आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

शिक्षा

नेकपाको प्रवक्ता म हुँः नारायणकाजी श्रेष्ठ

शिक्षा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू नेकपाको आधिकारिक प्रवक्ता भएको बताएका छन्। केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘म कुनै व्यक्ति र कुनै समूहको प्रवक्ता होइन, म नेकपाको प्रवक्ता हुँ । मलाई पार्टीले अझ उत्साहपूर्वक आफ्नो कार्य गर्न निर्देशित गरेको छ।’ उता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केपी ओली समूहको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई हटाएर पार्टीको प्रवक्ता प्रदीप कुमार ज्ञवालीलाई बनाउने निर्णय गरेको छ। सोही बैठकबारे जानकारी दिने क्रममा ज्ञवालीले पनि आफू पार्टीको आधिकारिक प्रवक्ता रहेको दावी गरेका थिए । त्यस्तै प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई नै पार्टी अध्यक्षबाट बखास्त गर्ने निर्णय गरेको छ । ...
युवा समाजसेवी सुवास न्यौपानेबाट  गौतम आधारभूत बिद्यालयका बिद्यार्थीलाई सहयोग

युवा समाजसेवी सुवास न्यौपानेबाट गौतम आधारभूत बिद्यालयका बिद्यार्थीलाई सहयोग

शिक्षा, समाचार
पुस माघको कठ्याङ्ग्रीदो जाडोमा एक सरो कपडा लगाएर बिद्यालयको चिसो कक्षा कोठमा बस्नु कति कठिन होला ? हामी सोच्दा पनि मुटु काप्छ । तर सरकारी बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरू यसरी नै पढ्न बाध्य हुन्छन् । ग्रामिण भेगका विद्यार्थीहरू यसरी नै एक सरो विद्यालय पोषाक लगाएर पढ्न जानु पर्छ । तर काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ रघुचौरमा अवस्थित गौतम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई भने यसपालि सहज हुने भएका छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि जाडोमा लायन्स क्लव अफ काठमाडौ सिन्चित ३२५ एटु नेपालले न्यानो साथ दिएको छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई नमोबुद्ध नगरपालिका–६ का युवा समाजसेवी सुवास न्यौपानेको पहलमा क्लवले न्यानो कपडाको साथमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । क्लवले उक्त विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीहरूका लागि न्यानो कपडाको साथमा पेन्सिल, कापी लग...
कोभिडको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन आग्रह

कोभिडको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन आग्रह

शिक्षा, समाचार
कोभिड–१९ महामारीको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ । केही दिनअघि विज्ञसँगको छलफलमा कामपाले कम्तीमा पनि यही पुस एक महिना विद्यालय नखोल्न र वैकल्पिक अध्ययन अध्यापनको माध्यमलाई निरन्तरता दिन भनेको छ । काठमाडौँ उपत्यकामा भाइरसको सङ्क्रमण कुन अवस्थामा छ, यकिन छैन अहिले जाडो मौसम छ सामान्य अवस्थामा अहिले विद्यालय बन्द नै रहन्थे । यो मौसम भाइरस फैलिन उपयुक्त भएकाले पनि विद्यालय खोल्न हत्तारिनु हुँदैन छलफलमा विज्ञले सुझाव दिए । पछिल्लो समय पाँच हजारको परीक्षण गर्दा कम्तीमा पनि एक हजारमा भाइरस पोजेटिभ देखिएको भन्दै कामपाले तत्काल भौतिक सहभागितामा विद्यालय पुनःसञ्चालन नगरी वैकल्पिक माध्यमलाई नै निरन्तरता दिन सुझाएको हो । महामारी नियन्त्रण आइनसकेको अवस्थामा विद्यालयको शैक्षिक गतिविधि अगाडि बढाउन गत कात्तिक २० गते मन्त्...
त्रिभुवन विश्वविद्यालयले  आइतबारबाट सुरु गरेको स्नातक तहको  भौतिक परीक्षामा ९५ प्रतिशत विद्यार्थीको सहभागिता

त्रिभुवन विश्वविद्यालयले आइतबारबाट सुरु गरेको स्नातक तहको भौतिक परीक्षामा ९५ प्रतिशत विद्यार्थीको सहभागिता

शिक्षा, समाचार
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारबाट स्नातक तहको परीक्षा सुरु गरेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि सञ्चालन हुन नसकेको परीक्षा सुरु गरिएको हो । परीक्षामा यसपटक ९५ प्रतिशत विद्यार्थीको सहभागिता रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।विद्यार्थीको भौतिक उपस्थितिमै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको परीक्षा लिएको झण्डै दुई सातापछि विश्वविद्यालयले परीक्षा लिन थालेको हो । बोर्डले झण्डै चार लाख विद्यार्थीको परीक्षा मङ्सिर दोस्रो साता सकेको थियो ।विगतका वर्षका परीक्षामा भन्दा यस पटकको परीक्षामा विद्यार्थीको उपस्थिति धेरै उत्साहजनक देखिएको जानकारी उनले दिए । त्रिविले आइतबारबाट सञ्चालन गरेको स्नातक तहको व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञानमा ७२ हजार विद्यार्थी परीक्षामा सहभागी रहेको जनाइएको आजको गोरखापत्र दैनिकमा खवर छ । ...
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४६औँ दीक्षान्त समारोहमा २ सयजना मात्र सहभागी हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४६औँ दीक्षान्त समारोहमा २ सयजना मात्र सहभागी हुने

