‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमा
काठमाडौँ — आश्विन ४, २०७८। पि प्रोडक्सनले एआर ईन्टरटेन्मेन्टको प्रस्तुतीमा सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ मा सिराहका राजु साह र रामेछापकी निकिता चौहान विजयी भएका छन। विजेताले ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधि, म्युजिक भिडियो कन्ट्र्याक्टसहित अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। ‘मिस्टर प्यासेफिक २०२१’ का विजेता साहले विधागत तर्फको हेन्सम विथ पर्पस र बेस्ट वाकको उपाधीसमेत आफ्नो हातमा पारे त्यसैगरी ‘मिस प्यासेफिक २०२१’ की विजेता चौहानले विधागत तर्फको मिस एथ्लेटको उपाधी हात परिन। यस्तै ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को एम्वासडरमा काभ्रेका मनदोज लामा र काँडाघारीकी बिनु थापा चयन भएका छन। गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक मिस नेपाल ईन्टरनेसनल वर्षा लेखी सहित अभिबिन्द खनिया, रोहित मल्ल र गोमा तिवारी निर्णायक रहेका थिए।...








