारी र सावधानी अपनाउनका लागि गरिएको कार्यक्रम सान्दर्भिक रहेको धारणा राख्दै २ घण्टाको कक्षा सञ्चालन गरेका थिए । कार्यक्रमका अतिथि नमुना माध्यमिक विद्यालयका कोअर्डिनेटर मुकेश यादवले गोगल प्रसाद नमुना विद्यालयलाई छनोट गरेर कार्यक्रम आयोजना गरेको र विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी जानकारीका लागि अवसर प्रदान गरेकोमा धन्यवाद दिए । कृषि विकास बैंक प्रदेश शाखाका प्रतिनिधि रामसेवक शाहले कृषि विकास बैंक नागरिकको‌ बै...
गायिका सुजाता केसीको ‘आलु तामाले’(भिडियो)

गायिका सुजाता केसीको ‘आलु तामाले’(भिडियो)

मनोरन्जन, समाचार
गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् । https://youtu.be/lxS-rH6awPA गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाइको संगीत रहेको गीतको एरेन्ज विनोद बाजुरेलीले गरेका हुन् । गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ ।  डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ । सुशिल शर्माको निर्माण रहेको  भिडियोमा दुर्गा पौडेलको छायाङ्कन, विकाश ज्ञवालीको सम्पादन छ । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ । गीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गायिका केसीले लिएकी छन् । ...
विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित

विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित

शिक्षा, समाचार
२०८० चैत २८, काठमाडौं । युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी,  सिलगढी, भारतले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गर्‍यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी र रुद्राक्ष र फूलको माला र टिका तथा फूल वर्षासहित सम्मान गरिएको थियो । गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रम पत्रकार कृष्ण भूषालले स्रष्टा परिचय राख्नु भएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरु वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार स...
कैदीबन्दीलाई तनाव व्यवस्थापनका लागि योगाभ्यास तथा मनोसामाजिक परामर्श

कैदीबन्दीलाई तनाव व्यवस्थापनका लागि योगाभ्यास तथा मनोसामाजिक परामर्श

समाचार, समाज
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले कैदीबन्दीलाई योगाभ्यास तथा मनोसामाजिक परामर्श दिएको छ । तनाव व्यवस्थापनको उदेश्यसहित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले तीन दिनसम्म कैदीबन्दीलाई योगाभ्यास तथा मनोसामाजिक परामर्श दिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी कार्यालय, काठमाडौं, केन्द्रिय कारागार, जगन्नाथदेवल, सुन्धारा तथा कारागार डिल्लिबजारसँग समन्वय गरी केन्द्रिय कारागार, सुन्धारामा रहेका ५० जना कैदीबन्दीलाई योग, ध्यान, मनोसामाजिक परामर्श तथा तनाव व्यवस्थापनका विधिहरु समेत सिकाएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले कैदीबन्दीलाई योगाभ्यास तथा मनोसामाजिक परामर्श दिएको छ । तनाव व्यवस्थापनको उदेश्यसहित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले तीन दिनसम्म कैदीबन्दीलाई योगाभ्यास तथा मनोसामाजिक परामर्श दिएको हो । जि...
काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर

काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर

समाचार, समाज
काठमाडौँ । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ । त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ । अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ । १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको ...
विदेशी सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्नू : शिक्षा मन्त्रालय

विदेशी सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्नू : शिक्षा मन्त्रालय

शिक्षा, समाचार
 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो । इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ । अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्र्ने चेतावनी मन्त्रालयले दिएको छ । ...
विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान

विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान

मनोरन्जन, समाचार
काठमाडौं । विश्वकै सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरेर विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट एक कार्यक्रमका वीच राष्ट्रपति भवनमा सम्मानित गरिएको छ । राष्ट्रपति पौडेलले विश्वकिर्तिमान कायम गर्ने लुईटेललाई बधाई सहित माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मनाङ्गको तिलिचो तालमा छायांकन तथा निर्माण गरिएको उक्त भिडियोको गीतलाई अर्का किर्तिमानी डा.डिआर उपाध्यायले लेखेका हुन भने किर्तिमानी संगीत सन्तोष श्रेष्ठ र किर्तिमानी सागर अधिकारी शरदले दिएका हुन । भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माईकल चन्दले निर्देशन गरेका हुन ।उक्त समारोहलाई सम्बोधन गर्दै विश्वकिर्तिमान कामय गरि देशको नाम फरक ढंगबाट चिनारी गराईएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिनुभएको थियो । राष्ट्रपति कार्यालय शीतल नि...
नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता

नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता

मनोरन्जन, समाचार
काठमाडौं । राजधानी शहरको बौद्धस्थित हायात रिजेन्सी होटलको रिगल बल रुममा चैत्र २५ गते आइतबारको साँझले फेसन, स्टाइल र ग्ल्यामरको समिश्रणमा अनुपम र मनमोहक सृजनाका विविध आयामहरुलाई साक्षात्कार गर्ने अवसर प्राप्त भयो । नमूना कलेज अफ फेसन टेक्नोलजीको १८औं ब्याचका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका ८ वटा क्रिएटिभ वेयर गरी ७९ वटा सृजनाहरु ¥याम्पमाथि प्रस्तुत गरिएको अवलोकन गर्न पाइयो । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थिति संगैं शुभारम्भ भएको उक्त ग्राजुएसन फेसन शो निर्मिति नव्यता शीर्षकमा सम्पन्न भएको थियो । शान्ति र समृद्धिको सुन्दर संयोजनमा डिजाइन गरिएको सकरात्मकता, स्वाबलम्बन, सीप र शिक्षाको भाव झल्किने डिजाइनर साडीमा उपस्थिति दर्शाएकी ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिलाई शान्ति र समृद्धिलाई झल्काउने विविध तत्वबाट प्रेरित पहिरनमा सजिएका मोडलहरुले स...
कमेडी च्याम्पियनको सुटिङ आजवाट सुरू हुदैँ

कमेडी च्याम्पियनको सुटिङ आजवाट सुरू हुदैँ

मनोरन्जन, समाचार
कमेडी च्याम्पियनको सुटिङ आजवाट पुनः सुरू हुने भएको छ । दुइ हप्ता अघि साँगामा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परे पछि स्थगित भएको सुटिङ आजवाट सुरू हुन लागेको हो । जसको जानकारी सो च्याम्पिनयका प्रमुख बिशाल भण्डारीले जानकारी दिएका छन् ।  ‘के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइव हेर्न चाहानुहुन्छ ? यदि हो भने हाम्रो शूट आज चैत २७ गते मङगलबार  हुदैछ,’ उनले लेखेका छन, ‘स्टूडियो मुलपानीस्थित  मुलपानी फुटसल नजिकैरहेको छ। यहाँहरू ११  बजेसम्म आइपुग्नुपर्ने हुन्छ। नोटः कार्यक्रम निशुल्क हेर्न पाइने छ ।’केही समय अघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली साँगा, नजिक भयानक दुर्घटनामा परेको थियो । ...