सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

बादल थापा मगरको ‘नुनको भारी’ (भिडियो)

बादल थापा मगरको ‘नुनको भारी’ (भिडियो)

मनोरन्जन, समाचार
दुर्गम भेगको वास्तविकतालाई चित्रण गरिएको गीत ‘नुनको भारी’ सार्वजनिक भएको छ । बादल थापा मगरको लय, स्वर र लेखराज गिरीको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/HXzRZHlPkms भिडियोमा ‘रेलको बाटो’ गीतका कलाकार लक्ष्मण देवकोटा र सरस्वती खत्रीका साथै वसन्त उदास, रूपचन्द्र बुढा, प्रकाश पहाडीलगायतको अभिनय छ । विनयराज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा गरिएको भिडियोमा भीमसेन कल्याल ठकुरीकोे छायांकन, अनिश घर्तीको ड्रोन अपरेट, पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको रङ संयोजन छ । भिडियोमा दुर्गम भेगको वास्तविकतालाई चित्रणका साथै सुन्दर प्राकृतिक दृश्य कैद गरिएको छ । ...
जीवनको निर्देशनमा ‘मेरो सवाल’ भन्दै सन्दीप र अन्नु (भिडियो)

जीवनको निर्देशनमा ‘मेरो सवाल’ भन्दै सन्दीप र अन्नु (भिडियो)

मनोरन्जन, समाचार
यतिबेला मौसम प्रेमको छ । हुन त प्रेमका लागि सधैँ मौसम नै हुने गर्दछ । तरपनि प्रेमदिवसका कारण यो समय अझ बढी प्रेममय बनेको छ । प्रेमीहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिएको पाइन्छ । १४ फेब्रुअरी त झन् सबै प्रेमीहरूका लागि विशेष हुने गर्छ । यो विशेष अवसरमा हरेक वर्ष प्रेमिल गीतहरू बन्ने गर्छन् । यसैबीच प्रेमदिवसको छेको पारेर गायक सन्दीप कार्की र अन्नु ढकालको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । उहाँहरूको स्वरमा रहेको ‘मेरो सवाल…’ गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/y65stjoPCd0 जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा सुप्रिया खनाल र गायक सन्दीप कार्की नदी किनारमा रोमान्टिक देखिएका छन् । विमला हुमागाईंले शब्द रचना गरेको गीतमा गायक कार्कीले नै संगीत भर्नुभएको छ । दिपेन वस्नयातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियो साइराम पिक्चर्सको युट्युबमार्फत् सार्वजनिक भएको हो । ...
मुलुकलाई अस्तव्यस्त अवस्थाबाट बचाउनु पर्छ

मुलुकलाई अस्तव्यस्त अवस्थाबाट बचाउनु पर्छ

राजनीति, समाचार
डा.डी.आर.उपाध्याय-काठमाडौं – आज मुलुक समस्या नै समस्याले घेरिएको अवस्थामा छ । राजनीतिक दल र तिनका नेताहरुलाई कुनै चासो नै नभएको देखिन्छ । यदि उनीहरुलाई मुलुकको भाग्य र भविष्यको चिन्ता र चासो हुन्थ्यो भने आज यो देश यस्तो अवस्थामा रहने थिएन । मुलुकको अर्थतन्त्र ओरालोतिर लागेको छ । देशको अर्थतन्त्र नै थला परेको अवस्था छ । यस्तो अवस्थामा पनि अनियमितता हुन छोडेको छैन । सबैले आलो पालो देश लुट्ने मात्र काम गरिरहेका छन् । भ्रष्टाचारले सिमा नाघेको छ । जनता मुकदर्शक भएर बसेका छन् । जनताले संघर्ष गरेर बलिदान गरेर ल्याएको ब्यवस्थामाथि नेताहरुको मनपरी चलेको छ । हिजो राम्रो संग जुत्ता चप्पल लगाउन नसक्ने नेताहरु घर जोडेर छतमा बसेर घाम ताप्दै हाइ गरिरहेका छन् । के यसैका लागि राजनीतिक परिवर्तन भएको हो ? आज जनताको मतको कदर हुन छाडेको छ । सबै पदका लागि लडाइँ गरेका छन् । नेताहरुलाई आफू र...
सरोकारवालाहरु संग सल्लाहबिना नीति आए आन्दोलन: दीपक गुरुङ

