नौ महिनादेखि ओडारमा बस्दै आएकी वृद्धासहित चार जनाको उद्धार गरियो
नौ महिनादेखि ओडारमा बस्दै आएकी वृद्धा महिलासहित चार जनालाई उद्धार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यन्वयनस्वरुप भइरहेको अभियानअन्तरगत आज जिल्ला प्रशासन कार्यालयको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा महिलासहित चार जनाको उद्धार गरिएको हो ।
चन्दननाथ–३ स्थित गच्चु साँघु ओडारमा बस्दै आएकी दैलेख स्थायी घर बताउने वृद्धा कमला कुमाई, चन्दननाथ–९ निवासी पुनी तिरुवा, तातोपानी गाउँपालिका–५ निवासी बाहुनी लाटी र सिञ्जा गाउँपालिका घर बताउने प्रेमकली नेपालीलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।
उहाँले भन्नुभयोे, “यही पुस १६ गते सडक मानवको तथ्यांक सङ्कलन गरी सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा उद्धार गर्ने तथा आश्रयका लागि सुर्खेत पठाउने निर्णय भएअनुसार पहिलो चरणमा चार जनाको उद्धार गरिएको हो ।”
उद्धार गरी पठाइएका चार महिलामध्ये एक जना स्पष्ट बो...









