बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

प्रधानमन्त्रीलाई डा.केसीको जवाफ : मेरो उपचार म आफै गर्छु, विपन्नको निशुल्क उपचार गर्नु

प्रधानमन्त्रीलाई डा.केसीको जवाफ : मेरो उपचार म आफै गर्छु, विपन्नको निशुल्क उपचार गर्नु

समाचार
कोरोनाभाइरस संक्रमित डा गोविन्द केसीले सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने भनिएको कुरालाई अस्वीकार गरेका छन् । उनले आफूले स्वयं आफ्नो उपचार खर्च गर्ने बताएका छन् । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा केसीको स्वास्थ्यलाभको कामना मात्र गरेका थिएनन्, सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने पनि बताएका थिए । तर, डा केसीले यसलाई अस्वीकार गरेका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभका लागि दिएको शुभकामनालाई धन्यवाद दिँदै उनले कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिकलाई निःशुल्क उपचार आवश्यक भएको भन्दै विपन्न नागरिकको खर्च व्यहोर्न सरकार लाग्नु पर्ने बताएका छन् । डा केसीले १९ औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र पालना गर्न पनि सरकारसँग अनुरोध गरेका छन् । ...
साढे २४ करोडको पुल बन्दा–बन्दै अलपत्र, नदी तर्न पैसा तिर्नुपर्ने बाध्यता

साढे २४ करोडको पुल बन्दा–बन्दै अलपत्र, नदी तर्न पैसा तिर्नुपर्ने बाध्यता

समाचार
कात्तिक ३० कञ्चनपुर ।कञ्चनपुर जिल्लाकै भौगोेलिकरूपले सबैभन्दा पिछडिएको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट तरेर स्थानीयले गन्तव्यमा जानुपर्ने हुन्छ । लालझाडी–४ का लोकेन्द्र रानाले दशकौंदेखि आफूहरु नदीमा पुल नबन्दा रकम तिरेर नदी वारपार गर्ने गरेको दुखेसो पोखे । ‘पहाडमा तुइन तरेझैं हामीले पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘ट्युबमा मोटरसाइकलसहित वारपार गर्नु पर्दा एक पटकको रु २०० तिनुपर्छ ।’ लोकेन्द्र जस्तै लालझाडीका प्रायः स्थानीयवासीले हिउँदमा यही समस्या भोग्नुपरेको छ तर राज्यको यसतर्फ ध्यान पुगेको छैन । ‘हिउँदमा नदीमा पानी कम हुन्छ, पानी कम भए पनि रु २०० तिरेर त जान सकिन्छ’, रानाले भने, ‘बर्खामा त बाढीले आवागमन नै ठप्प हुन्छ ।’ यहाँको वाणी–देखतभुली–प...
अमेरिककाका  राष्ट्रपति जो बाइडेनले हिन्दुहरुको महान चार्ड दिपावलीका अवसरमा दिए शुभकामना

अमेरिककाका राष्ट्रपति जो बाइडेनले हिन्दुहरुको महान चार्ड दिपावलीका अवसरमा दिए शुभकामना

अन्तराष्ट्रिय, समाचार
अमेरिककाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले हिन्दुहरुको महावन चार्ड दिपावलीका अवसरमा शुभकामना दिएका छन्। उनले ट्वीटरमाफर्त लाखौं हिन्दु, जैन, बौद्धिस्टहरुलाई दिपावलीको शुभकामना दिएका छन्। बाइडेन हालै भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा निर्वाचित भएका छन्। तर, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गरिसकेका छैनन्। अमेरिकामा नयाँ राष्ट्रपतिले आगामी जनवरी २० मा शपथ लिने छन्। ट्रम्पले हार स्वीकार नगरेर कानूनी लडाईँ लडे अमेरिकाले ४६ औं राष्ट्रपति पाउन केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्। ३ नोभेम्बरमा भएको चुनावमो मतगणना १३ नोभेम्बरमा सकिएको छ। ५३८ इलोक्टरल कलेज भोट मध्ये बाइडेनले ३०६ मा जित हात पारेका छन् भने ट्रम्पले २३२ मा जित हात पारेका छन्। अमेरिकामा राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलोक्टरल कलेज जित्न आवश्यक हुन्छ। ...
नेपाल एयरलाइन्सले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने

नेपाल एयरलाइन्सले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने

समाचार, समाज
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ। सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउदा समेत यात्रुको पुनः पोजेटिभ देखिएको चिन्ता व्यक्त गर्दै निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो । निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले उडान प्रतिबन्ध लगाइरहेको छ। हङकङले पछिल्लो पटक निगमलाई तेस्रो पटक १४ दिनको लागि उडान प्रतिबन्ध गरेको छ । नेपालबाट पिसिआर गरेर गएका यात्रुको त्यहाँ पुनः परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएका कारण निगमको उडान प्रतिबन्ध भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए। निगमका अन्य उडा...
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई,गोवर्द्धन,गोरुको पूजा

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई,गोवर्द्धन,गोरुको पूजा

समाचार, समाज
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई,गोवर्द्धन,गोरुको पूजा आजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकोछ । कार्तिक कृष्ण औशी बिहान ११ बजेर २७ मिनेटमा सकिएर प्रतिपदा लागेसँगै कार्तिक शुक्ल प्रतिपदाका दिन...
२०७७ साल कार्तिक ३० गते आईतवारको राशिफल

२०७७ साल कार्तिक ३० गते आईतवारको राशिफल

राशिफल, समाचार
 वि.सं. २०७७ साल कार्तिक ३० गते । आईतवार । इ.स.२०२० नोभेम्बर १५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । कार्तिक कृष्णपक्ष । तिथी–औशी,११ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– विशाखा,१९ बजेर १६ मिनेट उप्रान्त अनुराधा । योग–शोभन,२६ बजेर ०४ मिनेट उप्रान्त अतिगण्ड । करण–नाग,११ बजेर २७ मिनेट उप्रान्त किंस्तुध्न,२२ बजेर १८ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला,१३ बजेर ४० मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २५ मिनेटमा, सूर्यास्त १७ बजेर ०९ मिनेटमा । दिनमान २६ घडी ४९ पला । यमपञ्चक (तिहार), स्नानदानका लागि औंसी। गो(पूजा ९गाई(गोरु तथा हली तिहार०, बलि पूजा, म्हपूजा। कार्तिक मसान्त। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प...
साँझ ७ बजेपछि मदिरा बिक्री गर्न,मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पु¥याउन नपाइने

साँझ ७ बजेपछि मदिरा बिक्री गर्न,मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पु¥याउन नपाइने

समाचार, समाज
गोरखा जिल्लामा चाडबाडका बेलामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पु¥याउन सक्ने भएकाले बिक्री वितरण कडाइ गरेको हो ।  निमित्त प्रजिअ देवी पाण्डे खत्रीले चाडबाडका बेला जथाभावी मदिराजन्य पदार्थ सेवन गर्नेहरु बढी हुने भएकाले सतर्कता अपनाउन यस्तो निर्णय गरिएको बताए । प्रशासनले कोही कसैले पनि घरेलु अवैध तथा घरेलु मदिरा उत्पादन, भण्डारण, बेचबिखन तथा प्रयोग नगर्न पनि भनेको छ ।  त्यस्तै कार्यालयले चाडपर्वका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने, सार्वजनिक शान्ति भङ्ग गर्ने, जुवातास खेल्ने, पटका आतसबाजी तथा भुइँचम्पा पड्काउने जस्ता कार्य नगर्न-नगराउन पनि आग्रह गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बद्दै गएकाले चाडबाड मनाउँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पाल...
रंगोलीले समृद्धि र शुभसाइतको संकेत मानिन्छ र घरबाट नकारात्मक उर्जा पनि हटाउँदछ,दिपावाली

रंगोलीले समृद्धि र शुभसाइतको संकेत मानिन्छ र घरबाट नकारात्मक उर्जा पनि हटाउँदछ,दिपावाली

समाचार, समाज
दिपावालीको दिनमा घरको मूल ढोकामा रंगोली डिजाईन बनाउने विशेष परम्परा रहेको छ । दिपावालीको आज घरमा लक्ष्मीलाई विषेश रुपमा घरमा भित्र्याउन घरको मूल ढोकामा रंगोली बनाईन्छ । रंगोलीले समृद्धि र शुभसाइतको संकेत मानिन्छ र घरबाट नकारात्मक उर्जा पनि हटाउँदछ ।  अधिकांश रंगेलीमा स्वास्तिकहरू, कमलका फूलहरू वा लक्ष्मीका पदचिह्नहरूमा सप्तरंगी रंगले बनेका हुन्छन्। फूल र रंगबाट बनेका रंगीन रंगोलीले सबैको ध्यान आकर्षण गर्दछ ।  रंगोली बनाउनका लागि दीपावलीको दिनमा मुख्य ढोका बाहेक, देवी लक्ष्मीको मूर्तिको अगाडि गोलाकार रंगोली बनाउछन । यस रंगोलीमा ठूलो घ्यूको वत्ती स्थापना बनाउहोस  । रंगोली बनाउनको लागि पहेंलो रंगको प्रयोग गर्नुपर्दछ र कालो रंग प्रया रंगेलीमा प्रयोग गर्न हुदैन । मुख्य गेटको रंगेलीको ढोकाको दुबै छेउमा बत्तीमा बाल्नु पर्छ । त्यसपछि मात्र रंगेली जाग्रीत हुन्छ सम्पत्तीको आगमनको सम...
माछापुच्छ्रे बैंकको डिजिटल देउसि, ५० हजार सम्मको उपहार

माछापुच्छ्रे बैंकको डिजिटल देउसि, ५० हजार सम्मको उपहार

समाचार
कात्तिक २९ काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले तिहारको अवसरमा डिजिटल देउसि भैलोको आयोजना गरेको छ ।देउसी भैलोमा सहभागि हुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसि भैलो गित भिडियो सहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीले लाई ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ । सहभागिहरुले बढिमा ३ मिनेट सम्मको भिडियो यही मङ्सिर १ गते सम्म पठाउनु पर्ने छ । ...
हेलो नेपालको टावरमा आगजनी

हेलो नेपालको टावरमा आगजनी

समाचार
डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जली, चार्जगर्ने १२ वटा भोेल्ट व्याट्री जलेको छ भने कनेक्सन बक्स टावरभन्दा कम्तिमा पनि १० मिटर तल फालेको अवस्थामा भेटिएको छ । आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन् । घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगजनीका कारण लाखौँ मूल्य बराबरको नोक्सानी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । ...