शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

शिक्षा

‘बालबालिकाका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन्’

‘बालबालिकाका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन्’

अन्र्तवार्ता, शिक्षा
कात्तिक १८ काठमाडौं । बाल स्वास्थ्य क्षेत्रमा परिचित र सम्मानित नाम हो, प्रा. डा. रामनन्दन प्रसाद चौधरी (आरपी) । लामो समय कान्ति बाल अस्पतालमा रहेर बाल स्वास्थ्य क्षेत्रमा काम गरेका प्रा.डा चौधरी हाल ईशान बाल तथा महिला अस्पतालका निर्देशकको जिम्मेवारीमा छन् । ईशान बाल तथा महिला अस्पताललाई नेपालको उत्कृष्ट बाल तथा महिला अस्पतालको रुपमा बिकास गर्ने उद्देश्यका साथ क्रियाशिल छन् उनी । प्रा.डा चौधरीसँग कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीमा बालबालिकाको स्वास्थ्य अवस्था, संक्रमण जोखिम र रोकथामका उपया बारेमा कुराकानी गरेका छौं । यसैगरी बालबालिका र महिलाको उपचारमा ईशान बाल तथा महिला अस्पतालबाट उपलब्ध सेवा सुबिधाको बारेमा पनि संवाद गरेका छौं । संवादको सम्पादित अंश : यो कोराना भाइरस (कोभिड–१९) महामारीको समयमा बालबालिकाको अवस्था कस्तो छ ?– अहिले कोभिड–१९ सातौं महिना चलिरहेको छ । कोभिड–१९...
काठमाडौंका यी स्थानमा आज बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत् कटौती हुने

काठमाडौंका यी स्थानमा आज बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत् कटौती हुने

शिक्षा
कात्तिक १८ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज पनि काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती भएको छ ।प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौँ ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले बिहान ७ देखि विद्युत् कटौती गरिएको छ । प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् १० बजेअघि आउने छैन । विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरणले माफी माग्दै तोकिएको समय भन्दा तोकिएको काम सकिए त्यस भन्दा अगावै विद्युत् सेवा पुनः सञ्चालनमा आउने जानकारी दिएको छ । ...
पुरानै मोडेलमा प्रश्न, समय र अंकभार घट्ने ;कक्षा–१२ को परीक्षा

पुरानै मोडेलमा प्रश्न, समय र अंकभार घट्ने ;कक्षा–१२ को परीक्षा

शिक्षा
कात्तिक १६ काठमाडौं । ९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ । राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिँदै छ । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ । र, २० प्रतिशत आन्तरिक मूल्यांकन हुने गरी कार्यविधिमा उल्लेख छ । जस्तो– ८० पूर्णांकको विषय छ भने त्यसको ४० प्रतिशत अर्थात् ३२ अंकका लागि मात्रै परीक्षा लिइनेछ । सैद्धान्तिक र प्रयोगात्मकको अंक विषयअनुसार फरक छन् । प्रश्नपत्र पुरानै मोडेलमा भए पनि प्रश्न संख्या घट्ने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । ‘प्रश्न सोधिने समूह विगतजस्तै...
आफूखुसी औषधि सेवन नगरौं : डा पाण्डे

