रामप्रसाद खनालको “एउटा ढुकुर उडिगयो” सार्वजनिक(भिडियो)
नेपालबाट भर्खर अमेरिका फर्केका वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनालले अमेरिकाबाट आफ्नो अर्को नयाँ र फरक शैलीको सेन्टिमेन्टल दोहोरी गीत “एउटा ढुकुर उडिगयो” युट्युबबाट संसारभर र नेपालमा जनता टेलिभिजन, जनता टेलिभिजनबाट एक साथ रिलिज गरेका छन् ।
https://www.youtube.com/watch?v=6ROhNu-sR04
दोहोरी गीत लाने र ल्याउने मात्र हुँदैनन्, कथा र व्यथाका पनि बन्छन्, फरक शैलीका पनि बन्छन्, त्यही फरक शैलीको प्रयोग गरेको छु मैले यो गीत “एउटा ढुकुर उडिगयो” मा रामप्रसाद खनाल भन्छन् । खनालको आफ्नै शब्द र अभिनयमा आएको नयाँ गीतमा सुनिता बुढाले खनाललाई स्वरमा साथ दिएकी छिन भने अभिनयमा शोभा त्रिपाठीको मिठो साथ रहेको छ । त्यसै गरी खनाललाई निर्मल शर्माले निर्देशन र अभिनयमा दुबैमा साथ दिएका छन् । थानेस्वर गौतम को सङ्गीत, कमल सरगमले सङ्गीत संयोजन गरेको यो गीत रामप्रसाद खनालको बाउन्नौँ एल्बम...









