नचाहिनने आरोप लगाएर आफूलाई हटाउन खोज्ने दुस्प्रयास भएको : प्रधानमन्त्री ओली
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावको जवाफ नदिने स्पष्ट पारेका छन्।
आइतबार बालुवाटारमा वरिष्ठ नेपाल माधव कुमार नेपाल र वामदेव गौतमसँगको छलफलमा प्रधानमन्त्री ओलीले उक्त राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नै नसकिने बताएका हुन।
भेटवार्तामा प्रधानमन्त्री ओलीले नेता नेपाल र गौतमसमक्ष आफूलाई साथ दिन आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावलाई ‘वाहियात एवं झूठा आरोपहरु’को संज्ञा दिए।
छलफलमा महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको पनि सहभागिता थियो ।
वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग प्रधानमन्त्री ओलीले करिब दुईघण्टा लामो कुराकानी गरेका हुन।
प्रधानमन्त्री ओलीले यस्तै रहे अब प्रचण्डसँग सँगै हिँड्न नसकिने समेत बताएका छन्।
यस्तै उनले आफूलाई चिड्याउने काम जारी रहेमा आफू चुप लागेर नबस्ने ...









