बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

निषेधाज्ञा जारी गर्न भक्तपुर नगरपालिकाको आग्रह

निषेधाज्ञा जारी गर्न भक्तपुर नगरपालिकाको आग्रह

समाचार
असोज २५ काठमाडौं । भक्तपुर नगरपालिकाले दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि पुनः निषेधाज्ञा लगाउन सरकारसमक्ष आग्रह गरेको छ। नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतवार बसेको नगरस्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइसको रोकथाम तथा नियन्त्रणका लागि पुनः निषेधाज्ञा लगाउन आग्रह गरेको हो । बैठकले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू बन्द गर्नुपर्ने सुझाव समेत दिएको छ ।दशैँको समयमा भीडभाड बढेर कोभिड–१९ को संक्रमण थप फैलिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले पुनः निषेधाज्ञा लगाउन आग्रह गर्ने निर्णय गरेको नगरप्रमुख प्रजापतिले बताए। कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि नजिकिँदै गरेको बडा दशैँमा हुने सबै प्रकारका जात्रा र पूजाआजाहरूलाई औपचारिकतामा सीमित गरी भीडभाड हुन नदिन भक्तपुर नगरपालिकाबाट नगरबासीहरूमा आह्वान गर्ने र सोका लागि...
शिक्षामन्त्री पोखरेलमा कोरोना पुष्टि

शिक्षामन्त्री पोखरेलमा कोरोना पुष्टि

समाचार
असोज २५ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्री पोखरेलको आज आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार सुनिल खड्काले जानकारी दिए । मन्त्री पोखरेललाई शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थियो ।खडकाका अनुसार अहिले मन्त्री पोखरेल अस्पतालमा नै रहेको र अवस्था सामान्य रहेको छ । मन्त्री पोखरेलले शनिवार प्रधानमन्त्री केपी शर्मा ओली लगायत डा गोविन्द केसीको माग सम्बोधनका लागि गठित सरकारी टोलीलाई समेत भेटी छलफल गरेका थिए ।यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । ...
बुद्ध एयरको २४ वर्ष : गुणस्तरीय सेवासँगै पर्यटन विकासमा जोड

बुद्ध एयरको २४ वर्ष : गुणस्तरीय सेवासँगै पर्यटन विकासमा जोड

समाचार
असोज २५ काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आज आफ्नो २४ औँ वार्षिकोत्सवका अवसरमा आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेको छ । सन् १९९७ मा आजकै दिन अर्थात् अक्टोबर ११ मा नेपाली आकाशमा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुआतमा अमेरिकाबाट ब्राण्ड न्यू जहाजबीच क्राफ्ट १९०० डी भित्र्याएको थियो । आज २३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३ जहाज, एक हजारभन्दा बढी कर्मचारी तथा लाखौँ देशीविदेशी यात्रु जोडिन आइपुगेका छन् । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अनवरत यात्रामा यात्रुको सेवा गुणस्तर तथा सामाजिक उत्तरदायित्वलाई ख्याल गरी सेवा विस्तार र प्राविधिक क्षमता अभिवृद्धि गर्न कम्पनी लागिपरेको बताउनुभयो । उहाँका अनुसार उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार,...
टिपरमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

टिपरमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

समाचार
असोज २५ काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए । मोटरसाइकल पछाडि सवार ७ वर्षीय प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । ...
पछिल्लो २४ घण्टामा थप दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा थप दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण

समाचार
असोज २५ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७ ५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४२७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण देखिएको जानकारी दिए ।देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ५५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा ७५ हजार ८०४ जना संक्रमित उपचारपछि निको भएका छन् ।आज (आइतबार) कुन जिल्लामा कति संक्रमित थपिए ?पछिल्लो २४ घण्टामा प्रदेश–१ को उदयपुरमा १२, ओखलढुंगामा १, झापामा १, मोरङमा ३ र संखुवासभाम...
कोरोनाले नेपालमा २२ जनाको मृत्यु

कोरोनाले नेपालमा २२ जनाको मृत्यु

समाचार
असोज २५ काठमाडौं । पछिल्लो २४ घन्टामा थप २२ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीकारी अनुसार देशका विभिन्नस्थानमा पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु भएको हो । कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो ।यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ जना पुगेको छ । ...
उपत्यकामा थपिए १४१६ कोरोना संक्रमित

उपत्यकामा थपिए १४१६ कोरोना संक्रमित

समाचार
असोज २५ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ गरी जम्मा १४१६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ८ जनाको मृत्यु भएको छ ।काठमाडौंमा एक महिलासहित चार पुरुष, ललितपुरमा एक पुरुष र भक्तपुरमा २ पुरुष गरी ८ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक लाख सात हजार ७ सय ५५ पुगेको छ।पछिल्लो २४ घण्टामा २ हजार ७१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या एक लाख सात हजार ७ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। नेपालमा ३१ हजार ३१५ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै ...
पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना  संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, समाज
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा २ हजार ७१ थप जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको बताए।  प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ। त्यस्तै १३ हजार ६४९ जना संस्थागत आइसोलेसनमा रहेका छन्। आज देशभरका प्रयोगशालमा थप १२ हजार ७२७ पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५५२ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जनाकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ। यो कुल संक्रमितको ७०‌‍.३ प्रतिशत हो। ...
महिला उद्यमीहरुमा देखिदै आएको बजारिकणको समस्या अनलाईन व्यापारबाट टेवा पुग्ने :उर्मिला श्रेष्ठ, अध्यक्ष महिला चेम्बर

महिला उद्यमीहरुमा देखिदै आएको बजारिकणको समस्या अनलाईन व्यापारबाट टेवा पुग्ने :उर्मिला श्रेष्ठ, अध्यक्ष महिला चेम्बर

आर्थिक, समाचार
काठमाडौं, २५ आश्विन- नेपाल महिला चेम्बरले अनलाईन व्यापार तालिम सम्पन्न गरेको छ । महिला चेम्बरले अनलाईन व्यापार सेवा प्रदायक कम्पनी सोचेको डटकमसँगको सहकार्यमा वेमिनार मार्फत आईतबार उक्त तालिमको आयोजना गरेको हो । देशैभर छरिएर रहेका नेपाल महिला चेम्बरका शाखा संजाल सम्बद्ध करिब ४० महिला उद्यमीहरुको सहभागीता माझ सोचेको डट कमका प्रबन्ध निर्देशक शैलेश लोहनीले अनलाईन व्यापारको प्राविधक र व्यवहारिक पक्षमा केन्द्रित रहेर प्रशिक्षण दिएका थिए । प्रशिक्षण दिने क्रममा लोहनीले अनलाईन व्यापार गर्दा सामानको सहि सुचना आवश्यक रहने, सामाग्री गुणस्तरयुक्त र भरपर्दो मुल्यको हुनुपर्ने, अफर बनाउदा केही नयाँपन दिने, शिप र उत्पादन विकासमा ध्यान दिने, उपयुक्त फोटोको प्रयोग गर्ने जस्ता कार्यहरु गर्नुपर्ने जनाएका थिए । लोहनीले मोबाईल एप र वेब साईट मार्फत भरपर्दो रुपमा अनलाईन व्यापार गर्न सकिने बताउदै सोचेको डटकमले...
मासुको मूल्य तीन वर्ष यताकै सस्तो,प्रतिकिलो २०५

मासुको मूल्य तीन वर्ष यताकै सस्तो,प्रतिकिलो २०५

आर्थिक, समाचार
 कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । ‘मासुको मूल्य तीन वर्ष यताकै सस्तो छ, दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत बढेन,’ संघका प्रथम उपध्यक्ष श्रय ढकालले भने । यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको ढकालले बताए । साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावल बताउँछन् । मूल्य सस्तो हुँदा पनि उपभोग भने अझै निरासाजनक रहेको उनले बताए । खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको भ्याली ग्रूपका कार्यकारी निर्देशक एवम्...