भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले शुरु गर्यो कोराना भाईरस सचेतना अभियान
काठमाडौं, ०७ चैत्र - स्व. उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले ज्येष्ठ नागरिकलाई लक्षित गरि कोराना भाईरस (कोभिड १९) सम्बन्धमा सचेतना अभियान संचालनमा ल्याएको छ । कोरोनाको जोखिम न्युनिकरणका लागि ज्येष्ठ नागरिक सहयोग कार्यक्रम अन्तर्गत फाउण्डेसनले ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै सो अभियान चलाएको हो । फाउण्डेसनले विहिवारबाटै ज्येष्ठ नागरिकहरुलाई मास्क, हेण्डवास, साबुन, सेनिटाइजर लगायतका सरसफाई सामाग्री वितरण गर्दै अभियान शुरु गरेको छ । संस्थाले विहिबार तिनकुने स्थित असाय सेवा सदन, शान्तिनगर ज्येष्ठ नागरिक आवास गृह र गल्फुटार आश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई उक्त सामाग्री हस्ताण्तरण गर्नुका साथै तालिम प्राप्त स्वास्थ्य सेविकाबाट सरसफार्इको तौरतरिका बारे पनि जानकारी दिलाएको छ । फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारी, स्व. नेता अधिका...









