आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क:डा.डिआर उपाध्याय

जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क:डा.डिआर उपाध्याय

राजनीति, समाचार
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । देशको सबैभन्दा ठूलो दल नेकपा भित्र आन्तरिक किचलो चलिरहेको पनि लामो समय भैसक्यो । मुलुकको प्रमुख दल भित्र आन्तरिक विवाद हँुदा समग्र देशको आर्थीक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा प्रभाव पार्दो रहेछ । मुलुकमा राजनीतिक परिवर्तन पटक पटक भए तर जनताले कुनै बेला पनि परिवर्तनको महसुस गर्न सकेनन्। राजनीतिक दल र तिनका नेताहरुले मात्र फाईदा उठाउँदै आए । हिजोका दिनमा निम्न आयस्रोत भएका नेताहरुका अहिले घर, घडेरी र गाडी छन् । जनताको नाममा राजनीति गरेका नेताहरुको ब्यक्तिगत सम्पती जोडेको देख्दा आम जनता असन्तुष्ट छन् । जनताको नाममा राजनीति धेरै भयो तर जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क छन् । जुन पार्टी सरकारमा गएपनि देश र जनताको पक्षमा सोच्न सकेनन् । केबल आफ्नो ब्यक्तिगत स्वार्थ मात्र हेरे यो नै मुलुकको अहिलेको समस्या हो । नेताहरु आर्थीक रुपमा सम्पन्न हुँदैजाने ...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सोमवार देशभर सरकार विरोधी प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सोमवार देशभर सरकार विरोधी प्रदर्शन

राजनीति, समाचार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार देशभर सरकार विरोधी प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको, भ्रष्टाचार एवंम अकर्मण्य व्यवहारमा सरकार लिप्त भएको आरोप लगाउँदै कांग्रेसले देशभर प्रदर्शन गर्ने घोषणा गरेको हो । कांग्रेसले पूर्वनिधारित कार्यतालिका अनुसार आज देशभर नारा, जुलुससहति प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले सरकारको पछिल्लो गतिविधि साथै पार्टीका वरिष्ठ नेतामाथि गरेको दुव्र्यवहार, सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको, कोरोना नियन्त्रणमा काम गर्न नसकेको साथै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ । प्रमुख प्रतिपक्षी दल भएर पनि सरकारका कामकारबाही प्रती केही चासो नदेखाएको साथै पार्टी भित्रै आन्तरिक विवादमा रुमल्लिएको आरोपकाबीच कांग्रेसले आन्दोलनलाई शसक्त बनाएको हो । बर्तमान सरकार बनेपछि प्रतीपक्षमा रहेको कांग्रेसको सोमवारको आन्दोलन नै सबै भन्दा ठुलो ब...
यस्तो छ ग्रामीण सर्वसाधरण जनताको भोगाई

यस्तो छ ग्रामीण सर्वसाधरण जनताको भोगाई

राजनीति, समाचार, समाज
डा.डिआर उपाध्याय मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भयो तर जनताले अहिले सम्म परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । हरेक राजनीतिक परिर्वनमा जनताको प्रत्यक्ष सहभागी हुँदै आएको छ । परिवर्तन पछि जनताले आफूले सोचेको काम नभए पछि असन्तुुष्टी व्यक्त गर्दै आएका छन् र अहिलेको वर्तमान अवस्थामा पनि जनता सन्तुष्टी छैनन् । जब सम्म जनता सन्तुष्टी हुँदैनन् तब सम्म जनताले व्यवस्था परिवर्तनको प्रश्न उठाई रहन्छन् । यो निराशाको संकेत हो । जनतालाई निराशा आउन दिनु हँुदैन् । जनता निराश हुनु भनेको राम्रो कुरा होइन् । यवस्था प्रतिको खतराको घण्टी हो । आजको युग भनेको प्रविधि र सञ्चारको युग हो । अहिले नेपाली जनतालाई ठग्ने, ढाट्ने, छल्ने र भ्रमको राजनीति गर्ने हिजोको जस्तो आजको अवस्था छैन । यो कुरा राजनीतिक दल र तिनका नेताहरुले बुझ्नु जरुरी छ । राजनीतिक दलका नेताहरुले जनतालाई भ¥याङ बनाएर सत्तामा पुगेका छन् । जब सत्...
सत्तारुढ दल नेकपाको आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने

सत्तारुढ दल नेकपाको आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने

राजनीति, समाचार
सत्तारुढ दल नेकपाको आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने भएका छन। प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले ओली सहभागी हुने निश्चित भएको जनाएको छ। यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। उनले स्थायी कमिटीमा पत्र पठाउँदै आफ्नो विवेक प्रयोग गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह समेत गरेका थिए। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको आरोप पत्रमाथि हुने छलफलमा भाग लिन नसक्ने समेत उनले पत्रमा उल्लेख गरेका थिए। स्थायी कमिटी बैठकको एजेन्डा पार्टीमा देखिएका समस्याबारे छलफल गर्ने भन्ने तय भएपछि प्रधानमन्त्री पनि सहभागी हुने उनीनिकट स्रोतले बताएको छ। ...
पद, पैसा र शक्ति मोह

पद, पैसा र शक्ति मोह

राजनीति, समाचार
–डा. डीआर उपाध्याय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) भित्रको आन्तरिक विवादका कारण देशमा समस्या उब्जिएको छ । यतिबेला मुलुकको सबैभन्दा ठूलो दलभित्र आन्तरिक विवाद हुँदा सबैको ध्यान खिचिएको छ । अहिले देशको राजनीतिक अवस्था सहज ढंगले अघि बढेको छैन । राजनीतिक दल र तिनका नेताहरु सत्तास्वार्थमा रुमल्लिनाले यो समस्या आएको हो । सबै नेतालाई पद, पैसा र शक्ति चाहिएको छ । जनता भोकै बसुन वा जे गरुन नेतालाई कुनै मतलब छैन । यो नै समस्या हो । नेतालाई जनता चाहिने भनेको चुनाबको बेला मात्र हो । अरुबेला जनताको के मतलब  ?  नेताले जनतालाई भ¥याङ बनाएर सत्तामा पुग्ने, राज्यको ढुकुटी सबै रित्याउने र देशलाई कंगाल बनाउने काम बाहेक अरु केही गर्न सकेका छैनन् । जनतामा नेताप्रति वितृष्णा बढ्दै गइरहेको छ । सरकारले सुरुका दिनमा राम्रा र आशालाग्दा विकासका सपना देखायो । तर कुनै पनि काम कार्यन्वयन ग...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९)कै महामारीबीच सरकारविरुद्ध ‘सडक संघर्ष’ चर्काउने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९)कै महामारीबीच सरकारविरुद्ध ‘सडक संघर्ष’ चर्काउने

राजनीति, समाचार
संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९)कै महामारीबीच सरकारविरुद्ध ‘सडक संघर्ष’ चर्काउने भएको छ । गत वर्षको फागुनमा सार्वजनिक कार्यक्रम नगर्न कांग्रेसले आन्तरिक निर्देशन जारी गरेको थियो । तर, मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरीको ‘गिरफ्तारी’मा परेपछि कांग्रेस महामारीकै बीच सडक संघर्ष चर्काउने तयारीमा जुटेको हो । मंसिर १७ गते तनहुँको दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न जाँदा कांग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सत्तारुढ नेकपाले समेत पुल उद्घाटनमा अवरोध गरेपछि कांग्रेसले ‘सरकारका प्रवृत्ति’विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, भ्रष्टाचार बढेको र कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको लगायत आरोप लगाएको छ । ‘सरकारकै प्रवृत्ति’का कारण...
नायव प्रहरी महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा

नायव प्रहरी महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा

राजनीति, समाचार
 सरकारले नायव प्रहरी महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। नेपाल प्रहरीमा एक एआईजीको नयाँ दरबन्दी थपेर सो दरबन्दीमा पोखरेलको बढुवा गरिएको हो। बिहीबार बढुवासँगै उनको पदस्थापनसमेत भएको छ। उनलाई प्रहरीको अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ भने त्यहाँ एआईजी हरि पाललाई काठमाडौं महानगरीय प्रहरी प्रमुखमा सरुवा गरिएको छ। यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले पोखरेललाई एआईजीमा बढुवा नगर्न सरकारलाई निर्देशन दिएको थियो। तर, सरकारले भने संसदीय समितिले निर्देशन दिएको भोलिपल्ट नै अवज्ञा गर्दै पोखरेललाई एआईजी बनाएको हो। गृहमन्त्री रामबहादुर थापाको जानकारी बिना नै मन्त्रिपरिषदले एक एआईजीको दरबन्दी थपेको खुलासा भएपछि दरबन्दी थप नै विवादमा परेको थियो। ...
सरकारको फजुल खर्च नियन्त्रण गर्ने प्रयास

सरकारको फजुल खर्च नियन्त्रण गर्ने प्रयास

राजनीति, समाचार
डा.डिआर उपाध्याय सरकारी पैसा सहि रुपमा सदुपयोग गरेर देशको बिकाश गर्ने कुरामा सरकारको ध्यान जान पर्ने आबश्यकता देखिएको छ । फजुल खर्च रोक्ने जुन किसिमको सरकारको योजना छ , त्यो कार्यान्वयन पक्ष महत्वपूर्ण हो । अहिले हाम्रो शासन प्रणाली संघीय संरचनामा गएको छ । जसले गर्दा देशको खर्च पनि बढिरहेको छ । सरकारी खर्चको दायरा बढ्दै गएको छ । कोरोना महामारीका कारण अर्थतन्त्र पनि धराशयी हुने चिन्ता बढिरहेको छ । सरकारले फजुल खर्च नियन्त्रण गर्ने प्रयास गरेको छ । कार्यविधि नै बनाएर सार्वजनिक कार्यालय र सरकारी अधिकारीको खर्चमा अंकुश लगाउने कुरा छ । यो प्रयास राम्रो छ । प्रभावकारी कार्यान्वयन हुन भने जरुरी छ । यति बेला देशको अर्थतन्त्र कमजोर छ । कमजोर अर्थतन्त्र उकास्नको लागि पनि यो उपाय भरपर्दो हुनसक्छ । बिगत देखि नै सरकारी कार्यालयहरूमा अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति मौलाइरहेको थियो । फजुल खर...
फेरि राजनीतिक सङ्कट थपिदै

फेरि राजनीतिक सङ्कट थपिदै

राजनीति, समाचार
डा.डिआर उपाध्याय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु मिलेर जानुहोस् । तपाईहरु नमिले सम्म देश बिकाश र समृद्धिको यात्रा पुरा हुने छैन । तपाईहरुलाई एकअर्का विरुद्घ कसले लडाइरहेको छ । अहिले मुलुकमा राजनीतिक स्थिरता छ । यो बेलामा सुशासन, शान्ति, अमनचैन, उत्पादन अभिवृद्घि, तीव्र विकास र समृद्घि हासिल गर्न कसले छेकेको छ ? समाजवादका आधार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी सत्तारुढ नेकपाले पाएको छ । सत्तारुढ नेकपाले यो ऐतिहासिक जिम्मेवारी पुरा गर्ने कि नगर्ने यो गम्भिर प्रश्न हो । यो ऐतिहासिक कार्यभारलाई भुसुक्कै भुलेर नेताहरु आन्तरिक बिवादमा फस्नु राम्रो संकेत होइन । यो तीतो सत्य पहिलेदेखि नै सबैका सामु तेर्सिएको छ ।नेताहरूलाई धन चाहिएको छ । नेताहरु सिद्घान्त, विचार, नीति, विधि, पद्घतिभन्दा आफ्नो ब्यक्तिगत स्वार्थमा छन । दे...
भ्रष्टाचार आर्थिक अपराध मात्र नभइ यसले सामाजिक मूल्य मान्यता उपर सीधा प्रहार गर्ने:प्रधानमन्त्री केपी शर्मा ओली

भ्रष्टाचार आर्थिक अपराध मात्र नभइ यसले सामाजिक मूल्य मान्यता उपर सीधा प्रहार गर्ने:प्रधानमन्त्री केपी शर्मा ओली

राजनीति, समाचार
 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातान्त्रिक संस्थाहरुलाई ध्वस्त पार्ने बताएका छन्। प्रधानमन्त्री ओलीले भ्रष्टाचार आर्थिक अपराध मात्र नभइ यसले सामाजिक मूल्य मान्यता उपर सीधा प्रहार गर्ने बताए। भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टचारले राजनीतिक स्थायित्व हुन नदिने, विकासको गतिलाई अवरोध गर्ने र राजनीतिक प्रणालीमा नै प्रहार गर्ने बताएका हुन्। शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पछिल्ला दिनहरूमा भ्रष्टाचारजन्य सम्पत्ति विदेशमा पुर्याउने, त्यसलाई अपराधजन्य कार्यहरूमा लगानी गर्ने र अन्तर्राष्ट्रिय शान्ति र सुव्यवस्था उपर नै आक्रमण गर्ने जोखिमसमेत देखिएको छ।’ वर्तमान सरकार भ्रष्टाचारलाई कडाइका साथ प्रभावकारी रूपमा नियन्त्रण नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल हुनसक्दैन भन्ने कुरामा ...