आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

‘मिस्टर एण्ड मिस लभिस’ को फाइनल भव्य रुपमा सम्पन्न

‘मिस्टर एण्ड मिस लभिस’ को फाइनल भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौँ — फेसन, प्रतिभा र व्यक्तित्वको संगमका रूपमा आयोजना गरिएको ‘मिस्टर एण्ड मिस लभिस फाइनल’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न उमेर समूहका प्रतिस्पर्धीहरूले उत्कृष्ट प्रस्तुति दिँदै आ–आफ्नो विधामा उपाधि हासिल गरेका छन्। प्रतियोगिताअन्तर्गत टिन गर्ल्स विधामा बेला महर्जन विजेता घोषित हुनुभएको छ। त्यसैगरी जुनियर गर्ल्स विधामा विक्टोरिया शाही ले प्रथम स्थान हासिल गर्न सफल हुनुभयो। बोयस विधातर्फ सन्दीप भण्डारी ले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि हात पार्नुभएको छ। यसैगरी, सिनियर गर्ल्स विधामा नाओमी कुमाल ले प्रथम उपविजेता (First Runner-up) को उपाधि प्राप्त गर्नुभएको छ भने जुनियर गर्ल्स विधामा प्राप्ति बास्तोला प्रथम उपविजेता घोषित हुनुभयो। त्यस्तै, सिनियर गर्ल्स विधामा सैना बराल दोस्रो उपविजेता (Second Runner-up) बन्न सफल हुनुभयो भने जुनियर गर्ल्स वि...
चेतन राईको ‘मेरो देश नेपाल’ गीत सार्वजनिक(भिडियो)

चेतन राईको ‘मेरो देश नेपाल’ गीत सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ — नेपाली मौलिक संगीत, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मेरो देश नेपाल’ गीत तथा भिडियो सार्वजनिक गरिएको छ। विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा संगीतप्रेमी, साहित्यकार तथा कलाकारहरूको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्व उपसचिव तथा भाषा आयोगका  सदस्य एवम् साहित्यकार उषा हमाल रहनुभएको थियो। त्यसैगरी, किर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ कार्यक्रमका विशिष्ट अतिथि का रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल संगीत कल्याण कोषका अध्यक्ष, गायक तथा संगीतकार रमेश पाठक, राप्ति समाजकाअध्यक्ष, गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको विशेष उपस्थिति रहेको थियो। साथै, निर्देशक तथा कोरियोग्राफर कृष्ण रसालको पनि सहभागिता रहेको थियो। सार्वजनिक गरिएको गीतमा चेतन राई को स्वर तथा संगीत रहेको छ। गीतका शब्द राजाराम पौडे...
केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण

केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण

मनोरन्जन, समाचार
बेलायतमा बसोबास गर्दै युद्ध साहित्यमार्फत आफ्नो पहिचान बनाउनुभएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ । मिलाप पब्लिकेशनको आयोजनामा तथा अनेसास दर्पणको संयोजनमा आइतबार ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित विशेष कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त कृतिको लोकार्पण गरिएको थियो। कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मिलाप मासिक कार्यकारी सम्पादक गीता अधिकारीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले हल्लाखल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरूको अस्तित्व दीर्घकालीन नहुने उल्लेख गर्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा निरन्तर लागिरहने स्रष्टाहरूको सुदूर गन्तव्य सुनिश्चित ...
‘माया गर्दैन’ सार्वजनिक (भिडियो)

‘माया गर्दैन’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
एभरेष्ट ग्यालरीको निर्माणमा बनेको सामाजिक गीतको भिडियो ‘माया गर्दैन’ सार्वजनिक गरिएको छ । गीतकार सागर बास्तोलाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपानेलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ । https://www.youtube.com/watch?v=gnZ4byJ832o सनम कठायतले पछिल्लो सार्वजनिक म्युजिक भिडियो ‘माया गर्दैन’ आफूका लागि विशेष महत्व बोकेको बताउनुभएको छ । मोडल कठायतको जन्मस्थान साविकको डोटी जिल्ला शिखर नगरपालिका–३ सालगाउँमा छायांकन गरिएको यस गीतको भिडियोमा मोडल स्वयं कठायतसँगै उहाँका बुवा नवराज कठायत, आमा लिलादेवी कठायत, अंकल गणेश कठायत, आन्टी नन्दादेवी कठायत तथा भाइ कैलाश कठायतको समेत अभिनय छ । निर्देशक जनक सिंहको परिकल्पनामा निर्माण भएको उक्त गीतको भिडियोमा दीपक गिरी र गणेश साउदको छायांकन तथा प्रविधि संयोजन, अमृत चापागाईंको सम्पादन र क...
‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा

‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा

मनोरन्जन, समाचार
काठमाडौं । ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन कार्यक्रम गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो । नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठको प्रमुख आतिथ्यता र एभरेट नेपाल कल्चर ग्रुपका अध्यक्ष आरसी कोइरालाको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा निर्देशक शम्भु शाही, सुनिल गिरी, कृष्ण रसाल, रमेश बुढाथोकी, अजय विष्ट, सरोज श्रेष्ठ, रिषिकेश श्रेष्ठ, रमेश पाठक, शिला गजुरेललगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै बुद्ध लामा, सन्देश लामा, अभि लामालगायतको सक्रिय उपस्थिति रहेको थियो । आयोजक संस्था नेपाल लोक नृत्य सेन्टरका अध्यक्ष केशव कोइरालाले प्रतियोगिताको विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । कोइरालाका अनुसार प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ ...
गायीका रिता केसी “नारायण गोपाल युवा संगीत पुरस्कार-२०८२” बाट सम्मानित

गायीका रिता केसी “नारायण गोपाल युवा संगीत पुरस्कार-२०८२” बाट सम्मानित

मनोरन्जन, समाचार
दाङकी प्रतिभाशाली गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन्। राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४० हजार रुपैयाँ नगद प्राप्त गरेकी हुन्। कोषका सदस्य–सचिव डा. विष्णुबहादुर भण्डारीका अनुसार वरिष्ठ संगीतकार प्रा. डा. दीपक जंगम अध्यक्ष रहेको मूल्यांकन समितिले गायिका केसीलाई पुरस्कारका लागि सिफारिस गरेको हो। करिब दुई दशकदेखि गायन क्षेत्रमा सक्रिय केसी राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको सचिव हुन भने हाल उनि संगीतमै विद्यावारिधि (PhD) गर्दैछिन्। पुरस्कार प्राप्त भएपछि उनले यसलाई आफ्नो करिअरको महत्वपूर्ण प्रेरणाका रूपमा लिँदै, “यस वर्षको छनोटमा परेकी रहेछु, धेरै खुशी छु र आफैलाई भाग्यमानी ठान्छु,” भन्दै खुशी व्यक्त गरिन्। उक्त पुरस्कार उनलाई यही मंसिर २० गते एक कार्यक्रमकाबीच प्रदान गरिएको हो। ...
‘लोकन्ती’को रोमान्टिक गीत सार्वजनिक

‘लोकन्ती’को रोमान्टिक गीत सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली कथानक सिनेमा ‘लोकन्ती’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । आगामी मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने सिनेमाको ‘लाजै नमानी’ बोलको गीत सार्वजनिक गरिएको हो । आइतबार सार्वजनिक सिनेमाको रोमान्टिक गीतमा सिनेमाका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन् । यो गीतमा मेलिना राई र नारायण थापाको स्वर रहेको गीतमा शंकर अधिकारी ‘घायल’को शब्द रचना तथा विकास चौधरीले संगीत छ । काजी लिम्बुले कथा लेखेको ‘लोकन्ती’लाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन् । सिनेमामा अभिनेता एसराज गराच मुख्य भूमिका छ । काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदना उजागर गर्नेछ । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता सन्तोष न्यौपाने हुन् ...
लोक आधुनिक स्वादमा सुमी पराजुलीको नयाँ प्रस्तुति ‘पिपल बोटैमा’(भिडियो)

लोक आधुनिक स्वादमा सुमी पराजुलीको नयाँ प्रस्तुति ‘पिपल बोटैमा’(भिडियो)

