बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

ऐतिहासिक कमलपोखरी जीर्ण भएको हुँदा संरक्षणका लागि मर्मत

ऐतिहासिक कमलपोखरी जीर्ण भएको हुँदा संरक्षणका लागि मर्मत

समाचार, समाज
काठमाडौँ महानगरपालिका–१ मा पर्ने ऐतिहासिक कमलपोखरी जीर्ण भएको हुँदा संरक्षणका लागि मर्मत भइरहेको छ। स्थानीय तहको नेतृत्वमा कमलपोखरी स्पोर्टस क्लबलगायत संस्थाका समन्वयमा मर्मत तथा संरक्षणका काम गरिएको छ। कामपा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले गत असार मसान्तभित्र जीर्णद्धार सक्नुपर्नेमा कोभिड–१९ को महामारीको प्रभावका कारण समय सीमाभित्र काम नसकिएको जानकारी दिए। विभिन्न क्लबले केही वर्षदेखि पोखरीमा माछापालन गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको क्लबले व्यावसायिकरुपमा माछा बिक्री गरी आउने पैसालाई आम्दानीको स्रोत बनाएको छ ।स्थानीय विकास तथा सामाजिक कार्य सञ्चालन गरेको क्लबले स्थानीय तहमा विभिन्न खेलकूदको विकास गरेको छ । लकडाउनको अवधिमा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष भीमसेन मैनालीले जानकारी दिए। पोखरीको आसपासमा बनेका ठूला ...
पछिल्लो २४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ । पछिल्लो २४ घण्टामा २७ सय ९८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २२१ पुगेको छ। यस्तै हालसम्म १ हजार २१ जना क्वारेन्टिनमा रहेका छन् । कोरोनबाट निको हुने प्रतिशत ८२.७ रहेको छ। ...
बेलायतले वायु प्रदूषण कम गर्न पेट्रोल र डिजेलबाट चल्ने गाडिमा प्रतिबन्ध लगाउने

बेलायतले वायु प्रदूषण कम गर्न पेट्रोल र डिजेलबाट चल्ने गाडिमा प्रतिबन्ध लगाउने

अन्तराष्ट्रिय, समाचार
बेलायतले पेट्रोल र डिजेलबाट चल्ने गाडिमा प्रतिबन्ध लगाउने भएको छ । वायु प्रदूषण कम गर्नको लागि बेलायतले यस्तो निर्णय गर्न लागेको हो । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अर्को हप्ता यो निर्णय गर्ने भएका छन् । फाइनान्सियल टाइम्सका अनुसार बेलायत सरकारले अर्को हप्ता २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने गाडिहरुको बिक्रीमा प्रतिबन्धको निर्णयको घोषणा गर्ने तयारी गरेको छ । यसअघि बेलायत सरकारले २०३५ देखि पेट्रोल र डिजेलबाट चल्ने गाडीमा प्रतिबन्ध लगाउने योजना बनाएको थियो । तर, अब प्रधानमन्त्री जोनसनले यो योजनामा परिवर्तन गर्दै पहिले निर्धारित समयभन्दा ५ वर्ष अगाडि अर्थात २०३० देखि नै यसलाई लागू गर्ने योजना बनाएका छन् । सबैभन्दा पहिले बेलायतले २०४० देखि पेट्रोल र डिजेलबाट चल्ने गाडिमा प्रतिबन्ध लगाउने योजना बनाएको थियो जुन योजनालाई प्रधानमन्त्री जोनसनले गएको फेब्रुअरीमा परिवर्तन गरेर २०३५ मै प्रति...
भाइटीकामा बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वर खुल्ने

भाइटीकामा बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वर खुल्ने

समाचार
कात्तिक ३० काठमाडौं । काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै पहिलो पटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको हो । यस वर्ष आगामी मंसिर १ गते सोमबार भाइटीका परेको छ । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । भाइटीकाकै लागि कामपाले मन्दिर पोखरीलाई बेहुलीझैं झिलीमिली र सुरक्षा व्यवस्था पनि गरि...

६१ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध

समाचार
कात्तिक ३० गलकोट । नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बागलुङमा ६१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आवद्ध भएका छन् । बागलुङमा विसं २०७३ असारदेखि शुरुवात भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ६१ हजार ६६३ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्ड कार्यालय बागलुङका दर्ता अधिकारी नारायण शर्माले जानकारी दिए। कोरोना कहरका बीच पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कोरोनाका कारण शुरुको अवस्थामा नागरिकहरु उपचार तथा औषधि लिन अस्पताल तथा स्वाथ्यचौकी नआए पनि पछिल्लो समय सेवा लिने क्रम केही बढ्न थालेको छ । शर्माका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा बीमा गर्नेको संख्या सबैभन्दा बढी रहेको जानकारी दिए । कोरोनाका कारण मानिसको स्वास्थ्यप्रतिको चासोसमेत बढ्दै गएका कारण स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको संख्या...
सिरहामा आलुको बीउको अभाव