आफूखुसी औषधि सेवन नगरौं : डा पाण्डे

शिक्षा
कात्तिक १६ काठमाडौं । कोरोना महामारी तीब्र गतिमा फैलिएसंगै भ्रम र हल्ला पनि बढिरहेका छन् । महामारीमा मान्छेको मन कमजोर हुन्छ, त्यही मनोविज्ञानमाथि ब्यापार गर्नेको संख्या दिनानुदिन बढिरहेको छ । यसले गर्दा गलत औषधिको प्रयोग बढिरहेको छ । विशेषज्ञ चिकित्सकको सल्लाहबिना बजारमा आएका एन्टिभाइरल औषधि, मलेरियाको औषधि, जुका तथा अमिबाको लागि प्रयोग गर्ने औषधि तथा ब्लडप्रेसर एवं उदासीपनमा प्रयोग हुने लगायतका औषधि आफैले किनेर खानेजस्तो जोखिम काम भइरहेको छ । यी औषधिहरु अस्पताल भर्ना भएको बिरामीलाई सम्बन्धित बिज्ञको निगरानीमा मात्र सेवन गर्नुपर्छ । अन्यथा गम्भीर साइड इफेक्ट भोग्नुपर्ने हुन्छ । रुघाको लागि एन्टीकोल्ड, ज्वरोको लागि पारासिटामोल तथा जीउ दुख्नेको लागि फ्लेक्सन यी मध्ये ३ वटा वा २ वटा औषधि खाँदा शरीरको तापक्रम न्यून भएर सिकिस्त हुनेको संख्या पनि धेरै छ । एन्टिकोल्डमा पनि पारासिटामोल ५००...
कोरोना संक्रमित पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन

कोरोना संक्रमित पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन

शिक्षा
कात्तिक १४ काठमाडौं । कोरोना संक्रमित काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन भएको छ।काभ्रे पोस्टका प्रधानसम्पादक रहेका ५१ वर्षीय चौलागाईंको आज बिहान ओम अस्पताल काठमाडौँमा निधन भएको हो। असोज २६ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसन रहेका उनमा ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको थियो। चौलागाईँ ब्रोनक्राइटिसबाट पनि पीडित थिए । ...
कोरोना संक्रमण जाडोमा झनै बढ्न सक्छ : विज्ञ

कोरोना संक्रमण जाडोमा झनै बढ्न सक्छ : विज्ञ

शिक्षा
कात्तिक १३ काठमाडौं । कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहन्छ । कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा। वासुदेव पाण्डेले जाडोयाममा कोभिडसँगै मौसमी रुघाखोकीसमेत देखिने हुनाले आमव्यक्तिमा कोरोना संक्रमणको त्रास पनि बढ्न सक्ने बताए । ‘जाडोयाममा दमको समस्यासमेत बढ्छ,’ उनले भने, ‘सकेसम्म इन्फ्लुएन्जा ९मौसमी रुघाखोकी० विरुद्को खोप लगाउनु फाइदाजनक हुन सक्छ ।’ कान्तिपुर दैनिकमा खबर छ। उनका अनुसार कोभिड र मौसमी रुघाखोकी दुवै संक्रमणसँग लड्नुपर्ने स्थितिमा...
कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाउनू: शिक्षा मन्त्रालय

कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाउनू: शिक्षा मन्त्रालय

शिक्षा
कात्तिक ४ काठमाडौं । कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गर्नुपर्ने भएको छ।कक्षा ११ को पढाइ हुने देशभरका सबै विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि नयाँ पाठ्क्रम लागू गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्वीकृत पाठ्यक्रमअनुसार कक्षा ११ मा पठनपाठन गर्न मन्त्रालयले विद्यालयहरू लाई निर्देशन दिएको होमन्त्रालयका उपसचिव विदुरराज गिरीले केही विद्यालयहरूले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन गरेको गुनासो आएकोले त्यसो नगर्न निर्देशन दिइएको बताए। ‘कक्षा ११ को स्वीकृत नयाँ पाठ्यक्रमअनुसार मात्र पठनपाठन गर्न गराउन तथा सोहीअनुसार विद्यार्थीको मूल्यांकन गर्ने व्यवस्था हुन समेत सम्बन्धित सबै विद्यालयहरूलाई जानकारी गराइन्छ,’ उनले भने। साथै अर्को वर्षदेखि कक्षा १२ मा पनि नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिने मन्त्रालयले जनाएको ...
नवरात्रीको चौथो दिन मंगलबार कुष्माण्डादेवीको पूजा गरिदै

