आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

स्थानीय तहमा बढ्दो भ्रष्टाचार

स्थानीय तहमा बढ्दो भ्रष्टाचार

राजनीति, समाचार
डा.डिआर उपाध्याय स्थानीय तहमा भ्रष्टाचार बढेर गएको तत्थ्याङकले बताएको छ । स्थानिय सरकार भनेको जनताको घरदैलोको नजिकको सरकार हो । सिंहदरबारको अधिकार गाउँगाउँमा गएको छ । अहिले मुलुक संघीय संरचनामा छ । स्थानीय सरकार गठन भएपछि भ्रष्टाचार तिब्र रुपमा बढिरहेको जनगुनासो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदनअनुसार सबैभन्दा धेरै भ्रष्टाचार स्थानीय तहमा भएको छ । स्थानीय सरकारबाट हुने गरेको आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधिले जनतामा वितृष्णा फैलिएको छ । स्थानीय तहमा हुने अनियमितता जस्तै सामाजिक सुरक्षाभत्ता वितरणमा दोहोरोपना, अपारदर्शिता तथा मृत्यु भइसकेका व्यक्तिको समेत भत्ता उपलब्ध गराउने तथा किर्ते दस्तखत गरी भत्ता लिनेसम्मका गतिविधि स्थानीय तहमा हुने गरेका छन्। प्राकृतिक स्रोतसाधनको दोहन, विकास निर्माणका कार्यमा अनियमितता, नियुक्ति, लगायतका विषयमा उजुरी पर्ने गर...
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताए

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताए

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका छन् । बुधवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका छन् । संविधानतः संसदको पुनस्र्थापना गर्न नमिल्ने उनको भनाई छ । आफू संसदको ६४ प्रतिशत मतले बनाएको प्रधानमन्त्री भएको र बाँकी ३६ प्रतिशतले बिकल्प दिन नसक्ने भएकोले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम संसद विघटन गरिएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जालझेल र षडयन्त्रको राजनीति गरेको पनि आरोप लगाए । आफूले मित्रताले अंगालो हालेपनि प्रचण्डले धृतराष्ट्रले जसरी अंगालो मार्ने गरेको प्रधानमन्त्री ओलीको...
दिनदिनै सडक प्रदर्शनहरू

दिनदिनै सडक प्रदर्शनहरू

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले देशमा सडक आन्दोलनहरू चलिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक एवं अनुचित कदमचाले पछि मुलुक आन्दोलित भएको छ । नेपाल प्रचण्ड समूहले आन्दोलन गरिरहेका छन भने अर्कोतिर प्रतिपक्षी दलहरू पनि सडकमा ओर्लिएका छन् । मुलुकको अभिभावकको भूमिका खेल्नुपर्ने संस्था र राष्ट्रप्रमुखको गरिमा समाप्त भएको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले मुलुकलाई संवैधानिक संकट र राजनीतिक अस्थिरतातर्फ धकेलेको छ । आन्तरिक कलहको कारण आफू कमजोर भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको गलत बाटो रोजेका हुन । जसले मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेलिदिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । यो विघटनमा अन्तर्राष्ट्रिय शक्तिहरूको हात रहेको धेरैको अनुमान छ । विघटन अघि भारतबाट विभिन्न तहमा भ्रमण भएका थिए । प्रतिनिधिसभा विघटनको घटनाले चीनलाई ठूलो धक्का लाग...
‘संसद पुनर्स्थापना गर्न तयार हुनुहुन्छ भने  छलफल गर्न तयार छौं’ :माधवकुमार नेपाल

‘संसद पुनर्स्थापना गर्न तयार हुनुहुन्छ भने छलफल गर्न तयार छौं’ :माधवकुमार नेपाल

राजनीति, समाचार
 नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका छन् । पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’ पार्टीका कतिपय नेतालाई पनि ओलीलाई सुधार्न सकिन्छ कि भन्ने लागेको उनले बताए । ओलीतिर लागेका नेताहरुतर्फ संकेत गर्दै उनले भने, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबास भन्छु । बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु ।’ उनले प्रधानमन्त्री ओली पश्चाताप ...
मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट

मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट

राजनीति, समाचार
नवनियुक्त मन्त्रीहरुलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । रिटमा नवनियुक्त मन्त्रीहरूलाई काम गर्न नदिनू भनी अन्तरिम आदेश माग गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ । गएको शुक्रबार सातजना नयाँ मन्त्री नियुक्त गर्दै केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको थियो । यसअघि, सोमबार पनि मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध रिट दायर भएको थियो । ...
लोकतन्त्र कमजोर बनाउने खेल

लोकतन्त्र कमजोर बनाउने खेल

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले लोकतान्त्रिक व्यवस्था नै कमजोर हुने अवस्था सृजना भएको छ । प्रतिगामीलाई प्रोत्साहित गर्ने कार्य संसद विघटन पछिकोअवस्थाले गरिदिएको छ । लोकतान्त्रिक मुल्यर मान्यताका विरुद्ध प्रहार भएको छ । लोकतन्त्रको खिल्ली उडाउने काम भएको छ । लोकतन्त्रको घाँटी निमोठ्ने र आम जनताको वलिदानी पुर्ण संघर्षबाट निर्मित संविधान माथि नै धावा बोल्ने कार्य भएको छ । अब हामी सबै लोकतन्त्रवादी शक्तिहरु लोकतन्त्रको रक्षार्थ सजग र सचेत हुनु पर्ने बेला आएको छ । लोकतन्त्र र लोकतान्त्रिक संविधान नेपाली जनताको ७० वर्ष सम्मको संघर्ष र वलिदानको परिणाम हो । विगत लामो समय देखि नेपाली राजनीति अस्थिर हुनुको मुख्य कारण लोकतान्त्रिक प्रणाली सस्थागत हुन नसक्नु हो । स्थिर राजनीति र तिव्र आर्थीक तथा सामाजीक विकास नेपाली जनताको चाहना हो । देश अहिले कोरोना महामारी सँग जुधिरहेको छ । आम नागरिक यो महामारीबाट कसर...
जनमतको अपमान

जनमतको अपमान

राजनीति, समाचार
-डा.डिआर उपाध्याय देशमा अशान्तिका रेखाहरु कोरिदैछन् । लामो समयको द्वन्द्व पछि नेपालमा शान्ति कायम भएको थियो । अहिले फेरि अशान्ति हुने होकी भनेर आम जनता चिन्तित छन् । जनताको भाग्य र भविष्य अन्योलमा छ । सत्तारुढ दल भित्रको किचलो अन्ततः फुटमा गएर टुङ्गियो ।सत्तारुढ दल विभाजन हुँदा मुलुकमा संकट उत्पन्न हुन थालेको छ । संसद विघछन पछिको अवस्था जटिल बन्दै गएको छ । नेपाली जनताहरु सत्तारुढ दल विभाजन भएकोमा खुसी छैनन् । जनता निरास छन् । यतिबेला जनता निरास हुनु भनेको व्यवस्था माथिको नै खतरा हो । अहिले सडकमा धेरै थरिका समूहहरु आन्दोलित छन् । आन्दोलनले समस्या समाधान गर्ने होइन । द्वन्द्व निम्ताउने खतरा बढेर गएको छ । संसद विघटन विरुद्ध जनता समाजवादी पार्टीले समेत सडकमा प्रदर्शन गरिरहेको छ । मधेसमा आन्दोलन भयो भने ठूलो खतरा हुन्छ । प्रधानमन्त्रीको असंवैधानिक कदमलाई विद्रोह द्वारा पुनस्थापना गर्ने र आन...
संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै

राजनीति, समाचार
संसद विघटनको विरोधमा प्रमखि प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दैछ । देशका १६५ वटै निर्वाचन क्षेत्रमा आज एक साथ प्रदर्शन हुने कांग्रेसले जानकारी दिएको छ । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने कांग्रेसले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्ने जनाइएको छ । पार्टी प्रवक्ता शर्माका अनुसार आज काठमाडौंका १५ ठाउँमा सभा र...
नेपालको राजनीति धमिलिदैं

नेपालको राजनीति धमिलिदैं

राजनीति, समाचार
डा.डिआर उपाध्याय यतिबेला नेपालको राजनीति धमिलिएको छ । धमिलो पानीमा माछा मार्ने दाउ खेल्नेहरु पनि प्रशस्त छन् । उनीहरुको चाहना धमिलो पानीमा माछा मार्नु हो । मुलुकको असहज परिस्थितिका बिच प्रतिगामी तत्वहरुले टाउको उठाउँदै छन् । मुलुकलाई अझै पछाडि धकेल्नेहरु पनि छन् । तिनीहरुबाट परिवर्तनकारी र लोकतन्त्रवादी शक्तिहरु सचेत र जागरुक बन्नुपर्ने बेला आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि यी समस्याहरु उब्जिएका हुन् । प्रचण्ड –नेपाल समूह एकातिर, ओली समूूह अर्कोतिरको भिडन्त सिर्जना गर्ने स्थिति आएको छ । प्रचण्ड –नेपाल समूह सडक संघर्षबाटै संसद पुनस्थापना गर्ने चुनौती दिँदै आएका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेश लिनका लागि सबै लोकतन्त्रवादीहरु चुनाबमा जानुपर्ने बताइ रहेका छन् । सबै राजनीतिक दल र तिनका नेताहरुका आ–आफ्नै दाउपेच छन् । कुनैपनि राजनीतिक दल र तिनका न...
प्रचण्ड-माधव नेपाल समूह को देशभर जिल्लास्तरीय कार्यकर्ताहरुको भेला

प्रचण्ड-माधव नेपाल समूह को देशभर जिल्लास्तरीय कार्यकर्ताहरुको भेला

राजनीति, समाचार
 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले देशभर जिल्लास्तरीय कार्यकर्ताहरुको भेला गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएको उक्त समूहले आइतवार बिहान देशभर कार्यकर्ता भेला गरेको हो । गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भइ कार्यक्रमहरु गरिरहेको छ । यसअघि उक्त समूहले शुक्रवार काठमाडौंको माइतीघरबाट आन्दोलन शुरु गरी निर्वाचन आयोगसम्म पुगि आन्दोलन गरेको थियो । पुस १० गतेबाट कुनै न कुनै आन्दोलन गरी सरकारविरुद्ध आन्दोलन गर्ने उद्घोष गरेको उक्त समूहले पुस १४ गते एकैसाथ देशभर प्रदर्शनको घोषणा गरेको छ । बिहीवार बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ संघर्ष समितिको गठन समेत गरेको हो । ...