सिरहामा आलुको बीउको अभाव

समाचार
कात्तिक ३० सिरहा- कोरोना सङ्क्रमणका कारण मुलुक बाहिरबाट थोरै मात्रामा आलुको आयात भएपछि सिरहामा आलु बिउको अभाव भएको छ । आलुको बढी आयात हुने भारतको पश्चिम बङ्गालबाट यस वर्ष कोरोना सङ्क्रमण र बन्दाबन्दीका कारण थोरै मात्रामा आलु आयात भएपछि बिउको अभाव भएको व्यापारीहरुले बताएका छन् । आलुको अभाव भएसँगै बजारमा बिउको मूल्यसमेत अकासिँदा किसानहरु मारमा परेका छन् । आलु खेती लगाउने समयमा आलु बिउमा व्यापारीहरुले अचानक मनपरी मूल्य वृद्धि गरेका कारण समस्यामा परेको किसानहरुले गुनासो गरेका छन् । गत वर्ष ५० किलो (एक बोरा) को एक हजार रुपैयाँ पर्ने आलु बिउको मूल्य यस वर्ष अहिले रु तीन हजार रुपैयाँमा बिक्री भइरहेको किसानहरुले बताएका छन् । आलु रोप्नका लागि खेत तयार पारेर बिउका लागि लहान बजार आइपुग्नुभएका तरेगनाका किसान शत्रुघन चौधरीले अचानक बिउको मूल्य बढेकाले समस्यामा परेको गुनासो गर्नुभयो । “अघिल्लो वर्...

हङकङ उडानका लागि नेपाल एयरलाइन्सले सरकारी रिपोर्टलाई मात्र मान्यता दिने

समाचार
कात्तिक ३० काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङकङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ। सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउँदा समेत यात्रुको पुनः पोजेटिभ देखिएपछि निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो। निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले उडान प्रतिबन्ध लगाइरहेको छ। हङकङले पछिल्लो पटक निगमलाई तेस्रो पटक १४ दिनको लागि उडान प्रतिबन्ध गरेको छ। नेपालबाट पिसिआर गरेर गएका यात्रुको त्यहाँ पुनः परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएका कारण निगमको उडान प्रतिबन्ध भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।निगमका अन्य उडा...
अब कोटेश्बर–जडीबुटी सडक सात लेन

अब कोटेश्बर–जडीबुटी सडक सात लेन

समाचार
कात्तिक ३० काठमाडौं । काठमाडौं उपत्यकामा बढी ट्राफिक जाम हुने कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तार गरी अब सात लेनको हुने भएको छ । ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यसहित सात लेन बनाउन लागिएको कोटेश्वर–जडीबुटी सडक विस्तारका लागि संरचना हटाउने काम धमाधम भइरहेको छ । डिभिजन सडक कार्यालय काठमाडौंले आगामी महिना सडक विस्तारका लागि ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । सडक विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फको पर्खाल सारिएको छ । अब केही समयभित्रै निर्माणस्थल खाली गरेर आगामी महिनामा ठेक्का प्रक्रियामा जाने तयारी गरिएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले जनाएका छन् । विमानस्थलको सुरक्षालाई ध्यान दिएर बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तार गर्न बाटो खुलेको हो । ...
संक्रमण बीच कसरी मनाउने तिहार ?

संक्रमण बीच कसरी मनाउने तिहार ?

समाचार
कात्तिक ३० काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सजगतासाथ तिहार मनाउन विज्ञहरूले सुझाव दिएका छन् ।चाडपर्वको समयमा एकै ठाउँमा धेरै जना जमघट गर्दा संक्रमण थप फैलिने भएकाले सावधानी अपनाउन उनीहरूले सुझाएका हुन् । सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाका अनुसार पर्वको समयमा विशेष गरी बालबालिका र वृद्धवृद्धाले बढी सावधानी अपनाउन आवश्यक छ । ‘बच्चाहरू शंकास्पद संक्रमित र जोखिम वर्ग दुवैसँग घुलमिल हुन्छन्,’ उनले भने, ‘संक्रमणका हिसाबले बालबालिका त्यति जोखिममा छैनन् तर उनीहरूले एकबाट अर्कामा सजिलै रोग सार्ने भएकाले धेरै घुलमिल नगर्दा राम्रो ।’ देउसीभैलो नखेल्न र टीका लगाउन नातेदारकहाँ नजानसमेत उनले युवा र बालबालिकालाई आग्रह गरे, ‘यसपालि जहाँ छौं, त्यहीं बसेर सावधानीसाथ तिहार मनाऔं ।’ संक्रमणको समयमा खानपानमा समेत ध्यान दिनुपर्ने उनले बताए । ‘भाइरसमुक्त भए पनि शरीर पहिले जस्तो हुँदैन, ज...
कञ्चनपुरको दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता

कञ्चनपुरको दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता

समाचार, समाज
जिल्लाकै भौगोेलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ। दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट तरेर स्थानीयले गन्तव्यमा जानुपर्ने हुन्छ। लालझाडी–४ का लोकेन्द्र रानाले दशकौँदेखि आफूहरु नदीमा पुल नबन्दा रकम तिरेर नदी वारपार गर्ने गरेको दुखेसो पाेखे। “पहाडमा तुइन तरे झैँ हामीले पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता छ”, उनले भने, “ट्युबमा मोटरसाइकलसहित वारपार गर्नु पर्दा एक पटकको रु २०० तिनुपर्छ ।” लोकेन्द्र जस्तै लालझाडीका प्रायः स्थानीयवासीले हिउँदमा यही समस्या भोग्नुपरेको छ तर राज्यको यसतर्फ ध्यान पुगेको छैन । “हिउँदमा नदीमा पानी कम हुन्छ, पानी कम भए पनि रु २०० तिरेर त जान सकिन्छ”, रानाले भने, “बर्खामा त बाढीले आवागमन नै ठप्प हुन्छ ।” यहाँको वाणी–देखतभुली–पर्सिया जोड्ने सडकखण...