आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

केन्द्रीय विभागमा गाभिएका ४ विभागको शुल्क घटाउन माग गर्दै अनेरास्ववियू(क्रान्तिकारी) रिले अनशनमा

केन्द्रीय विभागमा गाभिएका ४ विभागको शुल्क घटाउन माग गर्दै अनेरास्ववियू(क्रान्तिकारी) रिले अनशनमा

शिक्षा, समाचार
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार विभागको शुल्क अन्य विभाग सरह घटाउन माग गर्दै अनेरास्ववियू(क्रान्तिकारी)ले दोस्रो चरणको आन्दोलन सुरु गरेको छ। संगठनका उपमहासचिव तथा उपत्यका विशेष प्रदेशका इन्चार्ज निरोज श्रेष्ठ र शुल्क शोषण विरुद्ध विद्यार्थी आन्दोलनका संयोजक मनिश चंलागाई आजदेखि रिले अनशनमा बसेका छन्। यसअघि पहिलो चरणमा ७ दिनसम्म धर्ना दिइएको भए पनि माग वेवास्ता गरिएपछि दोस्रो चरणको रिले अनशन सुरु गर्न बाध्य भएको संगठनले जनाएको छ ।अनेरास्ववियू(क्रान्तिकारी)का अनुसार शिक्षाध्यक्ष, रेक्टरलाई हिजो मात्रै कार्यकक्षमा प्रवेश गर्न दिइएको थियो, आन्दोलनको माग सम्बोधन हुने अपेक्षामा। तर, विश्वविद्यालय प्रशासनले मागलाई बेवास्ता गरेपछि संघर्ष चर्काउनुपरेको संगठनका नेताहरूले बताएका छन्। रिले अनशन स्थलमा एकता र समर्थन जनाउन संगठनका केन्द्रीय उपाध्यक्षहर...
त्रिप्ती खड्का गुरुङको तीज गीत ‘यसपालीको तीजमा माईतिघर जाने हो’ (भिडियो)

त्रिप्ती खड्का गुरुङको तीज गीत ‘यसपालीको तीजमा माईतिघर जाने हो’ (भिडियो)

मनोरन्जन, समाचार
गायीका त्रिप्ती खड्का गुरुङको स्वरमा सजिएको नयाँ तीज गीत ‘यसपालीको तीजमा माईतिघर जाने हो’ सार्वजनिक भएको छ। गीतका शब्द होम बहादुर घलेले लेखेका हुन्, जसका सरल र भावनात्मक शब्दहरूले नेपाली चेलीको मन र संस्कृतिलाई उजागर गरेका छन्। गीतमा संगीत र मिक्सिङ विजय गुरुङको छ भने एरेन्जमेन्ट नरेश पाण्डेले गरेका छन्। उच्च गुणस्तरीय अडियो तयारी सारेगम स्टुडियोमा सम्पन्न गरिएको हो। गीतको भिडियोमा जुना कार्कीले अभिनय गरेकी छन्। गाउँघरको परिवेश, चेलीको भाव र सामाजिक सन्देशलाई आत्मीयतापूर्वक प्रस्तुत गर्न उनले सफल अभिनय गरेकी छन्। सामाजिक, पारिवारिक र सांस्कृतिक भावनालाई उजागर गर्ने यस गीतले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। तीजको मौसममा मात्र होइन, सधैं सुनिरहन सकिने नेपाली लोकगीतको रूपमा यो गीत स्थापित हुने अपेक्षा गरिएको छ। https://youtu.be/hqcFSplNfRY ...
५ करोड लगानीमा नक्सालमा सुरु भयो ‘ईन्स्टा होटल’    अत्याधुनिक सुविधा र आधूनिक शैली

५ करोड लगानीमा नक्सालमा सुरु भयो ‘ईन्स्टा होटल’ अत्याधुनिक सुविधा र आधूनिक शैली

आर्थिक, समाचार
काठमाडौं – राजधानीको नक्सालमा अर्धबुटिक र पूर्ण आधूनिक शैलीमा सजाइएको, अत्याधुनिक सुविधा सम्पन्न ‘ईन्स्टा होटल’ भव्य रूपमा सञ्चालनमा आएको छ। होटलले २१ भन्दा बढी आकर्षक र वातावरणमैत्री कोठा, १०० जना अट्ने अत्याधुनिक कन्फ्रेन्स हल, बहु–खानाको रेस्टुरेन्ट तथा आधुनिक आतिथ्य सेवाको संयोजनमार्फत राजधानीको आतिथ्य क्षेत्रमा नयाँ ऊर्जा भर्ने लक्ष्य लिएको छ। ५ करोड लगानी रहेको उक्त होटलले ३ दर्जन वढिलाई प्रत्यक्ष रोजगारी दिएको छ । २०१४ देखि हस्पिटालिटी क्षेत्रमा अनुभव होटलका अध्यक्ष ईश्वर प्रसाद पन्त (श्रीकृष्ण) २०१४ देखि हस्पिटालिटी क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व हुन्। देश–विदेशका ख्यातिप्राप्त होटलहरूमा लामो समय काम गरेर उनले होटल व्यवस्थापन, ग्राहक सेवा र व्यवसायिक नेतृत्वको गहिरो अनुभव आर्जन गरेका छन्। यही अनुभवलाई आधार मानेर उनले ईन्स्टा होटललाई अन्तर्राष्ट्रिय म...
पुजन काफ्लेको तीज गीत ‘छड्के तिलहरी’ :सांगीतिक सौन्दर्य(भिडियो)

पुजन काफ्लेको तीज गीत ‘छड्के तिलहरी’ :सांगीतिक सौन्दर्य(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं – गायिका पुजन काफ्लेले तीजको अवसरमा नयाँ गीत ‘छड्के तिलहरी’ आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन्। गीतमा शब्द, संगीत र स्वर स्वयं गायिकाकै रहेको छ भने संगीत संयोजन आदेश ग्रुमाछनले गरेका छन्। यसले गीतलाई अझ जीवन्त बनाएको छ। गीतले गहनाले महिलाको सौन्दर्य र खुशीलाई कसरी प्रतिनिधित्व गर्छ भन्ने भावलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। तीजमा महिला दिदीबहिनीहरू मिलेर नाच्ने, गाउने, एक आपसमा भेटघाट गर्ने परम्परागत संस्कृतिलाई गीतले उजागर गरेको छ। गायिका पुजन काफ्ले: बहुमुखी प्रतिभा र स्वरको मधुरता पुजन काफ्ले नेपाली संगीत क्षेत्रको एक पहिचान बनिसकेकी गायिका हुन्। मधुर स्वर, भावपूर्ण गायनशैली र सांगीतिक सिर्जनामा बहुमुखी प्रतिभा उनको विशेषता हो। उनले विगतका वर्षहरूमा पनि तीजलगायतका विभिन्न अवसरमा दर्जनौं लोकप्रिय गीतहरू प्रस्तुत गरेकी छिन्। सिर्फ गायन मात्र ...
‘छन्दे’ले लाई ‘ग्लोबल स्टार कलाकारिता सम्मान ‘

‘छन्दे’ले लाई ‘ग्लोबल स्टार कलाकारिता सम्मान ‘

मनोरन्जन, समाचार
काठमाडौं ।  नेपाली हास्यकलाका सशक्त प्रतिनिधि, अभिनय र निर्देशनमा स्थापित नाम गोपाल ढकाल छन्देले दक्ष इन्टरनेशनल प्रा.लिले गत शनिबार नेपाल पुलिस क्लब, भृकुटी मण्डप, काठमाण्डौमा भब्य रुपमा सम्पन्न गरेको कार्यक्रममा उक्त सम्मान प्राप्त गरेका हुन् ।विगत दुई दशकदेखि कलाकारिताको माध्यमबाट निरन्तर समाज, देशलाई योगदान दिईरहेका ढकालको कलाकारिताको निरन्तरता र योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान दिईएको हो । ग्लोबल स्टार अवार्डस् २०८२ को उक्त कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य माननीय चन्द्र भण्डारी रहनुभएको थियो । बिशेष अतिथिहरुमा राष्ट्रि«य सभा सदस्य माननीय बिष्णु कुमारी सापकोटा, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य माननीय दिपेन्द्र श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, सांसद सुनिल के.सी, कार्यक्रम व्यवस्थापक टेकराज पाण्...
प्रिया कार्की र प्रसुन्ना सेन्चुरी चम्किए “मिस तथा मिसेस व्युटिफुल नेपालको फिनाले”मा

प्रिया कार्की र प्रसुन्ना सेन्चुरी चम्किए “मिस तथा मिसेस व्युटिफुल नेपालको फिनाले”मा

मनोरन्जन, समाचार
काठमाडौं – दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सञ्चालन भएको “मिस व्युटिफुल नेपाल” को १०  औं संस्करण तथा “मिसेस व्युटिफुल नेपाल” को  ९ औं संस्करणको ग्राण्ड फिनाले काठमाडौंस्थित नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्य तथा नेपाली फिल्म उद्योग, सङ्गीत र फेसन क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख निर्णायक मण्डलमा वरिष्ठ अभिनेता तथा निर्देशक रमेश बुढाथोकी रहेका थिए भने निर्णायकहरूमा वरिष्ठ अभिनेत्री सनी रौनियार, अभिनेता रमेश उप्रेती, नेपाल आइडल विजेता तथा गायक बुद्ध लामा, डान्स कोरियोग्राफर केशव थापा, अभिनेत्री शिल्पा पोखरेल ,शिक्षाविद मन कुमारी पोखरेल लगायत अन्य विशिष्ट व्यक्तिहरू रहेका थिए। यस वर्ष मिसेस व्युटिफुल नेपाल – २०२५ को उपाधि प्रिया कार्कीले प...
“ग्लोबल स्टार अवार्ड”: ४० भन्दा बढी प्रतिभाहरूको सम्मान

“ग्लोबल स्टार अवार्ड”: ४० भन्दा बढी प्रतिभाहरूको सम्मान

मनोरन्जन, समाचार
काठमाडौं- दक्ष इन्टरनेशनलको आयोजनामा ‘ग्लोबल स्टार अवार्ड २०२५’ भव्य र गौरवमय ढंगले सम्पन्न भएको छ। नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनमा आयोजित यस समारोह वरिष्ठ मेकअप आर्टिष्ट तथा दक्ष इन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो। समारोह दुई चरणमा विभाजित थियो। पहिलो चरणमा आयोजित विशेष सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा. चन्द्र भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यस चरणमा समाजसेवा, शिक्षा, पत्रकारिता, स्वास्थ्य, साहित्य, पर्यटन, महिला सशक्तिकरण लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। दोस्रो चरणमा सम्पन्न मुख्य अवार्ड समारोहका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्थ्यो। यस अवसरमा गीत–संगीत, सौन्दर्य विधा, चलचित्र, अभिनय, निर्देशन, फेसन डिजाइन, सामाज...
“सर्वोत्कृष्ट सौन्दर्यकर्मी सम्मान”सौन्दर्यविद् अप्सना नेवालाई

“सर्वोत्कृष्ट सौन्दर्यकर्मी सम्मान”सौन्दर्यविद् अप्सना नेवालाई

मनोरन्जन, समाचार
काठमाडौं— नेपाली सौन्दर्यकला र उद्यमशीलताको क्षेत्रमा विशिष्ट पहिचान बनाएकी एपी ब्युटी सलुनकी प्रमुख तथा वरिष्ठ सौन्दर्यविद् अफ्सना नेवा हायु ‘ग्लोबल स्टार अवार्ड २०२५’ मा सर्वोत्कृष्ट सौन्दर्यकर्मी को रूपमा सम्मानित भएकी छिन्। दक्ष इन्टरनेशनलको आयोजनामा नेपाल पुलिस क्लबको ब्लु पाभेलियनमा भव्य रूपमा सम्पन्न सो समारोहमा उनी ईभेन्ट डाइरेक्टरको भूमिकामा समेत सक्रिय थिइन्। उनको दीर्घ योगदान, उद्यमशीलता, रोजगारी सिर्जना, प्रशिक्षणमार्फत दक्ष जनशक्ति उत्पादन तथा समाजमा सौन्दर्य चेतनाको प्रवर्द्धन गरेबापत सो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो। सम्मान समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संघीय सांसद डा. चन्द्र भण्डारी प्रमुख अतिथि थिए भने अन्य विशिष्ट अतिथिमा पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठ, बागमती प्रदेश सांसद सुनील केसी, पूर्व मन्त्री परशुराम तामाङ, राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा...
सम्पादक नवराज बजगाईलाई सम्मान, पत्रिकालाई अवार्ड

सम्पादक नवराज बजगाईलाई सम्मान, पत्रिकालाई अवार्ड

मनोरन्जन, समाचार
काठमाडौ, अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा मिस ब्युटिफुल नेपालको दशौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा आयोजित विशेष कार्यक्रममा बजगाईलाई विषेश सम्मान गरिएको हो । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको दक्ष ईन्टरनेशनलका प्रमुख एवं कार्यक्रम संयोजक समेत रहेका मेकअप आर्टिष्ट टेकराज पाण्डेले बताए । सम्मानका साथै बजगाईले कला, साहित्य र समाजसेवाको क्षेत्रमा समेत योगदान पु¥याएकोमा ग्लोबल स्टार अवार्ड–२०२५ को तर्फबाट नव क्षितिज साप्ताहिकको रजत गित सुशासनका लागि उत्कृष्ट शव्द रचनाको अवार्ड समेत प्रदान गरिएको थियो । उक...
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

मनोरन्जन, समाचार
अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी भएका छन् । संघको शनिबार (जुलाई २६ मा) सम्पन्न निर्वाचनमा कुँवरले सन्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् । उनले नर्दन टेरोटेरीबाट सन्जीव गोर्खाली ढकाल (२१२६) र पर्थ (पश्चिम अस्ट्रेलिया) (३७२७) बाट भैरव ढकाललाई हराएका हुन्। १६ हजार १ सय २१ मतदाता रहेको अस्ट्रेलियाबाट कुँवरले १३७०१ खसेको मतबाट ६८३९ मत पाए । झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर यसअघि संघको महासचिव रहेका थिए। प्यानल सहित चुनावी मैदानमा होमिएका कुँवरले संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने आफ्नो लक्ष्य रहेको बताए । यो जीत समग्र संघका सदस्यहरूको जीत रहेको भन्दै आफूले यो विश्वासलाई सधैं न्याय दिलाउने उद्घोष गरे । यससँगै कुँवरले अष्ट्रेलियास्थित संघीय तथा र...