सरोकारवालाहरु संग सल्लाहबिना नीति आए आन्दोलन: दीपक गुरुङ

शिक्षा, समाचार
हरेक क्षेत्रमा राम्रो गर्ने र नराम्रो काम गर्ने दुवै थरिका संस्था हुन्छन। ठूला पनि हुन्छन्, साना पनि हुन्छन्। कतिपय शैक्षिक परामर्श पारिवारिक व्यापार जस्तै छन्, त्यस्तो कन्सल्टेन्सी काे संख्या कुल कन्सल्टेन्सी काे ७०% भन्दा बढी नैछ। यो व्यवसायमा आश्रित परिवार काे संख्या लाखौंमा छ भने परामर्श सेवा लिनेको सङ्ख्या पनि लाखौं मा छ। नराम्रो गर्नेलाई दण्डित गर्न नेपालको कानून ले वर्जित गरेको छैन। यहाँ खुलेको असंख्य कम्पनी मध्ये कैयौ विदेशको कम्पनीको शाखाको रुपमा अनाधिकृत कम्पनीहरु छन्, फेन्चाइज कम्पनीहरु भनिएका तर नियमन पुर्याई खुलेका EdUtech कम्पनी दर्ता बिना झोलामा संचालित छन, यिनीहरूलाई नियन्त्रण र कानुनको अधीनमा ल्याइदेखि अधिकांश समस्याको समाधान हुने छ।तर सो कुरामा ध्यान नदिई नीति नियम अन्यत्र मोड्न खोज्नु जायज हैन। केही नराम्रो उद्धेश्य राखेर परामर्श व्यवसायमा प्रवेश गरेका परामर्शदातालाई...
कृष्ण रसालको कोरियोग्राफमा ‘के पारा हो यस्तो’ सार्वजनिक(भिडियो)

कृष्ण रसालको कोरियोग्राफमा ‘के पारा हो यस्तो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
कृष्ण रसालको कोरियोग्राफमा रहेको गीत ‘के पारा हो यस्तो’ सार्वजनिक भएको छ । मनोज लकान्द्रिको स्वर र समिर आचार्यको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=6yyzgkPTpJc पेन्टर कृष्णको निर्देशन रहेको गीतको भिडियोमा अर्चना डी क्षेत्रीको अभिनय छ । ओम गोर्खालीको छायाँकन र मिन विश्वकर्माको सम्पादन रहेको भिडियोमा अष्ट्रेलियाका सुन्दर दृश्य कैद गरिएको छ । सबैको मिहिनेतबाट एउटा राम्रो गीतको भिडियो बनेको र दर्शक स्रोताले मन पराउनेमा आफू आशावादी रहेको कोरियोग्राफर रसालले बताउनुभयो ।  भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...
नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त

राजनीति, समाचार
नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्‍याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक कर्मीहरूको हक हित संरक्षणका लागि योगदान गर्दै आउनुभएको छ । मुलुकमा निकट भविश्यमा सम्पन्न हुन गइरहेको तीनै तहका निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन संघले साँस्कृतिक गतिविधि गर्ने तथा संघको तेस्रो महाधिवेशनलाई यथाशीघ्र सम्पन्न गर्न मिति २०७८ माघ २२ गते शनिबारको दिन नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य समितिको पूर्ण वैठक सम्पन्न गरेको छ । लोकतन्त्र प्रति विश्वास राख्ने समग्र साँस्कृतिकक...
“अनलाईन एक्टिङ कम्पिटिसन” को आयोजना हुने

“अनलाईन एक्टिङ कम्पिटिसन” को आयोजना हुने

मनोरन्जन, समाचार
काठमाडौं । ग्रेट भिजन मिडियाको प्रस्तुतिमा “अनलाईन एक्टिङ कम्पिटिसन,२०२२” को आयोजना हुने भएको छ । आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष के.डी भट्टराईले दिएको जानकारी अनुसार माघ १५ गतेबाट प्रतियोगिताको आवेदन फाराम खुल्ला रहनेछ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको त्रासको बीचमा पनि मनोरंजन दिने र नयाँ प्रतिभा बाहिर लिएर आउने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२२” को आयोजना गर्न लागेको भट्टराईले बताए । उनले दिएको जानकारी अनुसार यस प्रतियोगितामा भाग लिनको लागि प्रतिस्पर्धीहरुले २ देखि ५ मिनेट सम्मको भिडियो आफ्नै आवाजमा रेकर्ड गराएर पठाउनु पर्नेछ। यदि भिडियोमा कपिराइट लागेको खण्डमा प्रतियोगिलाई डिस्क्वालिफाई गरिने बताइएको छ। प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक अनिल बि. डि.आर, जादुगर तथा कलाकार राजेन्द्र गिरि(गुन्द्रुके), आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष एवम् फेसन कोरियोग्राफ...
रामप्रसाद खनालको “एउटा ढुकुर उडिगयो” सार्वजनिक(भिडियो)

रामप्रसाद खनालको “एउटा ढुकुर उडिगयो” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपालबाट भर्खर अमेरिका फर्केका  वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनालले अमेरिकाबाट आफ्नो अर्को नयाँ र फरक शैलीको सेन्टिमेन्टल दोहोरी गीत “एउटा ढुकुर उडिगयो” युट्युबबाट संसारभर र नेपालमा जनता टेलिभिजन, जनता टेलिभिजनबाट एक साथ रिलिज  गरेका छन् । https://www.youtube.com/watch?v=6ROhNu-sR04 दोहोरी गीत लाने र ल्याउने मात्र हुँदैनन्, कथा र व्यथाका पनि बन्छन्, फरक शैलीका पनि बन्छन्, त्यही फरक शैलीको प्रयोग गरेको छु मैले यो गीत “एउटा ढुकुर उडिगयो” मा रामप्रसाद खनाल भन्छन् । खनालको आफ्नै शब्द र अभिनयमा आएको नयाँ गीतमा सुनिता बुढाले खनाललाई स्वरमा साथ दिएकी छिन भने अभिनयमा शोभा त्रिपाठीको मिठो साथ रहेको छ । त्यसै गरी खनाललाई निर्मल शर्माले निर्देशन र अभिनयमा दुबैमा साथ दिएका छन् । थानेस्वर गौतम को सङ्गीत, कमल सरगमले सङ्गीत संयोजन गरेको यो गीत रामप्रसाद खनालको बाउन्नौँ एल्बम...
गीतकार लोकराजले नायिका बर्षालाई भने “राजनिती चल्दैन ” (भिडियो)

गीतकार लोकराजले नायिका बर्षालाई भने “राजनिती चल्दैन ” (भिडियो)

मनोरन्जन, समाचार
भन्छन- सम्बन्धमा “राजनीति चल्दैन ” प्रणय दिवश अर्थात भ्यालेन्टाइन डे नजिकिदै छ । एकातिर राजनीतिक सरगर्मी पनि बढेको छ । चारै तिर राजनीति चलेको बेला प्रसिद्ध गीतकार लोकराज अधिकारी भने “राजनीति चल्दैन “भन्दैछन । ” हाम्रो सम्बन्धमा राजनीति चल्दैन ” बोलको नयाँ र फरक शैलिको गीतकार अधिकारीको गीतमा गायक कृष्ण काफ्लेको स्वर रहेको छ । शुक्रबार सार्बजनिक भएको ‘राजनीति चल्दैन’ बोलको गीतको म्युजिक भिडियोमा नायिका वर्षा शिवाकोटी, मोडेल सुधिर श्रेष्ठ र रोशन केसीको अभिनय देख्न सकिन्छ । https://youtu.be/xEqonIuMzDU अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा संगीत संयोजन रिदम कँडेलको रहेको छ । निशान घिमिरेको निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन हरि हुमागाईंले गरेका हुन् भने भिडियोको कोरीयोग्राफी टीम एमडिएको रहेको छ । सबैतिर खराब राजनीति चलेपनी पार्टी नै फुटेपनी माया-प्रेममा सम्बन्धमा खराब राजन...
चाैध प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीले दिए फाेनबाटै निर्देशन

चाैध प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीले दिए फाेनबाटै निर्देशन

राजनीति, समाचार
गृहमन्त्री बालकृष्ण खाणले जिल्लाको शान्ति सुरक्षाको विषयमा १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरेका छन् । विहिबार विहानै प्रजिअहरूसँग जिल्लामा कोभिड–१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या पुग अपुग के छ ? पठाउनु पर्छ कि पर्दैन ? जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भन्दै कुराकानी गरेका हुन् । गृहमन्त्री खाणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), धर्मेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन संवाद गरेका हुन् । त्यसैगरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल...