मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

कोरोना खोपको प्राथमिकतामा परेनन् शिक्षक

कोरोना खोपको प्राथमिकतामा परेनन् शिक्षक

समाचार
कोरोना भाइरस विरुद्धको खोप अभियान जारी रहँदा अझै शिक्षक खोप लगाउने सूचीको प्राथमिकतामा परेका छैनन् । शिक्षकलाई कहिले खोप लगाउने भन्ने विषयमा कुनै निर्णय नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीर घिमिरेले बताए । उनले भने, ‘यसबारे मन्त्रालयले अहिले नै कुनै निर्णय गरेको छैन् । निर्णय गर्याे भने भनौंला ।’ पहिलो चरणमा स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, पत्रकार लगायतलले खोप लगाएका छन् । पहिलो चरणमा खोप लगाउन छुटेकाहरुलाई स्वास्थ्य मन्त्रालयले खोप लगाउन आउन सूचना नै जारी गरेको छ । लाखौँ विद्यार्थीसँग प्रत्यक्ष जोडिने शिक्षकहरुलाई प्राथमिकतामा राखेर खोप लगाउनुपर्ने भन्दै विभिन्न शैक्षिक सरोकारवाला संघ संस्थाहरुले पनि बताउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयले...
तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदै

तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदै

समाचार, समाज
 तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ । चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष विदा भइ गोरु वर्ष शुरु हुने भएको छ । मञ्जुश्री पात्रो शुरु भएको २८५७ औँ वर्ष पूरा भएको छ । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचीन पद्धति हो । ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको जानकारहरु बताउँछन् । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ । हिजोबाट नै ल्होछार सुरु भए पनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार म...
बीबीसीले प्रसारणसम्बन्धि चिनियाँ कानुनहरुको गम्भिर उल्लंघन गरेको चीनको आरोप,प्रसारण गर्न प्रतिबन्ध

बीबीसीले प्रसारणसम्बन्धि चिनियाँ कानुनहरुको गम्भिर उल्लंघन गरेको चीनको आरोप,प्रसारण गर्न प्रतिबन्ध

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । चीनले बीबीसी वर्ल्ड न्यूजलाई आफ्नो देशमा प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । चीनको प्रसारण नियामक निकायले बिहीवार बीबीसीको प्रसारणमा रोक लगाइएको घोषणा गरेको हो । बीबीसीले प्रसारणसम्बन्धि चिनियाँ कानुनहरुको गम्भिर उल्लंघन गरेको चीनको आरोप छ । बीबीसीको चीनसम्बन्धि समाचारहरु सत्य र निष्पक्ष नभएको र चीनको राष्ट्रिय हितमा हानी गर्न खोजेको उसको आरोप छ । बीबीसीले कोरोना भाइरस नियन्त्रण र चीनको जातीय अल्पसंख्यक यूगर्सको उत्पीडनको बारेमा गरेको रिपोर्टको चीनले यसअघि देखि नै आलोचना गर्दै आएको थियो । बीबीसीले चीनको यो कदमप्रति दुख व्यक्त गर्दै आफूहरुले विश्वभरका घटनाहरुको सत्य र निष्पक्ष रुपमा रिपोर्ट गर्ने गरेको दाबी गर्दै चीनको आरोपको खण्डन गरेको छ । ...
वि.सं. २०७७ साल माघ ३० गते  शुक्रवारको राशिफल

वि.सं. २०७७ साल माघ ३० गते शुक्रवारको राशिफल

राशिफल, समाचार
 वि.सं. २०७७ साल माघ ३० गते । शुक्रवार । इ.स.२०२१ फेब्रुवरी १२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष । तिथी– प्रतिपदा,२४ बजेर ११ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–धनिष्ठा,१४ बजेर २१ मिनेट उप्रान्त शतभिषा । योग–परिध,२६ बजेर ३५ मिनेट उप्रान्त शिब । करण–किंस्तुध्न,१२ बजेर ०८ मिनेट उप्रान्त बव,२४ बजेर ११ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेटमा,सूर्यास्त १७ बजेर ५१ मिनेटमा । दिनमान २७ घडी ४५ पला । सोनाम ल्होसार । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पैत्रिक धन तथा सञ्चित धन सम्पतिको प्रयोग मार्फत् आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । ईच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । पढाई लेख...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक अध्ययन प्रतिवेदनमा ६७.५६ प्रतिशत उद्योग व्यवसायन नोक्सानमा रहेका

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक अध्ययन प्रतिवेदनमा ६७.५६ प्रतिशत उद्योग व्यवसायन नोक्सानमा रहेका

आर्थिक, समाचार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड–१९ को प्र्रभावले अधिकांश उद्योग व्यवसाय नोक्सानमा रहेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले गरेको एक अध्ययन प्रतिवेदनले ६७.५६ प्रतिशत उद्योग व्यवसायन नोक्सानमा रहेका छन् । अध्ययनमा सहभागी उद्योगहरूमध्ये १६.२२ प्रतिशतहरू मात्रै नाफामा गएका छन् । नाफामा रहेका उद्योगमध्ये ६६.६७ प्रतिशत ठूलो उद्योग रहेका छन् । मन्त्रालयले गरेको एक अध्ययनले कोभिड–१९ को प्र्रभावका कारण अझै १०.८१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा बन्द भएको देखाएको छ । बजेट मध्यवधि समीक्षामा राष्ट्र बैंकले मंसिरसम्म गरेको अध्ययनको आधारमा तथ्यांक प्रस्तुत गरेपनि उद्योग मन्त्रालयले त्यसको भोलिपल्ट माघ २८ गते देशमा सञ्चालित ३७ वटा उद्योगको अध्ययन गरेर सो तथ्यांक सार्वजनिक गरेको हो । मन्त्रालयले गरेको अध्ययनले कोभिडका नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी र त्यसप...
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन  धरहराको निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन धरहराको निरीक्षण

