शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

शिक्षा

चितवनको भण्डारामा मौरीबाट उपचार गर्ने केन्द्र स्थापना गरिदै

शिक्षा
चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि) थेरापी केन्द्र स्थापनाको काम शुरु भएको छ । मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका ६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो । प्रदेश सरकारको ५ लाखको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको र सो केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ । अहिले भौतिक संरचना मर्मतको काम भइरहेको कार्यालयका प्रमुख डा. शिव रिजालले जानकारी दिए । उनले भने, अहिले भौतिक संरचना निर्माणको काम भइरहेको छ । केन्द्र सञ्चालन अघि उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम गरिने छ । सो भवनका लागि आवश्यक उपकरणको व्यवस्थासँगै जनतामा सचेतना जगाउने काम भइरहेको छ । यस केन्द्रमा मह, कुट, कुटको चोप, विभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने छ । रिजालका अनुसार मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलग...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या ५ हजार ३ सय ९३

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या ५ हजार ३ सय ९३

शिक्षा, समाचार
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या ५ हजार ३ सय ९३ रहेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरे अनुसार ६ सय ७७ स्थानीय तहबाट निणर्य भएका आवेदन केन्द्रले संकलन गरेको थियो । ७६ स्थानीय तहले निवेदन दिएका छैनन् । केन्द्रमा आएका निवेदन बाहेक राष्ट्रपति कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट १ सय १२, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दर्ता भएका १ हजार ३ सय ४५ रहेका छन् । कार्यक्रममा खर्च हुने बजेट ५ अर्ब ५५ करोड छ । माग भएको बजेट खर्च गर्दा करिब ९ अर्ब बढी छ । सबै आवेदनको आधारमा बजेट जोड्दा १४ अर्ब ३५ करोड १९ लाख रुपिया रहेको छ । मन्त्रालयमा सोमबार बसेको कार्यक्रम कार्यान्वय निर्देशक समितिको बैठकमा तत्काल कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिइएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठक...
मार्च २१ देखी २९ सम्म ग्लोकल आफ्टर स्कूलले ‘स्किल वीक’आयोजना गर्ने

मार्च २१ देखी २९ सम्म ग्लोकल आफ्टर स्कूलले ‘स्किल वीक’आयोजना गर्ने

शिक्षा, समाचार
ग्लोकल आफ्टर स्कूलले स्किल वीक नामक कार्यक्रम आयोजना गर्ने भएको छ । आउदो मार्च २१ देखी २९ सम्म सन्चालन हुने उक्त स्किल वीकमा १८ देखि ३० वर्ष युवायुवतीले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्ने र सोहि कार्यक्रमबाट सिप बिकासको बारे जानकारी लिन सकिने आयोजकले जनाएको छ । युवाहरुका लागि खुल्ला मन्च मानिएको कार्यक्रमका लागी आवेदन निशुल्क हुनेछन । कार्यक्रमबाट युवाहरुले सिपका बिभीन्न किसिम, यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन । स्किल वीकले युवाहरुलाई बिभिन्न सिपका बारेमा अन्बेशन गर्न, आफु संलग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ ।कला र संस्कृतिउद्दमशीलतापर्यटन तथा आतीथ्यबिज्ञान तथा प्रबिधीकार्यक्रमका मुख्य बिशेषताहरुमा छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन, प्रतिस्पर्धा, कार्यशाला, इं...
२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने

शिक्षा, समाचार
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल...
विनायक सिद्धि कलेज द्वारा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई बधाई कार्यक्रम सम्पन्न

विनायक सिद्धि कलेज द्वारा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई बधाई कार्यक्रम सम्पन्न

शिक्षा
काठमाण्डौको चाबहिलमा रहेको विनायक सिद्धि कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम फागुन २१ गते शुक्रबारको दिन बिहान १०ः०० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको थियो । विनायक सिद्ध कलेज एजुकेशन फाउन्डेसनका अध्यक्ष दुर्गा बहादुर पर्साईको सभापतित्व तथा संञ्चार तथा सुचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो।त्यसैगरी विनायक सिद्ध कलेज चाबहिलका क्याम्पस प्रमुख रामकृष्ण सिम्खडा,बोर्ड अफ डिरेक्टर बिष्णु प्रसाद पराजुली ,सहायक क्याम्पस प्रमुख गणेश कु. बास्तोला,काठमाण्डौ महानगरपालिका वडा न. ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोल लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधि बुद्धिजीवी पत्रकार लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रममा बिशेष अतिथिहरुमा चर्चित राजनितिक बिश्लेष...
कक्षा ११का विद्यार्थीहरुलाई स्वागत तथा १२का विद्यार्थीहरुलाई बधाईका साथै वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दै भि.एस कलेज

कक्षा ११का विद्यार्थीहरुलाई स्वागत तथा १२का विद्यार्थीहरुलाई बधाईका साथै वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दै भि.एस कलेज

शिक्षा
काठमाण्डौको चाबहिलमा रहेको विनायक सिद्वि कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई बधाई कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यहि फागुन २१ गते शुक्रबारको दिन बिहान १०ः०० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा संञ्चार तथा सुचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङ आउने भएका छन् । कलेजका क्याम्पस प्रमुख सिम्खडाले बताए अनुसार कार्यक्रमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२का विद्यार्थीहरु लाई बधाई कार्यक्रम आयोजना गरेको बताउनु भयो । साथै सो कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त र राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिने विनायक सिद्वि कलेजका क्याम्पस प्रमुख सिम्खडाले बताउनु भयो ।त्यस्तै कार्यक्रममा राष्ट्रिय कलाकार सुगम पोखरेल लगायत कलेजमा पढ्...
मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

शिक्षा, समाचार
मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको हो । कलेजले स्थापनाको पहिलो वर्ष कक्ष ११ मा अध्ययनरत पहिलो व्याचका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा नविनीकरण आवश्यकता रहेको बताउँदै पुरानो पाठ्यक्रम अनुसार पढाउनाले विद्यार्थी पछाडि पर्ने बताए । कलेजका अध्यक्ष गेन्द्र लामाले कलेज शिक्षा क्षेत्रमा केही नयाँ सोचका साथ शुरु गरिएको र विद्यार्थी भर्ना मात्र नभएर असल विद्यार्थी उत्पादन कलेजको मुख्य उदेश्य रहेको बताए । लामाले मनास्लुले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउँदै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बसडरमा नियुक...
हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने:बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल

हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने:बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल

शिक्षा, समाचार
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् । हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनर्निर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा नभइ दक्षजनशक्ति उत्पादन गर्ने थलोको रुपमा बुझाउन सकिने धारणा राखे । विद्यालयले ज्ञानसँगै सीपसमेत दिनसक्नुपर्ने उनको भनाइ थियो । पौडेलले प्राविधिक शिक्षामा पनि फरकपन दिनसक्नुपर्ने बताए । प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यकपर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्नु पौडेलको भनाइ थियो । कार्यक्रममा वाग्म...
राष्ट्रिय परिक्षा बोर्डका कर्मचारीको आन्दोलनका कारण कक्षा १२ का विद्यार्थीहरुको मार्कसीट छपाईमा ढिला

राष्ट्रिय परिक्षा बोर्डका कर्मचारीको आन्दोलनका कारण कक्षा १२ का विद्यार्थीहरुको मार्कसीट छपाईमा ढिला

शिक्षा, समाचार
राष्ट्रिय परिक्षा बोर्डका कर्मचारीको आन्दोलनका कारण कक्षा १२ का विद्यार्थीहरुको मार्कसीट छपाईमा ढिला भएको छ । फागुन १ गतेभित्र देशभरीका कलेजमा मार्कसीट पुर्याउने भने पनि बोर्डका कर्मचारीले आफ्नो तलबभन्दा कटौति गरेको विषयलाई लिएर आन्दोलन गरेका कारण मार्कसीट छफाई नै रोकिएको बोर्डका एक कर्मचारीले बताए । ति कर्मचारीका अनुसार सबै जना आन्दोलनमा छौं, अब पहिला जति मार्कसीट छपाई भएको थियो उक्त मार्कसीटमात्रै कजेलहरुमा गइरहेको छ । विदेश जान तयारीमा रहेका विद्यार्थी हुन वा स्नातक अद्यायनका लागि भर्न गर्न यो वर्ष शैक्षिक सत्र नै अलपत्र परेका बेलामा फेरि परिक्षा बोर्डका कारण मार्कसीट वितरण ढिला भएपछि विद्यार्थीहरुको शैक्षिक सत्र थप अलपत्र परेको छ ।   अब कर्मचारी आन्दोलनमा रहेकाले माग पुरा नभएसम्म थप मार्कसीट नछाप्ने कर्मचारीले बताएको ती कर्मचारीले जानकारी दिए । यता बोर्डका प्रवक्त...
भावातित ध्यान विचार गोस्ठी माझ ‘महर्षि सन्देश’ सार्वजनिक

भावातित ध्यान विचार गोस्ठी माझ ‘महर्षि सन्देश’ सार्वजनिक

शिक्षा, समाचार
काठमाडौं, ०६ फाल्गुण- भावातित ध्यान विचार गोस्ठी माझ भावातित ध्यान बिशेशांक ‘महर्षि सन्देश’ विहिवार सार्वजनिक गरिएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनद्वारा प्रकाशित उक्त पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथी स्वामी ज्ञानानन्द सरस्वती, नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष तथा पुर्व मन्त्री दिपक प्रकाश बाँस्कोटा, नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्देशक डा. किन्सली बुक, स्वामी वासुदेव प्रपन्नाचार्य, वरिस्ठ अभिनेत्री मनिषा कोइराला, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेलले संयुक्त रुपमा गरे । सो अवसरमा पुस्तकको समिक्षा गर्दै भरत राज पौडेलले पुस्तक ५ खण्डमा विभक्त रहेको जानकारी गराउदै भावातित ज्ञानको आवश्यकता, महत्व, अबलम्बन विधी आदीको बारेमा विस्तृत रुपमा वर्णन गरिएको र पुस्तक जीवनमा एक पटक पढनै पर्ने खालको ...