मनोरन्जन, समाचार
गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार आधिकारिक रूपमा Sumi Parajuli Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। केही दिनअघि सार्वजनिक गरिएको पोस्टरबाटै चर्चामा आएको गीत अब भिडियोसहित दर्शक–श्रोतामाझ आएको हो। लोक–आधुनिक स्वाद समेटिएको यस गीतमा स्वर सुमी पराजुली, शब्द आनन्द अधिकारी, संगीत एलिश कार्की, एरेञ्ज शिवम रसाइली, तथा मिक्स/मास्टर श्यामश्वेत रसाइलीको रहेको छ। गीतको रेकर्डिङ म्युजिक क्लाउड, कमलादीमा गरिएको हो। गीतको भिडियोमा अभिनेता गम्भीर बिष्ट र अभिनेत्री बिना राउतको सशक्त अभिनय देख्न सकिन्छ। प्रेम, स्मृति र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गरेका हुन्। मेकअप सुभाष तिमिल्सिना, पोशाक कुसुम बुटिक, तथा कोरियोग्राफी पुनम श्रेष्ठको रहेको छ। भिडियोको पोस्टर सन्तोष डिजाइनले ...
फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया

फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया

मनोरन्जन, समाचार
काठमाडौं । साहित्यकार भीष्मराज फुलाराको शब्द रचना, पछिल्लो पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईंको संगीत र गायक–गायिका आशिष अविरल र एलिना चौहानको सुमधुर स्वर रहेको ट्रेन्डिग गीतमा बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ‘सञ्जु’, ‘रहिस’ “जबतक है जान”, चलचित्रको ‘मै भी बडीया तु भी बडीया’ र ‘ किस किसको प्यार करे-२” जस्ता थुप्रै भारतीय गीतका संगीत संयोजक निषाध चन्द्राको संगीत संयोजन र आशिष अविरलकै मिक्सिङ तथा माष्टरिङ रहेको पुतली गीतले छोटो समयमा ३० मिलियन (३ करोड) भन्दा बढी दर्शकको माया पाउन सफल भएको छ । सो अवसरमा ‘पुतली’ म्यूजिक टिमले काठमाडौं, अनामनगरमा अवस्थित संगीतकार बजगाईंकै ‘म्यूजिक किचेन’ स्टुडियोमा केक काटि बधाई तथा सफलताको सेलिब्रेशन गरेका थिए । सुनिल विकको निर्देशन रहेको गीतको भिडियोमा प्रदीप लामा, जुना सुन्दास मुख्य भूमिका रहेको म्युजिक भिडियोमा, अनिशा क्षेत्री, लाक्पा ल...
बाल प्रतिभाको अन्तर्राष्ट्रिय यात्रा : लिटल च्याम्पियन्स नेपाल सिजन–२ सुरु

बाल प्रतिभाको अन्तर्राष्ट्रिय यात्रा : लिटल च्याम्पियन्स नेपाल सिजन–२ सुरु

मनोरन्जन, समाचार
काठमाडौ । व्ल्याक वर्ड ईन्टरटेनमेन्टको आयोजनामा सञ्चालन हुने बाल प्रतिभा खोज कार्यक्रम लिटिल च्याम्पियन्स नेपालले पहिलो सिजनको  सफलतापछि दोस्रो सिजन  सुरु गरेको छ। पहिलो सिजनले सहभागिता, व्यवस्थापन र प्रतिफलका दृष्टिले उत्कृष्ट सफलता प्राप्त गरेपछि अभिभावक, विद्यालय तथा विद्यार्थीहरूको व्यापक मागका आधारमा यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाइएको आयोजकले जनाएको छ। यस अन्तर्गत लिटल च्याम्पियन्स नेपाल दोस्रो सिजनको अडिसन मंसिर ६ गते सम्पन्न भएको थियो। अडिसनमा काठमाडौं तथा आसपासका ४० वटा विभिन्न विद्यालयका करिब ४ सय विद्यार्थीहरूले नृत्य र गायन विधामा आफ्नो लुकेका प्रतिभा प्रस्तुत गरेका थिए। निष्पक्ष र कडा मूल्याङ्कनपछि तीमध्येबाट १०० जना उत्कृष्ट प्रतियोगीहरू आगामी चरणका लागि छनोट गरिएका छन्। छनोट भएका प्रतियोगीहरूका लागि मंसिर १३ गतेदेखि प्रत्येक शनिबार गरी लगातार ...