नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगबार) दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २.५६ अंकले बढेर दुई हजार तीन सय ९१ दशमलब ७४ विन्दुमा थामिएको छ । नेप्सेका अनुसार आज ३ अर्ब ३७ करोड ५६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये सात वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।
...
आज (मंगललबार)देखि कारोबार शुरु भएको ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । नेप्सेका अनुसार कारोबार शुरु भएकै दिन यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता २९ रुपैयाँले बढेर ३२८ रुपैयाँ पुगेको हो ।
कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ९९ दशमलव ६७ देखि २९९ दशमलव ०१ रुपैयाँको मूल्य रेञ्ज तोकेको थियो । प्रि ओपनिङ सेसनमा पहिलो कारोबार २९९ मा भएपछि नियमित सेसनमा सोही मूल्यबाट शेयर कारोबार खुला भएको हो ।
त्यस्तै, केहि हप्तादेखि निरन्तर ओरालो लागेको नेप्सेमा पनि आज सामान्य सुधार देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से एक अंकले बढेर करिब दुई अर्बको कारोबार भएको छ ।
...
विप्रेषण (रेमिट्यान्स) आप्रवाह आलू आर्थिक वर्षको सात महिनामा १०.९ प्रतिशतले वृद्धि भई रु.५६७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको राष्ट बैंकको तथ्यांकमा उल्...
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
सर्वोच्च अदालतले नेकपा(माओवादी केन्द्र)लाई ब्यूताइसकेपछि पहिलो पल्ट मंगलवार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकता पुर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताए ।
त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उनले जानकारी दिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजिनामाको माग समेत गरेको उनको भनाई छ । उनले भने – ‘प्रतिनिधि सभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रुपले पदमा रहिराख्न मिल्दैन । राजिनामा दिनुपर्...
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालीम सञ्चालन गरेको छ । तालीममा महिला जनप्रतिनिधि सहित विभिन्न संस्थाका ४२ जनाको सहभागिता छ । नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले स्कुटर सिकेपछि चालक अनुमतिपत्र प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने जानकारी दिए ।
नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतका दिनमा नगरपालिकाले पूर्वाधार निर्माणको काम अघि बढाइएकामा अब सीप विकासमा जोड दिएको बताए । प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीप हासिल गरेपछि महिलामाथि हुने गरेको हेपाइमा कमी आउने विश्वास व्यक्त गरे ।
तालीम यही चैत १६ गतेसम्म सञ्चालन हुने महिला तथा बालबालिका शाखाप्रमुख तारादेवी सुनुवारले बताए । नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्नाका साथै उद्यमी र आत्मनिर्भर बनाउन विभिन्न अन्तरक्रिया, तालीम र गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै...
उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी हुन थालेको छ। नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो। यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन शुरुआत गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ।
गोदाम र भरिया खर्चमा कमी तथा महँगो कन्टेनर भाडासमेत घटेपछि बजार भाउमा केही सरलता आउने बताइएको छ। अहिले ल्हासाबाट सामान बोकेका कन्टेनर सिधै रसुवागढी आउन थालेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए। उनले आयात भएका सामग्री नेपाली कन्टेनरमा रूपान्तरण गरी भन्सार हातामा प्रवेश भइसकेको बताए।
चिनियाँ ल्होसार पर्वका कारण केही समय स्थगन भएको थियो। गत फागुन २१ गतेदेखि पुनः सञ्चालन भएको ढुवानी अन्तर्गत चिनियाँ व्यापारीले रसुवागढी पु-...
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक शुरु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक शुरु भएको हो ।
बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरू सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सहभागी छन् ।
त्यस्तै कांग्रेसबाट देउवासहित नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला सहभागी छन् । माओवादीबाट प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।
जसपाबाट उपेन्द्र यादव र महन्थ ठाकुर बैठ...
-डा.डिआर उपाध्याय,
राजनीतिमा विसंगति र विकृति मौलाउँदै जादा समस्या उत्पन्न भएको छ । यो समस्या समाधानका लागी जनता पनि जागरुप र सचेत बन्दै जानु पर्ने आबश्यकता देखिएको छ । देश र जनताको पक्षमा खुलेर काम गर्न नसक्दा दलहरू अप्रिय बन्दै गएका छन । राजनीतिक दल र तिनका नेताहरुले देश र जनताको पक्षमा राम्रो काम गर्न नसक्दा जनताले दलभन्दा राजतन्त्र नै ठिक हो की भन्न थाले । तर यो परिस्थिती भने आउन दिनु हुदैन । दल र तिनका नेताहरुले आफ्नो छवि सुधार्दै जानु पर्छ । जे जस्तोसुकै भए पनि जनताका प्रतिनिधि भनेका दलका नेताहरु नै हुन ।
लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो । राजनीतिक दलका नेता भ्रष्टाचारमा लिप्त हुन पुगे । स्वच्छ छवि भएका नेता भेटिन कठिन हुँदै गएको छ । नेताहरुमा रातारात नवधनाढ्य बन्ने प्रतिस्पर्धा चल्दै गयो । यसले राम्रो संकेत देखाएको छैन । सर्वसाधारण जनताले आफ्ना प्रतिनिधिको क्रियाकलाप नजिकबा...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८.०७ अंकले घटेर दुई हजार तीन सय ८९ दशमलब १९ विन्दुमा थामिएको छ ।
नेप्सेका अनुसार आज ४ अर्ब २४ करोड ८४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये पाँच वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । बजार घटेपनि छ आइतबार चार कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, घलेम्दी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनीको शेयरमूलय ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।
...
नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ८६ हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ६ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य १२७५ रहेको महासंघले जनाएको छ ।
...