नवरात्रीको चौथो दिन मंगलबार कुष्माण्डादेवीको पूजा गरिदै

शिक्षा
कात्तिक ४ काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रीको चौथो दिन मंगलबार कुष्माण्डादेवीको पूजा गरिदै छ ।यस दिन काठमाण्डौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा पूजा गर्ने चलन छ । तर यसपटक भने देशभरका शक्तिपीठहरु नित्यपूजाका लागि मात्र खुल्ला गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने आशंकामा शक्तिपीठहरुमा भक्तजनहरुलाई निषेध गरिएको हो ।कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो छातिमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको उत्पत्ति भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको जनविश्वास छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति...
देवेन्द्र केसीका दुई कृति एकसाथ सार्वजनिक

देवेन्द्र केसीका दुई कृति एकसाथ सार्वजनिक

शिक्षा
कात्तिक २ काठमाडौं । साहित्यकार देवेन्द्र केसी ‘देवु’ले दुई कृति एकसाथ सार्वजनिक गरेका छन ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले उनले मुक्तक संग्रह ‘इमानको पहाड’ र गीति एल्बम ‘यस्तै भयो यो जुनीमा’ सार्वजनिक गरेका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकसमेत रहेका केसीले यसअघि नै तीनवटा कृति प्रकाशन गरिसकेका छन्। इमानको पहाड कृतिमाथि टिप्पणी गर्दै युवा समालोचक महेश पौड्यालले केसीमा कोमल, नरम र हृदय संवेद्य शब्दहरूको संयोजन गरेर काव्य रचना गर्ने अद्भुत सामर्थ्य रहेको बताए। पौडेलले केसीमा कठोर अभिव्यक्ति दिनुपर्ने विषय र सन्दर्भमा समेत सुकोमल शब्दको प्रयोगबाट मुटु छेड्ने प्रस्तुति दिने कला लोभ लाग्दो रहेको टिप्पणी गरे। यो जुनीमा यस्तै भयो एल्बममाथि बोल्दै उक्त एल्बमका संगीतका शक्ति बल्लभले निकै सरल शब्द, सहज अभिव्यक्ति र स...
समाजसेवी दावा लामा र केदार मल्लको अगुवाइमा पाँचखालका बिद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण

समाजसेवी दावा लामा र केदार मल्लको अगुवाइमा पाँचखालका बिद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण

शिक्षा, समाचार
बिस्वनै कोरोना महामारीमा परि रहेको बेला अहिले कुनै न कुनै संघ संस्थाहरुले बेसाहरा दिन दुखी परिवारलाई केहिन केही माध्यमबाट सर सहयोग गरिरहेका हामिले देख्न र सुन्न पाइरहेका अबस्थामा अहिले हामिलाइ प्राप्त जानकारी अनुसार न त कुनै ब्यक्तिगत फाइदा या कुनै ब्यक्तिगत स्वार्थ सधै समाज सेवामा अग्र स्थानमा रहि रहने नाम हो काभ्रेका युबा नेता,समाजसेबि तथा तरुण दल काभ्रेका सभापति दावा लामा र अर्का ब्यबसायी तथा समाजसेवी केदार मल्लको अगुवाइमा आज काभ्रेको पाँचखाल नगरपालिका वडा न १ का बिद्यालयहरुमा मास्क र सेनिटाइजर विभिन्न ३ सामुदायिक विद्यालयहरुलाइ हस्तान्तरण गरेका छन । उक्त मास्क र सेनिटाइजर बितरण कार्यक्रममा काङ्ग्रेस उपसभापति एवंम महाधिबेसन प्रतिनिधि बेल लामा काङ्ग्रेस नेता मान बहादुर तामाङ ,अन्जन राज खतिवडा ,सान बहादुर तामाङ काङ्ग्रेस वडा सभापति ज्ञान बहादुर तामाङ लगायतले विद्यालय ब्यवस्थापन समितिल...