बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

अमेरिकाले  करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री युएईलाई बिक्री गर्ने

अमेरिकाले करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री युएईलाई बिक्री गर्ने

अन्तराष्ट्रिय, समाचार
संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार यूएईलाई बिक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू बिमान, एमक्यू–नाइन–बी मानवरहीत ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न प्रयोग गरिने क्षेप्यास्त्रहरु रहेका छन् । डोनाल्ड ट्रम्प प्रशासनले उक्त सामग्री बिक्री गर्नेसम्बन्धी सम्झौताका बारेमा कंग्रेसलाई जानकारी दिएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले मंगलबार जारी गरिएको विज्ञप्तिमा युएईसँग प्रगाढ बन्दै गएको सम्बन्धका कारण आधुनिक हातहतियार बिक्री गर्न लागिएको उल्लेख छ । पछिल्ला केही वर्षदेखि इरानबाट बढ्दो सुरक्षा चुनौती थपिएको अवस्थामा त्यसलाई निस्तेज बनाउन पनि युएईलाई अत्याधुनिक हातहतियार र लडाकू बिमान उपलब्ध गराउनु...
बामदेव गौतम विरुद्ध सर्वाेच्चमा परेको रिटको सुनुवाई जारी

बामदेव गौतम विरुद्ध सर्वाेच्चमा परेको रिटको सुनुवाई जारी

राजनीति, समाचार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वाेच्चमा परेको रिटको सुनुवाई जारी रहेको छ । करिब एक महिनाअघि हेर्दाहेर्दैमा राखिएको सो मुद्दाको पेसी आज तोकिएको थियो । बुधवार (आज) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको हो । गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएसँगै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत असोज १२ गते सर्वोच्चमा रिट दायर गर्दै उनलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय खारेज गर्न माग गरेका थिए । त्यस्तै सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो । यसअघिनै सुनुवाई हुनपर्नेमा दशैँपछि हुने सुनुवाई गर्ने भन्दै गौतम व...
आँखाको समस्याबाट पीडित बिरामीका लागि ज्यादै महत्वपूर्ण उपचार

आँखाको समस्याबाट पीडित बिरामीका लागि ज्यादै महत्वपूर्ण उपचार

समाचार, स्वास्थ्य
स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँसु ज्यादै महत्वपूर्ण हुन्छ। आँखाको नानीको बाहिरी सतहमा (प्रि कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्छ। आँसुका तीन सतह हुन्छन्: ‘लिपिड’ सतह, ‘एक्वियस’ सतह र ‘म्युकिन’ सतह। आँसु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी तथा सामान्य गुणस्तरको आँसु बन्न नसक्दा आँखा सुख्खा हुने समस्या आउँछ। यस्तै, गर्मी मौसममा तापक्रम वृद्धिसँगै हुरिबतास चल्ने तथा वायुमण्लमा धुलो, धुँवाको मात्रा बढ्ने हुनाले आँसु चाँडै बाफ बनेर उडेर जान्छ र आँखा रातो भई पोल्ने र चिलाउने गर्छ। अत्यधिक वायुप्रदूषणले गर्दा धुलोका कण तथा रसायन छिरेर आँखाको नानीमा टाँसिन्छ। जसले गर्दा आँखामा अप्ठेरो महसुस हुन्छ र संक्रमण हुन सक्छ। पैदल यात्रु, सडकमा कार्यरत कर्मचारी, मोटरसाइकल चालक आदि यो समस्याबा...
जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा देउसीभैलो खेल्न रोक

जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा देउसीभैलो खेल्न रोक

समाचार, समाज
 जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ। कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो। चौध बुँदे सो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताए। आवागमन तथा जमघटले कोरोना सङ्क्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा एकाघरमा बसेर मनाउन उहाँले आग्रह गरे। उनका अनुसार घरदैलोमै पुगेर खेलिने देउसीभैलोका कारण सङ्क्रमणको जोखिम भएकाले देउसीभैलो खेल्न पूर्ण रोक लगाइएको हो। पटाका, आतसबाजीलगायतका विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोग नगर्नसमेत...
नागढुंगा सुरुङ निर्माण धमाधम

नागढुंगा सुरुङ निर्माण धमाधम

समाचार
कात्तिक २६ काठमाडौं ।नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि रोकिएको काम पुनः सुरु भएर अघि बढेको हो । निर्माण आयोजनाले सुरुङ खन्न आवश्यक पूर्व तयारीको काम तिहारअघि सकेर तिहारलगत्तै सुरुङ खन्ने काम अघि बढाउने तयारी भइरहेको जनाएको छ । आयोजना निर्माणका लागि वर्ष दिनअघि नै शिलान्यास गरिएको थियो । मुआब्जालगायतका विवादसँगै कोरोना भाइरस, लकडाउन, निषेधाज्ञालगायतका कारण निर्माण कार्य ढिलाइ हुन गएको हो । काठमाडौं उपत्यका भित्रने र बाहिरिने मुख्य नाकामा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का जापानी निर्माण संस्था हाज्मा–एन्डो जेभीले पाएको छ । सुरुङमार्ग निर्माणका लागि सडक विभागले समन्वय गर्दै आएको छ । सुरुङमार्गको काम थाल्न निर्माण...
दर्ता विनै सेटिङमा चल्दै क्रसर उद्योग

दर्ता विनै सेटिङमा चल्दै क्रसर उद्योग

समाचार
कात्तिक २६ काठमाडौं । ३७ जिल्लामा रहेका २७९ क्रसर उद्योगमध्ये १०१ वटा क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको छ । मंगलबारसम्म अद्यावधिक विवरणअनुसार ३७ वटा विभिन्न जिल्लाबाट प्राप्त क्रसर उद्योगको विवरणमध्ये कुल २ सय ७९ उद्योगमा १०१ वटा उद्योग विनादर्ता सञ्चालन भइरहेको पाइएको हो । विवरणअनुसार देशभर १७८ उद्योग मात्रै दर्ता भएर सञ्चालित छन् । गृह मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार १० वटा उद्योग भने आयोजना केन्द्रित भएर सञ्चालनमा छन् । उच्च स्रोतका अनुसार कतिपय जिल्लाबाट प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयलाई जिल्लामा सञ्चालित क्रसरको विवरण पठाउन अलमल गर्दै आइरहेका छन् । सरकारले जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालयमा प्राप्त विवरणलाई अद्यावधिक गर्दै आएको छ । गृह मन्त्रालयले केही दिनअघि पुनः प्रमुख जिल्ला अधिकारीहरूलाई जिल्लामा दर्ता रहेका र अवैध रूपमा सञ्चाल...
सुख्खा बन्दरगाहका ठेकेदारबाट चोरी, प्रजिअलाई उजुरी

सुख्खा बन्दरगाहका ठेकेदारबाट चोरी, प्रजिअलाई उजुरी

समाचार
कात्तिक २६ काठमाडौं । चोभारस्थित निर्माणाधीन सुख्खा बन्दरगाहका ठेकेदारले बागमती नदीकिनारको ग्राभेल तथा गिट्टी चोरेर सुख्खा बन्दरगाहमा लगाएको भन्दै प्रमुख जिल्ला अधिकारी तथा प्रहरी कार्यालयमा उजुरी परेको छ । कीर्तिपुर नगरपालिका वडा कार्यालय ६ का तर्फबाट वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले सोमबार दिएको उजुरीमा प्राकृतिक सम्पत्तिको चोरी गरेकोमा हदैसम्मको सजाय गर्न माग गरिएको छ । ‘प्राकृतिक स्रोत–साधनको सुरक्षा स्थानीय सरकारको जिम्मेवारी हो, बागमती नदीकिनारबाट ठूलो परिमाणमा ग्राभेल र गिट्टी चोरी हुनु प्राकृतिक सम्पत्तिविरुद्धको अपराध त हो नै साथमा यहाँ निर्माणाधीन सुख्खा बन्दरगाह संरचना नै कमजोर बनाउने गलत काम पनि हो’, वडाध्यक्ष महर्जनले बताए । गुह्येश्वरीस्थित अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र महानगर प्रहरी वृत्त, कीर्तिपुरलगायतमा समेत उजुरी दिइएको पत्रमा ग्राभेल चोरी ग...
कालीगण्डकी करिडोरको रानीपानी-कुर्घा खण्ड कालोपत्रे गर्न बजेट स्वीकृत

कालीगण्डकी करिडोरको रानीपानी-कुर्घा खण्ड कालोपत्रे गर्न बजेट स्वीकृत

समाचार
कात्तिक २६ पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानी–कुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ । पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिका–१० कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक रु एक अर्ब २४ करोड बजेटसहित बहुवर्षीय ठेक्काका लागि अर्थमन्त्रालयले स्वीकृति दिएको हो । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको यो खण्डका लागि बजेट सुनिश्चित भएसँगै अब छिट्टै बोलपत्र आह्वान गरिने कालिगण्डकी करिडोर सडक आयोजना (गैँडाकोट–राम्दी–मालढुङ्गा) प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो । “बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ”, प्रमुख देवकोटाले भन्नुभयो, “अब केही दिनभित्रै बोलपत्र आह्वानको प्रक्रिया शुरु गर्छौँ ।” प्रमुख देबकोटाका अनुसार करिडोरको रानीपानी–कुर्घा खण...
लक्ष्मीपूजामा विद्युत् नियमित गर्न विशेष तयारी

लक्ष्मीपूजामा विद्युत् नियमित गर्न विशेष तयारी

समाचार
कात्तिक २६ काठमाडौं । वर्षभरीमा सबैभन्दा बढी विद्युत् माग नेपाली चाड तिहार अन्तर्गत लक्ष्मीपूजामा हुने गरेको छ । कुनै कुनै बाहेक अधिकांश वर्ष सबैभन्दा उच्च माग हुने तिहारको लक्ष्मीपूजाको दिन विद्युत् व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण हुने गरेको छ । आउँदो लक्ष्मीपूजाका लागि भने नेपाल विद्युत् प्राधिकरणले विशेष योजना बनाएको छ । तिहार र त्यसमा पनि लक्ष्मीपूजाको दिन लोडसेडिङ नहोस् भनेर विशेष योजना बनाइएको प्राधिकरणले जनाएको छ । चार वर्षभन्दा अघिका अधिकांश लक्ष्मीपूजाका दिन लोडसेडिङ हुने भएपनि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले यही दिनदेखि अनपेक्षित रूपमा लोडसेडिङ अन्त्य गराएका थिए । विद्युत् प्राधिकरण आउँदो लक्ष्मीपूजाका लागि समेत झिलिमिली कायम गर्ने गरी तयारी अघि बढाएको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आन्तरिक उत्पादन र भारतबाट आयात गरेर ल...
गीतकार तथा समाजसेवी यसु थापाको दोस्रो एल्बम “नाम” सार्वजनिक

गीतकार तथा समाजसेवी यसु थापाको दोस्रो एल्बम “नाम” सार्वजनिक

मनोरन्जन, समाचार
समाजसेवी तथा सामाजिक अभियनता एन.आर.एन. बेल्जियमको पहिलो महिला सदस्यदेखी पुर्ब उपाध्यक्षसम्म हुनु भएकी गीतकार तथा गजलकार यसु थापाको दोस्रो एल्बम “नाम” सार्वजनिक गरिएको छ । जसमध्ये एउटा गजलको म्युजिक भिडियो यसु थापाको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । बेल्जियमको राजधानी ब्रसेल्स स्थित नेपाली राजदुतावासको कार्यालयमा सम्पन्न एक कार्यक्रम बिच सो गजलको भिडियो तथा एल्बम सर्वजनिक गरिएको हो । नेपाली राजदुतावास बेल्जियमका राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा अतिथिहरु एन.आर.एन. केन्द्रिय सहसचिब लोक बराल एन.आर.एन बेल्जियमका अध्यक्ष चित्र सुबेदी, महासचिव तिर्थ धमाल, गीतकार अर्जुन रत्न भिकारी तथा सोही गजलको मोडल बर्षा खड्काको आतिथ्यतामा विमोचन सम्पन्न भयो । दुई दशकदेखि गीत गजल लेखन यात्रा गर्दै आउनु भएकी यसुका थुप्रै गीतहरु सार्वजनिक भएकाछन । तिज विशेष गीतहरुमा पनि कलम ...