भैरब थापा, चन्द्रकला शाह र रेशम थापा सम्मानित
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा “विशिष्ट साधक सम्मान २०८२” सम्पन्न राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले कला क्षेत्रमा विशिष्ट योगदान दिनुहुने तीन अग्रज-श्रष्टाहरुलाई “विशिष्ट साधक सम्मान २०८२” ले सम्मान गरेको छ ।
ललितकलाका विवध क्षेत्रमा लामो समयदेखि समर्पित रही नेपाली कला र गीत-संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने नेपालकै पहिलो नृत्य निर्देशक एवम् प्रशिद्ध कलाकार भैरब बहादुर थापा, बरिष्ट गायिका एवम् साहित्यकार चन्द्रकला शाह र बरिष्ट लोकगायक एवम् शब्द सङ्कलक रेशम थापालाई जनही रु. ५५५५ नगद, दोसल्ला र प्रसंसा-पत्र सहित सम्मान गरिएको थियो । यहि मङ्सिर ६ गते सँस्थाका पदाधिकारीहरुले श्रष्टाकै निवासमा छुट्टाछुट्टै पुगी परिवारका सदस्य सहितको उपस्थितिमा सम्मान प्रदान गरेका थिए। सम्मानित श्रष्टाहरुले आफूलाई आफ्नै निवासमा आई पारिवारिक माहोलमा सम्मान प्रदान...









