शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

शिक्षा

शिक्षकको घरमा चुलो त बाल्न दिनुस

शिक्षकको घरमा चुलो त बाल्न दिनुस

शिक्षा
असोज ३० काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) काठमाडौं जिल्ला समितिले शिक्षक कर्मचारीहरूको बैशाखदेखि असोजसम्मको तलब तत्काल भुक्तानी गरी दशैंमा घरमा चुलो बाल्न सक्ने वातावरण बनाईदिन माग गरेको छ । बिद्यालयले अनलाईन कक्षा संचालन गर्ने गरेको र अभिभावकसंग शूल्क पनि लिईरहेको अवस्था छ तर शिक्षकलाई भने तलब दिन आनाकानी गरिरहेकाले तत्काल तलब भुक्तानी गर्न विज्ञप्ति मार्फत माग गरेका छन् । लकडाउनको बहाना वनाइरहेका विद्यालय सञ्चालकहरु खुल्ला भएको लामो समय सम्म पनि अनेक वाहाना बनाएर तलब दिने जिम्मेवारी बाट पन्छिएको विज्ञप्तिमा भनिएको छ । निजी विद्यालय सञ्चालकहरु जिम्मेवारी बाट पन्छिएको कारण यो दशैमा आँसुले अक्षेता भिजाउनु पर्ने अवस्था आएको भन्दै यदि तलब नपाए दशै तिहार लगत्तै थोपाथोपा आशुको हिसाब गरिने चेतावनी दिएका छन । साथै विज्ञप्तिमा भनिएको छ संगठनले बिगतमा कहिलै नाफाको हिस्सा दाब...
सिकाइमा अनलाइन प्रभावकारी

सिकाइमा अनलाइन प्रभावकारी

शिक्षा
असोज ३० काठमाडौं । कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने आँैल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ । अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक कक्षा सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा अनलाइन माध्यमबाटै विद्यार्थीको पठनपाठन अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । रेडियो, टेलिभिजनको तुलनामा दोहोरो संवाद हुनसक्ने तथा कतिपय अवस्थामा शिक्षकले निगरानीसमेत गर्न सक्ने भएकाले यसलाई बढी प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । न्यूूनतम सिकाइबिना नै विद्यार्थीको कक्षा चढाइएको अवस्थामा शैक्षिक गुणस्तरसमेत कायम हुन नसकी शैक्षिक क्षेत्रमा ठूलो क्ष...
कक्षा १२ को परीक्षामा अन्योल : साढे चार लाख विद्यार्थी सरकारी निर्णयको प्रतीक्षामा

कक्षा १२ को परीक्षामा अन्योल : साढे चार लाख विद्यार्थी सरकारी निर्णयको प्रतीक्षामा

शिक्षा
असोज २८ काठमाडौं । परीक्षा स्थगित भएको सात महिनासम्म कुनै निर्णय नहुँदा कक्षा १२ अध्ययनरत करिब साढे चार लाख विद्यार्थी अन्योलमा छन् । सरकारको ठोस निर्णय नआउँदा राष्ट्रिय परीक्षा बोर्डका अधिकारी पनि अन्योलमा देखिन्छन् । कक्षा १२ को परीक्षा नहुँदा विद्यालय तह पूरा गरेर विश्वविद्यालय प्रवेशको ढोका खुलेको छैन । विश्वविद्यालयहरूले स्नातक पहिलो वर्षको भर्ना प्रक्रिया सुरु गर्न पाएका छैनन् । कक्षा १२ को परीक्षाबारे सरकारबाट निर्णयको प्रतीक्षामा रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । केही दिनअघि मन्त्रिपरिषद्ले सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालनका लागि बाटो खोलेको थियो । तर, लाखौँ विद्यार्थी सहभागी हुने भएकाले शिक्षा मन्त्रालय र बोर्ड छुट्टै निर्णयको पर्खाइमा छन् । बोर्डले अध्ययनपछि परीक्षा विकल्प सुझाउँदै सरकारलाई प्रतिवेदन बुझाएको छ । ‘शिक्षा मन्त...
कोरोना कहर : पढाइ के हुन्छ ?

कोरोना कहर : पढाइ के हुन्छ ?

शिक्षा
असोज २८ काठमाडौं । कोरोना भाइरस संक्रमण त्रासका कारण अपनाइएको शिक्षाको वैकल्पिक विधि प्रभावकारी नबन्दा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पठनपाठन भद्रगोल बनेको छ । शिक्षा मन्त्रालय र विश्वविद्यालय नेतृत्वले स्पष्ट योजना बनाउन नसक्दा अभिभावक तथा विद्यार्थी शैक्षिक भविष्यप्रति चिन्तित देखिएका छन् । केही विद्यालयले लकडाउनकै अवधिमा पनि वैकल्पिक माध्यमबाट राम्ररी विद्यार्थीलाई पढाएका थिए । मन्त्रालयले लकडाउन हटेपछि वैकल्पिक विधिको पढाइलाई अनिवार्य बनाए पनि बहाना बनाएर जिम्मेवारीबाट पन्छिन खोज्ने थुप्रै विद्यालयमा पढाइ हुन सकेको छैन । विद्यार्थीको सिकाइ अवरुद्ध भएका विद्यालयबारे मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अध्ययन गरिरहेको छ । सरकारले शैक्षिक सत्र खेर जान नदिन चैतभित्रै पढाइ सकेर अन्तिम परीक्षा लिने निर्णय गरिसकेको छ । यो अवस्थाले पढ्न पाउने र नपाउने व...
शताक्षी एजुकेशनल फाउण्डेसनले युकेको चेस्टर विश्वविद्यालयको भर्चुअल सेसन सञ्चालन गर्ने

शताक्षी एजुकेशनल फाउण्डेसनले युकेको चेस्टर विश्वविद्यालयको भर्चुअल सेसन सञ्चालन गर्ने

शिक्षा
असोज २७ काठमाडौं । युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर शताक्षी एजुकेशनल फाउण्डेसनले यही शुक्रबार अक्टुवर १६ तारिकका दिन नेपाली समय दिनको ३ देखी ४ बजेसम्म भर्चुअल इन्फरमेसन सेसन सञ्चालन गर्ने भएको छ ।काठमाडौंको डिल्लीबजार स्थित यस फाउण्डेसनले बेलायतको युनिभर्सिटी अफ चेस्टरमासंग विद्यार्थीहरुलाई भर्चुअल संवाद मार्फत फस्ट हेन्ड इन्फरमेसन प्रदान गर्नुका साथै विद्यार्थीलाई अहिलेको वर्तमान शैक्षिक अवस्थाका वारेमा विश्वविद्यालयबाट सत्य तथ्य जानकारी प्रदान गर्न लागेको हो । फाउण्डेसनका सिईओ उमेश ढुंगेलले युकेमा अध्ययनका लागि जान चाहने विद्यार्थीले चेस्टर विश्वविद्यालयका प्रतिनिधीसंग सिधै छलफल गर्न सक्ने र युके अध्ययनका बारेमा आफ्ना जिज्ञासा राख्न सक्ने बताए । ‘यो सेसन विद्यार्थीका लागि निकै फलदायी हुनेछ त्यसैले यो असहज अवस्थाका बीच पनि यस कार्यक्रमको आयोजना गरेका हौं’ ढुंगेलले भन...
नासाले फेला पार्‍यो सुनको ग्रह

नासाले फेला पार्‍यो सुनको ग्रह

शिक्षा
असोज २५ काठमाडौं । अन्तरिक्षको दुनियाँ रहस्यले भरिएको छ । यसकै रहस्यलाई सुल्झाउनको लागि अन्तरिक्ष यात्री अन्तरिक्षको मिशनमा जाने गर्दछन् । अन्तरिक्षका रहस्य यति धेरै छन् कि, हामीले बयान गरेरै सक्दैनौँ ।यसैबीच हालै मात्र वैज्ञानिकहरुले मंगल र वृहस्पति ग्रहको बीचमा एउटा यस्तो क्षुद्र ग्रह फेला पारेका छन्, जुन ग्रह सुनले भरिएको छ । त्यहाँ सुन यति धेरै छ कि, पृथ्वीमा ल्यायो भने पृथ्वीमा रहेका हरेक मानिस करोडपति बन्छन् ।नासाका अनुसार यो क्षुद्रग्रहको नाम १६ साइकी रहेको छ ।यो क्षुद्र ग्रह आलु जस्तो देखिन्छ । र त्यहाँ पाइएको सुन बहुमूल्य धातु प्लेटिनम, आयरन र निकलबाट बनेको छ । नासाका अनुसार यस क्षुद्र ग्रहको ब्यास २२६ किलोमिटर छ । त्यहाँ सुन र फलाम अत्याधिक रहेको छ । एजेन्सी ...
दाङको घोराहीमा कार्तिक १५ सम्म पठनपाठन बन्द ;कोरोना

