बेलायतमा कोरोना संक्रमण धेरै फैलिएपछि फेरी लकडाउन गरी कडा नियम लागु गरिएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार अन्य देशबाट बेलायत आउने सबै यात्रीको कोरोना रिपोर्ट नेगेटिभ देखाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीले यसबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने जानकारीसमेत दिए ।
बेलायतमा कोरोनाको नयाँ भेरियन्टको मामिला सार्वजनिक भएपछि सरकार कडा व्यवहार अपनाइरहेको छ ।
चीफ मेडिकल अफिसर क्रिस विट्टीले मंगलबार दिएको जानकारी अनुसार बेलायतमा हरेक ५० मध्ये एक व्यक्ति कोरोना पोजेटिभ छन् ।
अर्थात् एउटा ठूलो जनसंख्या कोरोना संक्रमणको चपेटमा छन् ।
