आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

शिक्षा

गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक(भिडियो)

गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक(भिडियो)

शिक्षा
गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा सजिएको ‘हेप्नी मलाई हेप्नी’ गीतको भिडियो सार्वजनिक भएको छ । नायिका वर्षा सिवाकोटी र नवराज न्यौपानेको जोडीको अभिनय रहेको साथै गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतलाई क्रान्ति केसीले निर्देशन र सम्पादन गरेका छन् । https://youtu.be/LTTd1w9NA2E भिडियोमा वर्षा र नवराज संगै शिवहरि वैरागी ,रश्मि भट्ट लगायत कलाकारहरूको पनि अभिनय हेर्न सकिन्छ । योगेश काजीको संगीत र एरेन्ज समावेश रहेको भिडियोलाई अजय रेग्मीले खिचेको हुन । वाइटिच युट्युब च्यानलबाट रिलिज भिडियोको निर्माण नवराज न्यौपानेले गरेका हुन । सामाजिक सञ्जालको प्रयोग र प्रेममा हुने द्वन्दलाई गीतको भिडियोमा उतारिएको छ । ...
आउँदो माघदेखि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी  खुल्ने

आउँदो माघदेखि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी खुल्ने

शिक्षा, समाचार
कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् ।    गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो/टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौं उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका ...
स्थापना दिवसको अवसरमा नेसनल प्याब्सनले शनिबार शैक्षिक अन्तरक्रिया गर्ने

स्थापना दिवसको अवसरमा नेसनल प्याब्सनले शनिबार शैक्षिक अन्तरक्रिया गर्ने

शिक्षा
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसियसन नेपाल (एनप्याब्सन) ले स्थापना दिवसमा शैक्षिक स‌‌त्रको बारेमा छलफल गर्ने भएकाे छ । २३ औं स्थापना दिवसको अवसरमा नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको पहलमा शनिबार ‘कोभिड-१९ महामारी पछिको विधालय संचालन, नयाँ पाठ्यक्रमको सम्भाव्यता र शैक्षिक स‌‌त्रको निर्क्योल’ विषयक अन्तरक्रिया कार्यक्रममा गर्न लागेकाे संचार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा प्याब्सन र हिसान लगायतका शैक्षिक संगठनका नेताहरु साथै विज्ञहरु, शिक्षाविद् तथा सरोकारवालाहरु, स्थानीय जनप्रतिनिधिहरूको सहभागीता रहने श्रेष्ठले बताए । अन्तरक्रिया कार्यक्रममा सम्पूर्ण विद्यालयका प्रिन्सिपल, विद्यालय संचालकहरू तथा शिक्षाप्रेमीहरूलाई उपस्थितिकाे लागि अनुर...
जेठमा एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश

जेठमा एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश

शिक्षा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ । सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झैँ संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको समाचार आजको कान्तिपुर दैनिकमा छ । । विद्यमान ऐनमा भने एसईई परीक्षा सञ्चालन जिम्मेवारी प्रदेश तहलाई दिइएको छ । मन्त्रालयको प्रस्तावसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० का विद्यार्थीको विवरण माग गरेको छ । ‘सरकारले शैक्षिक सत्र टुङ्ग्याएपछि हामीले एसईई परीक्षा लिने हो,’ बोर्डका अध्यक्ष प्राध्यापक चन्द्रमणि पौडेलले भने, ‘त्यसैले कानुनअनुसार विद्यार्थीको यकिन विवरणका नम्ति फारम खुला गरेका छौँ । सरकारले निर्णय गरे थप तयारीमा जुट्छौँ ।’ गत वर्ष देशभरबाट एसईईका निम्ति ४ लाख ८२ हजार ७ सय ७ जना परीक्...
विद्यालय खुल्ला गर्ने सीसीएमसीको निर्णय

विद्यालय खुल्ला गर्ने सीसीएमसीको निर्णय

शिक्षा, समाचार
कोभिडका १९ कारण बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् ।आज (आइतवार) बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए । यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस...
Vaccines for COVID-19

Vaccines for COVID-19

शिक्षा
The widespread prevalence of the COVID-19 pandemic is evident by increasing hospitalizations and untimely demises of people affected.  The unprecedented rate at which the disease spreads has brought the entire world to panic. Meantime, the vaccine for COVID-19 is currently the world's hope, as vaccines help build immunities in people that are vaccinated against the virus and prevent being ill. Generally, a vaccine as a routine and preventive measure, play a significant role in effectively reducing and controlling the viral outbreak affecting the majority of the people. Hence, many laboratories, research facilities, and scientists throughout the world are rushing to develop the vaccine against COVID-19. Sadly, the development and the availability of such a life-saving vaccine may not ...
कक्षा ११ को पाठ्यक्रम: अदालती निर्णयको प्रतीक्षा

कक्षा ११ को पाठ्यक्रम: अदालती निर्णयको प्रतीक्षा

शिक्षा
चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ । सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको ‘सर्कुलर’ गरेको भए पनि अदालतमा यो विषय विचाराधीन छ । सर्वोच्च अदालतले कात्तिक १९ गते नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरकालीन आदेश गरेको छ, पूर्ण फैसला आएको छैन । यो अवस्थामा नयाँ पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको हो । यो अन्योलको अवस्थामा विद्यालयले आफूखुसी नयाँ वा पुरानो पाठ्यक्रम पढाउने गरेको पाइएको छ । यस पटकदेखि कक्षा ११ मा सामाजिक तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयमा थप गरिएको छ । योसँगै कक्षा ११ मा तीनवटा विषय अनिवार्य गरिएको छ । पुरानो पाठ्यक्रममा भने अङ्ग्रेजी र नेपाली गरी दुई विषय मात्रै अनिवार्य विषयमा राखिएको थियो । नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गर्ने सरकारी तयारीसँगै जनक शिक्षा साम...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय (राष्ट्रि सभा)को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय (राष्ट्रि सभा)को अधिवेशन आह्वान

शिक्षा
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको माथिल्लो सदन (राष्ट्रि सभा)को अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तल्लो सदन (प्रतिनिधि सभा) विघटन गरेको १ हप्तापछि राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले पुस १७ गते दिनको ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिघिरेले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी जनाएका छन् । ...
आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु, ४८१ जना संक्रमित थपिए

आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु, ४८१ जना संक्रमित थपिए

शिक्षा
पछिल्लो २४ घण्टामा नेपालमा ४८१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९ हजार ६५४ पुगेको छ । आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय २५ पुगेको मन्त्रालयले जनाएको छ । ...
कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीका लागि पुस १६ देखि परीक्षा

कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीका लागि पुस १६ देखि परीक्षा

शिक्षा
कोरोना महामारीका कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो पुस १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी तालिका सार्वजनिक गरेको हो । पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गएको मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो । कोरोना महामारीका कारण कतिपय विद्यार्थी परीक्षामा सामेल हुन सकेका थिएनन् । सबै वा केही विषयको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा सञ्चालन हुने परीक्षामा सहभागी हुन बोर्डले आग्रह गरेको छ । ...