नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीच भेटवार्ता
नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीच भेटवार्ता भएको छ ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वमा गएको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष राष्ट्र बैंकमा भेटगरी मौद्रिक नीति मार्फत घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनमा धेरै समस्याहरु रहेका र तत्काल सम्बोधन गर्न ७ बुँदे मागहरु पेश गरेको छ ।
महासंघसँगको भेटवार्तामा गभर्नर अधिकारीले कोभिड प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि महासंघसँग सहकार्य गर्ने प्रतिवद्धता जनाउंदै कोभिडबाट सांच्चिकै समस्यामा परेका उद्यमी व्यवसायीका विषयमा महासंघसँग बसेर निर्णय गर्ने विश्वास दिलाएका छन् । साथै गभर्नर अधिकारीले राष्ट्र बैंकले उपलव्ध गराएका पुनरकर्जा लगायतका सुविधाहरुका सम्बन्धमा महासंघसंग सहकार्य गरी सातै प्रदेशमा सचेतनामुलक कार्यक्रम लै...









