संसद विघटनको पुनरावृत्ति
डा.डिआर उपाध्याय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदमा झन्डै दुईतिहाइ बहुमत प्राप्त दल हो । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आज संसद विघटन गरे । यो कार्यले संविधानको धज्जी उडेको छ । यो उनको अहंकारी कदम हो । यो कदमले लामो समयदेखिको नेपाली जनताको त्याग, तपस्या र बलिदानमा कुठाराघात भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र घोषित मुलुक पुन ःएकपटक राजनीतिक अनिश्चय र अस्थिरता तर्फ धकेलिएको छ । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि दुइ तिहाइ बहुमतको सरकार रहेकै बखत उनले संसद बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । अहिले त्यही पुनरावृति भएको छ । विगतमा पनि यही कारणले अस्थिर राजनीति बन्यो । सरकारमा जाने र गिराउने खेल धेरै भएका थिए । अब आउँदा दिनमा पनि त्यो अवस्था नआउला भन्न सकिन्न । पार्टी भित्रको आन्तरिक विवाद व्यवस्थाप...