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन। बिहिबार प्रधानमन्त्री ओलीले पुर्ननिर्माण भईरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको अवलोकन गरेका हुन। भुकम्पको कारण क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको पुर्ननिर्माण भईरहेको छ। सिंहदरबारको पुर्ननिर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए। धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएको ज्ञवालीले बताए। धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्मको काम सम्पन्न भइसकेको र बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिना भित्रै सम्पन्न गर्नेगरी काम अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकार...
नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो

नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो

आर्थिक, समाचार
शेयर लगानीकर्ता बैंक तथा विकास बैंकका शेयरमा आकर्षित भए पनि कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्सेले आज पनि सोही लय समातेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६.११ ले घटेर दुई हजार ५२६.९२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ बिन्दुले घटेर ४६३.४७ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड ६० लाख ५८ हजार ४५८ कित्ता शेयर रु आठ अर्ब ४१ करोड १७ लाख ३२ हजारमा कारोवार भए । नेप्से ओरालो लाग्दा बजार पूँजीकरणमा समेत प्रभाव परेको छ । साताको अन्तिम दिन आज कूल रु ३४ खर्ब छ अर्ब १७ करोड ४९ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ । कारोवार भएकामध्ये कूल तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १०.७९, विकास बैंक २०.१४ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ । यस...
नियन्त्रणमा लिएको ५ घण्टामा नेकपाकी नेतृ रामकुमारी झाँक्री  रिहा

नियन्त्रणमा लिएको ५ घण्टामा नेकपाकी नेतृ रामकुमारी झाँक्री रिहा

राजनीति, समाचार
प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन्। राज्य विरुद्धको कसुरमा प्रहरीले सोधपुछका लागि उनलाई शंखमुल स्थित घरबाटै बिहान पक्राउ गरेको थियो। महानगरीय अपराध महाशाखाले पशुपति पुरीको जिम्मा जमानीमा नेत्री झाँक्रीलाई रिहा गरेको हो। उनलाई प्रहरीले नियन्त्रणमा लिएको ५ घण्टामा रिहा गरेको हो। गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई प्रहरीले राज्य विरुद्धको कसूर गरेको आरोपमा पक्राउ गरेको थियो। राष्ट्रपतिको मानमर्दन गरेको आरोपमा पक्राउ परेकी नेतृ झाँक्रीले संवैधानिक राष्ट्रपतिप्रति आफ्नो सम्मान रहेको लिखित बयान दिएपछि रिहा गरिएको हो। ...
युवा उद्यमी एवम सामाजिक अभियन्ता महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित

युवा उद्यमी एवम सामाजिक अभियन्ता महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित

खेलकुद, समाचार
काठमाडौं, २९ माघ – युवा उद्यमी एवम सामाजिक अभियन्ता पृथविन्दु महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित भएकी छिन् । राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्रीको माघ २५ को मन्त्रीस्तरिय निर्णयबाट उनले उक्त जिम्मेवारी प्राप्त गरेकी हुन। राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ५, उपदफा १ ङ बमोजिम उनी लगायतका युवाहरु समेतलाई उक्त जिम्मेवारी दिइएको छ । को हुन महर्जन ? पाटनबासी पृथविन्दु महर्जन महिला उद्यमी एवम सामाजिक अभियन्ता हुन । हस्तकला व्यवसायमा संलग्न उनी राजनीतिक एवम सामाजिक अभियानहरुमा पनि सकृय रुपमा लाग्दै आएकी छिन् । महर्जन नेपाल चेम्बर अफ कमर्श अन्तर्गत नेपाल महिला चेम्बरको कार्यकारीणी सदस्य समेत हुन । ...
सुशासन कायम गर्न यी कुरामा ध्यान दिऔं

सुशासन कायम गर्न यी कुरामा ध्यान दिऔं

समाचार, समाज
डा.डिआर उपाध्याय, देशको बिकास, समृद्धिका लागी सुशासन अनिवार्य सर्त हो । सुशासन बिना बिकास र समृद्धिको कल्पना पनि गर्न सकिदैन । बिश्वका धेरै मुलुक मध्ये केहि मुलुक बिकास र समृद्धिको बाटोमा लम्किएका छन । कारण सुशासन हो । जुन देशमा सुशासन कायम भएको छ, त्यो देशमा बिकास भएको छ । जुन देशमा सुशासन कायम हुन सकेको छैन त्यो देश बिकासको हिसावमा पछाडि परेको छ । हाम्रो देश पनि बिकासको हिसावमा पछाडि छ । त्यो कारण हो हामीले पनि देशमा सुशासन कायम गर्न सकेनौं । देश भ्रष्टाचारले आक्रान्त छ । मुलुकको प्रशासन सञ्चालनमा सुशासन कायम हुन सकेन । सवै भन्दा बढि मात्रमा स्थानीय तहमा भ्रष्टाचारले जरा गाडेर बसेको छ । स्थानीय तहमा बेथिति अनियमितता बढेर गएको छ । यसलाई रोक्ने कस्ले ? जनताले सुशासनको चाहना गरेको धेरै भयो । तर अहिले सम्म प्राप्त गर्न सकिएको छैन । सुशासन भनेको असल शासन हो । असल शासनलाई सुशासन भनिन्छ ...