मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

सत्ताका लागी फुटनु भनेको जनमतको अपमान

सत्ताका लागी फुटनु भनेको जनमतको अपमान

राजनीति, समाचार
डा.डिआर उपाध्याय , पार्टीहरु मिलेर जादा नै राम्रो हुन्छ । सत्ताका लागी फुटनु भनेको जनमतको अपमान हो । अहिले जसपा भित्र पनि ठूलो विवाद उत्पन्न भएको छ । बाबुराम र उपेन्द्र सरकारमा जान नहुने अडानमा छन भने महन्थ ठाकुर, राजेन्द्र महतो पक्ष सरकारमा जाने कुरामा जोड दिदै आएका छन । लुम्विनी प्रदेशमा जसपा सरकारमा सहभागी भए पछि पार्टीभित्र विवाद चर्किएको हो । सत्ताका लागी पार्टी डाभित्र यस्ता खेल पहिला पनि हुने गर्दथ्ये । यो कुनै नौलो कुरा होइन । राजनीतिक दल र तिनका नेताहरुले आफनो व्यक्तिगत स्वार्थ भन्दा अरु केही सोचेनन् । उनीहरुले देश र जनताको पक्षमा हित हुने काम गरेर देखाउने अवसर गुमाउदै आएका छन । अवसर भनेको सधै भरी आउँदैन । त्यसो भएकोले अवसर गुम्न दिनु हुदैन । भोली पछुतो लाग्न सक्छ । राजनीति भनेको सवै नीतिको मूल नीति हो । त्यसैले राजनीतिलाई बदनाम गर्ने काम कसैले गर्नु हुदैन । गत आम निर्वाचनमा क...
‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं — वैशाख ७, २०७८। ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द रहेको उक्त गीतमा धर्मेन्द्र सेवानले नै संगीत भरेका छन्। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। https://youtu.be/1PQamngzgXs उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्। ड्रीम सर्च एजेन्सीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको ‘सुन हैन’ बोलको उक्त गीतमा ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ सिंगिङ तर्फका विजयी प्रतिस्पर्धीहरु पद्मजा कार्की, विक्रम बस्नेत, प्रियान्कुश गौतम, आज्ञा थपलिया, अर्नव बन, आश्निया बिनाडीले आफ्नो आवाज भरेका छन। भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०...
गायक रुपक खडकाको फेसबुक सार्वजनिक (भिडियो)

गायक रुपक खडकाको फेसबुक सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौं । गायक रुपक खडकाको नयाँ गीत फेसबुक सार्वजनिक भएको छ । गीतमा प्रमीको शब्द र गायक स्वयम खडकाकै संगीत रहेको छ । डि रेकर्डिङमा रेकर्ड गरिएको गीतमा सुन्दर कुमार महर्जनको संगीत संयोजन र बाद्दवादन, लुमन स्थापितले गीटार, कृष्ण लिम्बुले बास, सन्जिब मैनालीले बाँसुरी बजाएका छन । https://www.youtube.com/watch?v=j7R2XTnxIFs समन अधिकारिको निर्देशन रहेको भिडियोमा गायक रुपक खडकालाई झरना रिसाल र बाल कलाकार ग्रिश्मा खडकाले अभिनयमा साथ दिएका छन । रेस्क्यु कृयसन र फराज अवे इन्टर्टेन्ट्मेन्टको निर्माण गरिएको भिडियो फराज अर्पणको छाँयाकन र सम्पादन रहेको छ । भिडियो ओ एस् आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
भविष्यका कर्णधार बालबालिकामा कोरोनाको त्रास

भविष्यका कर्णधार बालबालिकामा कोरोनाको त्रास

समाचार, स्वास्थ्य
डा.डिआर उपाध्याय, विश्वव्यापी रुपमा फैलिएको कोरोनाको दोस्रो लहर नेपालमा पनि पुनः देखिएको छ । पहिलो लहरको कोरोना संक्रमण भन्दा अहिले देखिएको कोरोना बढी मात्रमा घातक रहेको कुरा चिकित्सक हरुले बताउदै आएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण भएका बिरामी मध्ये धेरैजसो जटिल अवस्थामा उपचार भैरहेको पाइन्छ । अब कोही पनि मानिसहरुले यो कोरोना सँग खेलवाड गर्नु हुँदैन । यदि कोरोना सँग खेलवाड गरियो भने जो सुकैको ज्यान खतरामा पर्न सक्छ । पछिल्लो समयमा आएर कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले बढी भिडभाड हुने ठाउँहरुलाई बन्द गर्ने घोषणा गरेको छ । बढी मात्रमा प्रभावित हुने क्षेत्रहरु शैक्षिक संस्था, पार्टी प्यालेस, रेष्टुरेन्ट , दोहोरी साँझ लगायतका हुन् । अहिले विशेष गरेर शैक्षिक संस्था बढी मात्रमा प्रभावित भएका छन् । किनभने नजिकिदै गरेको वार्षिक परीक्षा समेत अन्योलमा परेको छ । आज देखि कोर...
आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा

आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले बढेको छ । सोमबार नेप्से ३७.५८ अंकले घटेर दुई हजार छ सय ६१ दशमलब ९४ विन्दुमा थामिएको थियो ।  आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा थामिएको छ भने ५ अर्ब ५३ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका एउटा समूहमध्ये चार समूह बाहेक अन्यसबै समूह बढेका छन् । त्यस्तै, आज आठ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।    ...
कुम्भ मेलाबाट फर्केका पूर्वराजा- रानीलाई कोरोना संक्रमण

कुम्भ मेलाबाट फर्केका पूर्वराजा- रानीलाई कोरोना संक्रमण

समाचार, समाज
कुम्भ मेलाबाट फर्केका पूर्वराजा दम्पत्तिलाई कोरोना संक्रमण भएको छ। भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएका पूर्वराजा रानीले नेपाल फर्केपछि कोरोना संक्रमण परीक्षण गराएका थिए। उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ। कन्ट्याक्ट ट्रेसिङ थालिएको अधिकारीहरुले बताएका छन्। भारतको कुम्भमेलामा सहभागी भएका केहि भक्तजनलाई कोरोना देखएिपछि पूर्वराजाको पनि परीक्षण गरिएको थियो। ...
मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

खेलकुद, समाचार
 नेपाल धितोपत्र बोर्ड मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डले यही वैशाख ५ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले गत माघ ७ गते प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। त्यस अनुसार कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ। यो कम्पनीको चुक्ता पूँजीको २५ प्रतिशत हो। कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गर्ने छ भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीले उक्त शेयर प्रत्याभूतिका लाग...
सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै

सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै

समाचार, स्वास्थ्य
सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ। गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन्। पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो। विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ ...
आज चैते दसैं , घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

आज चैते दसैं , घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

समाचार, समाज
काठमाडौं । चैते दसैं पर्व आज हिन्दु नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन्। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने दशैं यो वर्ष बैशाख महिनामा परेको छ । बडादसैंको जसो मान्यजनबाट टीका र जमरा लगाउने परम्परा नभए पनि चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ। देशका विभिन्न शक्क्तिपीठमा भक्तजनहरु आजको दिन पूजाआजा गर्ने चलन छ । यो वर्ष कोभिड १९ को जोखिमका कारण सामाजिक दुरी कायम गरेर पूजापाठ गर्ने व्यवस्था मिलाइएको छ । सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी जम्मा नहुन निर्देशन गरेको छ । प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दसैं घरमा चैते दसैंका दिन पनि बलिसहित पूजा गरिन्छ। पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्‍ने कामनाले बलि दिइन्छ। गत वर्षको चैते दसैंमा कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढु...
इन्दु दनुवारको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक  (भिडियो)

इन्दु दनुवारको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक (भिडियो)

मनोरन्जन, समाचार
इन्दु दनुवारको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक भएको छ । सुरज लामिछानेको शब्द रचना रहेको गीतमा गायक निशान भट्टराईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतले ठूलो जात र सानो जातको कथालाई चित्रण गरेको छ । उक्त गीतले गाउँघरमा हुने सानो जात र ठूलो जातको माया प्रेम र त्यसभित्र आइपर्ने कठिनाइहरू प्रस्तुत गरेको देख्न सकिन्छ । https://www.youtube.com/watch?v=hfsN5JuSPJQ कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा यादब देभाकोटा (सरापे), इन्दु दनुवार र युबराज खत्री मुख्य भूमिकामा छन् । सुजन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन युबराज खत्रीले गरेका छन् । भिडियो तारा सीतारा प्रोडक्सन यूट्युब च्यालनमार्फत सार्वजनिक गरिएको छ । ...