दाङको घोराहीमा कार्तिक १५ सम्म पठनपाठन बन्द ;कोरोना

शिक्षा
असोज २५ घोराही । दाङको घोराहीमा सञ्चालन भइरहेका वैकल्पिक सिकाइ कात्तिक १५ सम्मका लागि बन्द भएका छन्। कोरोना सङ्क्रमणको दर बढेको भन्दै सामुदायिक र संस्थागत विद्यालयहरुमा भइरहेको सहजीकरणका क्रियाकलाप २० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। नगर शिक्षा समितिको आइतबार बसेको बैठकले नगरभित्र दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कात्तिक १५ गतेसम्मका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । यसैबीच, कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द भएका छन्। बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन्। दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्र...
भेनस नेशनल कलेजको फुटबल कोचमा केन्याको फुटबलर बबी ओगोला ओडनगो नियुक्त

भेनस नेशनल कलेजको फुटबल कोचमा केन्याको फुटबलर बबी ओगोला ओडनगो नियुक्त

शिक्षा
काठमाडौं । भेनस नेशनल कलेजले अन्तराष्ट्रिय  केन्याको फुटबलर बबी ओगोला ओडनगो लाई फुटबल कोचमा नियुक्त गरेको छ ।भेनसले बबीलाई  नेपालमा रहुन्जेलका लागि फुटबल कोचमा नियुक्त गरेको हो । भेनस कलेज  र बबी बीच  आईतबार क्लेजका अध्यक्ष पेमा छिरी शेर्पा र अन्तराष्ट्रिय फुटबलर केन्याको बबी ओगोला ओडनगो बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।क्याम्पस प्रमुख गौतमले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि महत्वमा राखेको छ भन्ने सन्देश दिन केन्याको फुटबलर बबी ओगोला ओडनगोलाई नियुक्ती गरेको बताए । केन्यामा  जन्मेका बबी हाल २७ बर्ष उमेरका खेलाडाी रहेका छन् । बबी नेपाल प्रवेश गर्नु अघि केन्याको Mathare united र AFC S.C , उगान्डाको Villa S.C ,तान्जानियाको Coastal Union S.C क्लबमा आबद्घ भई खेल खेलिसकेका छन् ।  साथै उनी हाल नेपालको Machindra क्लबमा आबद्...
टन्सिलले निम्त्याउन सक्छ मुटुरोग

टन्सिलले निम्त्याउन सक्छ मुटुरोग

शिक्षा
असोज २४ काठमाडौं । घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन् । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गर्नुहुन्छ । डा रेग्मी एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीन/लाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार प्रायः यस्तो समस्या पाँचदेखि १५ वर्षसम्मका बालबालिकामा हुने गर्दछ । सोही समस्या मुलुकका विपन्न परिवारमा रहेकाले सोही विषयलाई चित्रण गर्दै उहाँले ‘टन्सिलले विगारेको मुटु’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । नेपाल हृदयरोग निवारण प्रत...
महिलाहरुले महिनावारीबारे जान्नैपर्ने कुरा

महिलाहरुले महिनावारीबारे जान्नैपर्ने कुरा

शिक्षा
असोज २४ काठमाडौं । महिलाहरु महिनावारीका बारे कुरा गर्न लजाउँछन् । नेपाली महिलामाझ अझै पनि महिनावारी बारे धेरै भ्रम छ ।महिनावारी वा रजश्वला एउटा शारीरिक प्राकृतिक प्रक्रिया हो । यसप्रति कुनै पनि अन्धविश्वासको भर पर्नु हुदैन । त्यसैले हरेक महिलाले महिनावारीबारे वैज्ञानिक जानकारी लिन आवश्यक छ । महिनावारीको चक्र हरेक महिलामा फरक फरक हुनसक्छ । सामान्यता यो २८ दिनको चक्र हुन्छ । तथापी २२ देखि लिएर ३३ दिनसम्म महिनावारी चक्र सामान्य मानिन्छ । महिनावारी ढिलो हुदाँ गर्भवती हुने डर हुन्छ । तर कतिपय अवस्थामा स्वास्थ्य समस्याका कारण पनि यो चक्र ढिलो हुने गर्दछ । महिनावारीको समयमा शरीरबाट रक्तश्राव हुदाँ डराउँनु पर्दैन । यो शरीरको रगत कम भएको होइन । महिनावारीको समय एक दिनमा करिब चार चम्चासम्म रक्तश्राव हुन्छ । यो सामान्य हो । तर यो भन्दा बढि भएमा एक पटक चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । म...