शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

बामदेव गौतम विरुद्ध सर्वाेच्चमा परेको रिटको सुनुवाई जारी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वाेच्चमा परेको रिटको सुनुवाई जारी रहेको छ ।

करिब एक महिनाअघि हेर्दाहेर्दैमा राखिएको सो मुद्दाको पेसी आज तोकिएको थियो ।

बुधवार (आज) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको हो ।

गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएसँगै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत असोज १२ गते सर्वोच्चमा रिट दायर गर्दै उनलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय खारेज गर्न माग गरेका थिए ।

त्यस्तै सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

यसअघिनै सुनुवाई हुनपर्नेमा दशैँपछि हुने सुनुवाई गर्ने भन्दै गौतम विरुद्धको मुद्धा हेर्दाहेर्दैमा राखिएकोमा आज सुनुवाइ हुन लागेको हो ।

गत २०७४ सालमा सम्पन्न निर्वाचनमा बदिर्याबाट पराजित गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेकी थिइन् । राष्ट्रिय सभाबाट गएका सांसद मन्त्री हुन पाउने भएपनि प्रधानमन्त्री हुन पाउने कानूनी प्रावधान रहेको छैन् । तर गौतमले भने राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउनेगरी कानून संशोधन गर्न समेत माग राख्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *