नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार तथा भुक्तानीको सीमालाई यसअघिको भन्दा दोब्बर पुर्यायो
अनलाइनमार्फत् हुने भुक्तानीको सीमामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार तथा भुक्तानीको सीमालाई यसअघिको भन्दा दोब्बर पुर्याएको हो ।
राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार हुन सक्छ । यसअघि यस्तो सीमा दैनिक १ लाख रुपैयाँ मात्रै थियो ।
त्यस्तै, मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफरका लागि इन्टनेट बैंकिङ प्रयोग गर्दा दैनिक २० लाख रुपैयाँसम्म रकम ट्रान्सफर गर्नसक्ने व्यवस्था गरिएको छ । यसअघि यो सीमा दैनिक १० लाख रुपैयाँ थियो ।
तर, यसअघि नै कुनै पनि सीमा कायम नगरिएका भुक्तानीका हकमा भने यो व्यवस्था लागु भएपछि पनि जतिसुकै रकम ट्रान्सफर गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । एउटै बैंकको खातामा रकम ट्रान्सफर गर्दा, सरकारको सम्बन्धित कार्यालयमा राजश्व, जरिवाना र दस्तुर भुक्तानी गर्दा, बिद्युत्, द...









