आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

६ वर्षे वाल गायिका जियाले ल्याईन ‘सुनकेशरी’ (भिडियो)

काठमाण्डौँ, भाद्र ३१ | ‘कर्मलाई उमेरले छेक्दैन भने झै’ हालै ६ वर्षकी सानी नानी जिया भुषालको स्वरमा रहेको ‘सुनकेशरी’ गीतको भिडियो सार्वजनिक भएको छ । विशिष्ट गीतकार विश्व वल्लभ ज्युको प्रमुख आतिथ्य, विशिष्ट अतिथि उन्नती शिला बोहरा, वरिष्ठ लोकप्रिय गायक यम बराल, लोकप्रिय ब्याण्ड ‘दि एक्स’का शिव मुखिया, लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक, सञ्चारकर्मी कृष्ण कडेंल, प्रतिमा कंडेल, हास्य कलाकार जोगिन्दर पानवला, गायक प्रमोद निर्वान, गायक कविन्द्र श्रेष्ठ लगायतको आतिथ्यमा एक विशेष समारोहको आयोजना गर्दै सो गीतको बिमोचन गरिएको थियो । वारीष्ठ संगीतकार महेश ज्ञवालीको संगीत, गीतकार सञ्जय बिक्रमको शब्द, सञ्जय हमालको संगीत संयोजन गोबिन्द सोनीको मिक्सिङ मास्टरिङगमा मीरा साउण्ड्मा रेकर्डिङ गरिएको हो ।

संगीतकार महेश ज्ञवालीले सानी नानी जियाको लागि यती सम्म गर्न पाएको र सबैजना पूर्ण सहयोग गर्नु भएकोमा सम्पूर्णमा आभार व्यक्त गर्दै धन्यवाद पनि दिनुभयो साथै सम्पूर्ण दर्शक श्रोताले हाम्रो प्रस्तुतिलाई साथ र सहयोग गर्नु हुन्छ भन्ने विश्वास रहेको कुर पनी बताउनु भयो । भिडियोमा लोकप्रिय कार्यक्रम इन्द्रेणीका सय्चालक सञ्चारकर्मी कृष्ण कंडेल, प्रतिमा कंडेल दम्पती, बाल गायिका जिया भुषाललाई फिचर्ड गरिएको छ । भिडियोलाई म्युजिक भिडियो निर्देशक शशान कंडेलले निर्देशान् गरेका छन भने दिपक गिरीको छांयाकन तथा बिकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई एम एन एस् म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *