शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

राजनीति

सर्लाहीका साह बने देशकैं कान्छा महाधिवेशन प्रतिनिधि

सर्लाहीका साह बने देशकैं कान्छा महाधिवेशन प्रतिनिधि

राजनीति, समाचार
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ चितवनमा जारी छ । एमालेको देशभर रहेका साढे ८ लाखभन्दा बढी संगठित सदस्यहरुमध्ये चुनिएका करिब २४ सय महाधिवेशन प्रतिनिधिले यस महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछन । एमाले महाधिवेशनमा युवाहरुको उल्लेख्य सहभागिता रहेको छ । जसमा सर्लाहीका चन्द्र भुषण साह नेपालकै कान्छा प्रतिनिधि बन्न सफल भएका छन् । विगतमा विद्यार्थी राजनीति गरेका युवा नेता साह जम्मा २८ वर्षका भएका छन् । सर्लाहीका ईश्वरपुर नगरपालिका निवासी साह युवाहरुमाझ चर्चित नेता हुन् । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्र र राजनीतिशास्त्र दुईटै संकायमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी कानुनशास्त्रका विद्यार्थी समेत हुन । ...
एमाले पार्टीलाई ओलीले बनाए चलायमान

एमाले पार्टीलाई ओलीले बनाए चलायमान

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, नेपाल कम्युनिस्ट पार्टी एमालेमा केपी शर्मा ओली नै शक्तिशाली छन । भोली पनि उनै शक्तिशाली हुने हुन । एमालेको दसौं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदैछ। महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष हुने पक्का छ । ओलीमा नेतृत्व कौशलता छ । उनले सजिलै मान्छेको मन जित्छन । भाषण गर्ने शैली नै उनको फरक छ । उनी जहाँ गएर बोल्छन त्यही चर्चा हुन्छ । ओलीमा राजनीति क्षमता छ । ओलीका कारण नै एमाले पार्टी चर्चामा छ । जनआकर्षण पनि अत्यधिक बढेको छ। उनको सवालअनुसारको जवाफ आउँछ । त्यही नै रोचक हुन्छ । प्रतिवाद गर्न खप्पिस छन । त्यसैले पनि उनले जनता, कार्यकर्ता र नेताकै पनि मन जित्न सकेका छन । आजको मिति सम्म ओली महाधिवेशनमा अध्यक्षको एकल उम्मेदवार हुने अवस्था देखिन्छ। पार्टी उपाध्यक्ष डा भीम रावल ओलीको घोषित वा अघोषित प्रतिस्पर्धी वा दाबेदार हुन चाहेको देखिन्छ। यसमा अरू कुनै पदमा घनश्याम ...
देश थला परेको छ

देश थला परेको छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, शक्ति र दम्भको राजनीतिले शक्ति र दम्भको राजनीतिले देश थला परेको छ । आज शक्ति र दम्भको आडमा जुन किसिमको राजनीति भइरहेको छ यसले मुलुकलाई अघि बढाउन सक्दैन र सकेको पनि छैन । आज जनता महंगीको मारमा छन तर देशमा सरकार छ की छैन त्यो समेत जनताले अनुभूति पाउन सकिरहेका छै्रनन् । आज बिप्लव समूहले नेपाल बन्दको घोषणा गरेको समाचार छ । जनताले साथ दिन्छन की दिदैनन् त्यो भने केही समय पछि थाहा हुने छ । माइतीघर मण्डलामा दिनौं नारा जुलुश चलिरहेको छ । हामी कता जान खोजेका हौ । देश कता जादै छ ? बडो गम्भिर प्रश्न उठेको छ । बार र सर्वोच्च बीच चलेको द्धन्द अझै सेलाउन सकेको छैन । सबै क्षेत्र अस्त ब्यस्त छ । यहाँ कसैलाई केही मतलव छैन । महंगीले जनता भोकै पर्ने हुनकी भन्ने चिन्ता पनि छ । देशमा शोषणको अन्त्य भएको छैन । कसैले कोही माथि शोषण गरिरहेको छ । राजनीति दल र तिनका नेताहरु मिठा मिठा भाषण गर्न ...
अब यो सरकारले गतिका साथ काम गरेर देखाउनु पर्छ

अब यो सरकारले गतिका साथ काम गरेर देखाउनु पर्छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, सरकारले पूर्णता पायो । अब यो सरकारले गतिका साथ काम गरेर देखाउनु पर्छ । शुक्रबार १६ मन्त्री र तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन । अब प्रधानमन्त्री, २१ मन्त्री र तीन राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । संविधानले सङ्घीय सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् हुने व्यवस्था गरेको छ । अब सरकारले कुनै बहाना नगरी देश र जनताको पक्षमा लोक प्रिय काम गरेर देखाउनु पर्छ । यो एउटा अबसर पनि हो । सरकार देश र जनताको आवश्यकतालाई इमानदार सम्बोधन गदै र जनजीविकाका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्छ । विद्यमान समस्याको पहिचान गरी ती समस्यालाई सम्बोधन गर्नु नै अहिलेको सरकारको दायित्व हो । कोरोना महामारी नियन्त्रण अहिलेको मुख्य समस्या हो । यसबीचमा सरकारले कोरोना महामारी नियन्त्रण र खोपमा राम्रो प्रगति गरेको छ । कोरोना फेरि फैलन सक्ने जोखिम पनि छ । किन भन...
आज मन्त्री परिषदले पूर्णता पाउन सक्छकी सक्दैन ?

आज मन्त्री परिषदले पूर्णता पाउन सक्छकी सक्दैन ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, हिजो मन्त्री परिषद बिस्तार पक्कै हुन्छ भन्र्ने सबैले सोचेका थिए । तर हिजो पनि मन्त्री परिषदले पूर्णता पाउन सकेन । आज मन्त्री परिषदले पूर्णता पाउन सक्छकी सक्दैन ? आज पनि के हुने हो कुनै ठेगान छैन । मन्त्रालयको भागबण्डामा चित्त नबुझे पछि दलहरु बीच अझै सहमती जुटन सकेको छैन । यसरी कति दिन पर धकेल्ने ? माओवादीले मन्त्री बन्नेको टुंगो लगाईसकेको छ । एकिकृत समाजवादीले पनि मोटामोटी मन्त्री बन्नेको टुंगो लगाईसकेको छ । जसपाले मन्त्री छनोट गर्न उपेन्द्र यादवलाई जिम्मा दिएको छ । लामो समय सम्म मन्त्री परिषदले पूर्णता पाउन नसके पछि सरकारको सबैतिरबाट आलोचना भइरहेको छ । यसरी देश बनाउन सकिदैन । देश बनाउन योग्य व्यक्ति चाहिन्छ । राजनीतिक व्यक्तिहरूले देश र जनताका समस्यालाई बुझन सकेनन् । विकास चुनावी घोषणापत्रमा मात्र सीमित रह्यो । प्रजातन्त्रका तीन दशकमा २७ पटक सरकारहरू फेरिए । व...
राजनीतिक संस्कार र नेतृत्व क्षमता आजको आबश्यकता

राजनीतिक संस्कार र नेतृत्व क्षमता आजको आबश्यकता

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आज मुलुकका सामु थुप्रै समस्या तेर्सिएका छन । समस्या समाधान गर्ने कुरामा कसैको ध्यान छैन । नेताहरुलाई खाली आफनै स्वार्थ पुरा गर्ने ध्यान मात्र छ । जनताको कुनै मतलव छैन । आज आम नागरिक निराश छन । अब दशै पनि नजिकै आइसकेको छ । दशै खर्च जुटाउन नसकेर सर्वसाधरण नागरिक चिन्तित छन । लामो समय सम्मको कोरोना भाइरस र त्यसवाट उत्पन्न समस्याबाट थिलै थिलो बनेका आम नागरिक अझै पुरानो अबस्थामा फर्कन सकिरहेका छैनन् । धेरैका रोजगार गुमेका छन । अझै पुरानो अबस्थामा फर्कन समय लाग्छ । जनताको आबश्यकताहरु झन पछि झन बढदै गएका छन । महंगीले आकाश छुन थाल्यो । जनता कसरी बाँचेका छन न सरकारले मतलव राखेको छ नत राजनीतिक दल र तिनका नेताहरुले नै । जनता समस्या संग जुधिरहेका छन । राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति त्यति गम्भिर हुन सकेनन् । नेताहरु मुलुकका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्म...
समुन्नत नेपाल निर्माण गर्ने कुरामा सरकार अघि बढनु पर्छ

समुन्नत नेपाल निर्माण गर्ने कुरामा सरकार अघि बढनु पर्छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई गति दिन सकेनन् । सरकारको गति सुस्त भयो । मन्त्रीपरिषदले अझै पूर्णता पाउन सकेन । मुलुकको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा खासै कसैको ध्यान पुगे जस्तो देखिएन । अब देउवा सरकारले ध्यान दिएर काम गर्नु पर्ने आबश्यकता देखिएको छ । अब गफ गरेर समय कटाउने बेला छैन । जनताको भबिश्य उज्ज्वल बनाउन सबै दलहरुका बीच सहकार्यताको आबश्यकता छ । अव जनताले त्यो खोजेका छन । अहिले जनताका धेरै आकाँक्षा र माग चुलिदै गएका छन । ति जनताका माग पुरा पर्ने बाटोमा सरकार अग्रसर हुनु पर्छ । जनताको विश्वासलाई अपमान गर्ने र जनता प्रति बिश्वासघात गर्ने काम कुनै पनि दलहरुले गर्नु हुदैन । सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन । यो सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी छोड्नु हुँदैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ओली समूहले यो सरकार जनताको जनादेश...
ठूलो आवाजलाई मात्र सम्बोधन गर्ने प्रवृत्ति देखियो

ठूलो आवाजलाई मात्र सम्बोधन गर्ने प्रवृत्ति देखियो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अहिले नेपालको राजनीतिमा युवा पुस्ताहरु त्यति आर्कषित भएको देखिदैन । बिगतमा युवाहरु जति राजनीतिमा सक्रिय थिए अहिले त्यस्तो सक्रिय छैनन् । यो बिषयमा बहस गर्नु पर्ने जरुरी देखिएको छ । देशमा लोकतन्त्र छ । तर लोकतन्त्रको अभ्यास भएको छ की छैन । हामीले लोकतन्त्रको अभ्यास कति गरेका छौ । आज तानाशाह प्रबृतिका मान्छेहरु पनि आफू लोकतन्त्रवादी भएको दाबी गरिराखेका छन् । तर, व्यवहारमा लोकतन्त्रवादी संस्कार कतै देखिदैन । यहानिर समस्या छ । लोकतन्त्रको नाममा बदनाम गर्नेहरुको जमात धेरै छ । तिनीहरुलाई समयमै चिन्न जरुरी छ । विश्वमा तानाशाहहरू पतन भइरहेका छन । गैरलोकतान्त्रिक तरिकाले शासनसत्ता सञ्चालन गर्नेहरू नेपालमा पनि पतन हुन्छन । बिगतमा पनि भएकै हुन । जनताका पक्षमा काम गर्नेहरु नै लोकप्रिय हुने हुन । जसले जनताको पक्षमा काम गदैनन् उनीहरु आफै पतन हुन्छन । देश र जनताका लागि रात दि...
कांग्रेस लिखु तामाकोशी गाउँपालिका सभापतिमा युवा नेता कार्कीको उम्मेदवारी घोषणा

कांग्रेस लिखु तामाकोशी गाउँपालिका सभापतिमा युवा नेता कार्कीको उम्मेदवारी घोषणा

राजनीति, समाचार
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा यति बेला वडा स्तरका अधिवेशनहरु हुनेक्रम जारी रहेको छ । वडा अधिवेशन सम्पन्न भएपछि पालिकाको अधिवेशन हुने भएसगैं उम्मेदवारी घोषणा गर्नेक्रम जारी रहेको छ ।नेपाली कांग्रेस लिखु तामाकोशी गाउँपालिका रामेछापको सभापतिमा लोकप्रिय युवा नेता जीवन कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । उनी हाल तरुण दल रामेछापको सह–सचिव रहेका छन् । सामाजिक कार्यमा सक्रिय रहेका युवा नेता कार्की विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गर्दै सामाजिक काम गर्दै आएका छन् ।उनी आफ्नो क्षेत्रको विकास निर्माणमा पनि सक्रिय भएर लागेका छन् ।  उम्मेदवारी घोषणासगैं कार्कीले आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका प्रतिबद्धतामा क्रियाशिल सदस्यहरुको क्षमता बृद्धि गर्ने, पार्टी भित्रका मतभेदलाई न्युनिकरण गर्ने, युवा वर्गलाई सामाजिक तथा आर्थिक विकाससगैं उद्यमशिलतामा लगाउने, आगामी निर्वाचनमा पार्टीक...
देशमा प्रतिशोधको राजनीति मौलाएको छ

देशमा प्रतिशोधको राजनीति मौलाएको छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, मुलुकको राजनीति त्यति राम्रो छैन । कुरा गरेर मात्र हुदैन । ब्यवहारमा लागु गरेर देखाउनु पर्छ । आज राजनीतिमा जे देखिएको छ, सबै भ्रम मात्र छ । जनता भ्रममा बाँच्न बाध्य छन । यो बाध्यता हो । कुनै राजनीतिक दल राम्रा छैनन् । जनताको नाम बेचेर पैसा कमाउन पल्केका नेताबाट सर्वसाधरण जनताले केही आश नगरे हुन्छ । आज देशमा जुन किसिमको राजनीति गतिबिधि चलेको छ त्यो जनताको पक्षमा छैन । राजनीति दलाल र पूँजिवादीको पक्षमा गरिएको छ । किन भने जुन मान्छे संग पैसा छ त्यो मान्छे साँसद र मन्त्री हुन्छ । किन भने यो कुरा ब्यवहारमा लागु भयो । राजनीति गर्ने र दिनरात खटने नेता कार्यकर्ताहरु राजनीतिबाट पाखा लागेका छन । यो कुरा सबै संसदीय राजनीतिक दलमा लागु हुन्छ । चन्दाको भरमा नेपालका राजनीतिक दलहरु चलेका छन । यसरी राजनीतिक दल चलाउनु भनेको मुलुकका लागी राम्रो संकेत होइन । अहिले दलहरु आन्तरिक द्वन्...