शिक्षा, समाचार
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४६औँ दीक्षान्त समारोहमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, केन्द्रीय क्याम्पसबाट २०७४ सालको स्नातकोत्तर तहको पत्रकारिता विषयमा सर्वोकृष्ट अङ्कका साथ सर्वप्रथम भएका राष्ट्रिय समाचार समिति (रासस) का उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारीले दुई वटा पदक पाएका छन्। उनले त्रिवि दीक्षान्त पदक र नारायण शान्ति मिश्र पदक पाएका हुन। त्यस्तै त्रिविको ४६औँ दीक्षान्त समारोहमा चान्सलर पदक लिलाप्रसाद बगालेले प्राप्त गरेका छन्। मूल समारोह समितिका सदस्यसचिव डा.घनश्याम ठाकुरले त्रिवि केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तह परीक्षामा प्रथम श्रेणीमा प्रथम हुने बगालेलाई सो पुरस्कार प्रदान गरिने जानकारी दिए। बगालेले ४.० सिजिपिए प्राप्त गरेका छन्। त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का सहनियन्त्रकसमेत रहेका ठाकुरले समारोहमा विभिन्न ३१ वटा पदक र पुरस्कार प्रदान...
दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ

दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ

शिक्षा, समाचार
नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ । क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र प्रशासक सरदार यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, पिनाकिप्रसाद आचार्यलगायत नेपालको पहिलो प्रतिभावान् शिक्षित पुस्ताको अध्ययनको थलो थियो दरबार हाइस्कूल । यसबाट निस्केका प्रतिभाहरुले नै उतिबेला नेपालको आर्थिक, राजनीतिक र सामाजिक खाका कोर्नमा अग्रणी भूमिका निर्वाह गरेका हुन् । त्यतिबेला नेपालमा यसको विकल्प थिएन तर राणाशासनको अन्तिमतिर जुद्धोदय र पद्मोदय जस्ता विद्यालय खुल्न थाले । सात सालको परिवर्तनपछि नेपालभर नै शिक्षालयहरु विस्तार भए पनि लामो अवधिसम्म दरबा...
काठमाडौं महानगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक (नेवारी भाषा)को पाठ्यपुस्तक तयार

काठमाडौं महानगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक (नेवारी भाषा)को पाठ्यपुस्तक तयार

शिक्षा, समाचार
काठमाडौं महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक तयार गरेको छ। महानगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पठ्युस्तक पठनपाठन गराउने भएको हो। नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३)मा मुलुकका हरेक स्थानीय तहबाट स्थानीय पाठ्यक्रमका रुपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सक्ने व्यवस्था भए अनुसार महानगरले सो पाठ्यक्रमको विकास गरेको हो। यो पुस्तक महानगरपालिका भित्रका सबै संस्थागत तथा साुुदायिक विद्यालयहरुमा पढाइने महानगरपालिकाका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताए। पाठ्यक्रममा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषयहरु समेटिएका...
त्रिविले मंसिर २८ गतेदेखि कोभिड–१९ को कारण रोकिएका सबै परीक्षा शुरु गर्ने

त्रिविले मंसिर २८ गतेदेखि कोभिड–१९ को कारण रोकिएका सबै परीक्षा शुरु गर्ने

शिक्षा, समाचार
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिए। कोभिड–१९ का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुनसकेको छैन । यसैगरी, त्रिविले यही मंसिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने बताएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको छ । परिक्षा तालिका अनुसार मंसिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदैछन् । त्यस्तै, स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने हुने जनाइएको छ । ...
कक्षा १२ को  नतिजा अबको ठीक एक महिनाभित्र आउने

कक्षा १२ को नतिजा अबको ठीक एक महिनाभित्र आउने

शिक्षा, समाचार
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् ।विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिए । गोरखापत्र ...
१२ वर्षभन्दा कम उमेरकालाई एलोभेरा दिनुहुँदैन

१२ वर्षभन्दा कम उमेरकालाई एलोभेरा दिनुहुँदैन

शिक्षा, समाचार
काठमाडौं । त्यसो त एलोभेरा औषधीय महत्वको वनस्पति हो । शरीरका कतिपय रोग हटाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन एलोभेराको प्रयोग गरिन्छ । आगोले पोलेको, आलो घाउ आदिमा एलोभेराको गुदी प्रयोग गरिन्छ । अहिले एलोभेराको जुस पिउने चलन पनि छ । अनुहारमा फेस माक्स बनाएर पनि लगाउन सकिन्छ किनभने सौन्दर्य प्रशाधनका रूपमा पनि एलोभेरा प्रयोग गरिन्छ । पेट सफा गर्न होस् वा अनुहार चम्किलो र मुलायम बनाउन, एलोभेरा उपयोगी मानिन्छ । यस वनस्पतिको खेती समेत गरिन्छ । घरको गमलामा रोप्न पनि सकिन्छ । यो विभिन्न प्रयोजनमा काम आउँछ । तर, यसको फाइदा मात्र छैन, जति हामीले सुन्ने गरेका छौ । एलोभेराका बेफाइदा पनि छन् । कुन–कुन अवस्थामा एलोभेरा हानिकारक हुन्छ त ? – कुनै औषधी सेवन गरिरहनुभएको छ भने चिकित्सकको सल्लाहबिना एलोभेरा सेवन गर्नु हुँदैन । किनभने एलोभेरामा लेक्सेटिभ नामक एक तत्व हुन्छ । यो तत्वले औषधीला...