प्रिन्सा,सन्जु,आमोस र रोनिश भए यो वर्षको लिटिल प्राईड अफ नेपालको विजेता
लिटिल प्राईड अफ नेपालको तेश्रो संस्करणको ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । एएनपी मिडिया हाउसको आयोजनामा आयोजित उक्त प्रतियोगितामा करीब ८० भन्दा बढि बालबालिकाहरुको सहभागिता रहेको थियो । करिब २ महिना विभिन्न विधाका अनुभवी ख्याती प्राप्त प्रशिक्षकः गायनमा मोहन मगर,नृत्यमा संदिप भुजेल, अभिनयमा किशोर अनुरागबाट लामो प्रशिक्षण पश्चात राष्ट्रिय नाचघरमा प्रतिस्पर्धी बालवालिकाहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । नृत्य,गायन तथा अभिनयमा ईच्छुक बालवालिकाहरुको थप क्षमता अभिवृद्धि गर्दै उनीहरुको प्रतिभा हजारौ माझ प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको लिटिल प्राईड अफ नेपालका प्रतिस्पर्धीहरुले आकर्षक प्रस्तुती दिएर अभिभावक तथा निणार्यक मण्डलको मन जितेका थिए ।
यस अघिका प्रतियोगिताबाट समेत द भ्वाईस लगायत राष्ट्रिय स्तरका विभिन्न रियालिटी शोहरुमा आकर्षक प्रस्तुती दिदै चर्चा कमाउन सफल भएका ...









