आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको छ । बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको हो । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ८० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले बिहीबार सार्वजनिक गर्नुभएको गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताउनुभयो । यस पटक उहाँले सार्वजनिक गरेको गीति कवितामा शास्त्रीय संगीतमा प्रयोग भएका ७४ रागको नामबाट, एउटै गीतमा नौबटै रस अभिव्यक्त गरिएको, विश्वका अत्यधिक वेशभूष, संसारमा प्रचलित कमिक्स, संसारका प्रचलित कार्टून फिल्म, विश्व प्रसिद्ध हिरो/अभिनेता, विश्व प्रसिद्ध नायिका/अभिनेत्री, संसारका प्रसिद्ध नदी, संसारका विभिन्न खेल, संसारको ठूलो-साने चर्चित चङ्गा, विभिन्न र...
स्टार आरजेको लागि भोटिङ्ग खुल्ला

स्टार आरजेको लागि भोटिङ्ग खुल्ला

मनोरन्जन, समाचार
झापाको दमकमा रहेको रेडियो झापा (१००. ७ मेगाहर्ज) र प्लानेट मल्टिमिडियाको आयोजनामा स्टार आरजे को दोस्रो संस्करण गत पुस २९ गते देखि तालिम सञ्चालन भएको थियोे । दक्ष रेडियोकर्मी तथा संचारकर्मि उत्पादन गर्ने साथै संचार क्षेत्रमा दक्ष्य जनशक्ती उत्पादन गर्ने उदेश्यका साथ शुरु भएको तालिममा खोटाङ, पाँचथर, ईलाम, मोरङ साथै झापा बाट २५ जना सहभागी रहेका थिए । बिभिन्न चरण पश्च्यात टप १५ मा पर्न सफल सहभागीहरु प्रतिस्प्राधाअत्मक ब्यबहारिक प्रतिस्प्राधामा आफ्नो प्रस्तुती दिने चरण रहेका छन । जस अन्तर्गत बिभिन्न विषयमा आफ्नो प्रस्तुतिहरु दिईरहेका छन । उनिहरुको योग्यता र कलालाई पहिचान गरि ग्लोबल अनलाइन पे मार्फत सहभागी प्रतिस्पर्धीहरु लाई भोट गरि जिताउन सक्ने रेडियो झापाका प्रबन्धक निर्देशक कोशिस शिवाकोटिले जानकारी गराए । यस अघी गत बर्ष पनि स्टार आरजे सञ्चालन भएको थियो । स्टार आरजेको यो दो...
‘मिस वल्र्डवाईड ईण्डीया’को ताज नेपाली मोडल आश्विनीलाई,नितुलाई दादा साहेब फाल्के टेलिभिजन अवार्ड

‘मिस वल्र्डवाईड ईण्डीया’को ताज नेपाली मोडल आश्विनीलाई,नितुलाई दादा साहेब फाल्के टेलिभिजन अवार्ड

मनोरन्जन, समाचार
नेपालकी मोडल तथा पंचायत चलचित्रकी कलाकार अश्विनी कोईरालाले  भारतको मुम्बईमा सम्पन्न ‘मिस एण्ड मिसेस वोल्ड्वाईड”को ग्राण्ड फिनालेमा  मिस वल्र्डवाईड ईण्डियाको ताज सहित बेष्ट मोडलको टाईटल जित्न सफल भएकी छिन। होटल सि प्रिन्सेस मुम्बईमा आयोजित उक्त कार्यक्रम अखिलेश सिंह संस्थापक अध्यक्ष रहेको संस्था एमडी फिल्मोरा मिडिया नेटवर्कको आयोजनामा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड ,२०२२ को समेत आयोजना गरिएको थियो । भारतिय चर्चित कलाकारहरु शरद मल्होत्रा,ईरिका फर्डनाण्डेज,आमिर अली, जिशन खान,संजय गगनानी लगायतको उपस्थितीमा आयोजित उक्त कार्यक्रममा नेपालको तर्फबाट सहभागी हुन उनकी माता तथा अभिनेत्री नितु कोईराला समेत पुगेकी थिईन । उनले भारतकै लोकप्रिय अवार्ड दादा साहेब फाल्के इण्डीयन अवार्ड समेत हात पार्न सफल भएकी थिईन । पछिल्लो पटक भारतका विभिन्न शहरमा आयोजीत कार्यक्रममा सम्मानि...
रक ब्यान्ड एमटी ८८४८ले ल्यायो ‘ब्लु जिन्स ठिटी'(भिडियो)

रक ब्यान्ड एमटी ८८४८ले ल्यायो ‘ब्लु जिन्स ठिटी'(भिडियो)

मनोरन्जन, समाचार
नेपाली रक गित संगित पारखी हरु माझ रक शैली कै गित पस्किने हेतु चर्चित नेपाली रक ब्यान्ड एमटी ८८४८ ले आफ्नो नया गित ‘ब्लु जिन्स ठिटी’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ब्यान्ड कै शब्द संगित रहेको गित ब्लु जिन्स ठिटी को म्युजिक भिडियो मा ब्लु जिन्स लायेकी ठिटी को भुमिका चर्चित डान्स रियालिटी शो बुगि वुगि कि प्रथम प्रतिस्पर्धी एवं ब्यस्त नृत्यांगना मोडल कबिता नेपाली ले निभायेकी छिन र उनी लाई संजित तुलाधर ले साथ दियेका छ्न। https://www.youtube.com/watch?v=mXfvWWvqzbs ब्यान्ड को आफ्नै युट्युब च्यानल मा राखियेको म्युजिक भिडियो लाई आवेश बज्राचार्य र धन योन्जन तामाङ ले खिचेका हुन भने सम्पादन माधब बेल्बासे को रहेको छ ,साथै भिडियो लाई अमृत सुनुवार ले निर्देशन गरेका हुन । ...
‘फेसियल हाउस’को भ्यालेन्टाईन फोटो सुटमा सनम र उषा

‘फेसियल हाउस’को भ्यालेन्टाईन फोटो सुटमा सनम र उषा

मनोरन्जन, समाचार
  फेसियल हाउसले विभिन्न पर्व तथा समारोहमा गर्दै आएको फोटो शुटलाई प्रणय दिवस (भ्यालेनटाईन डे )को अवसरमा पनि निरन्तररता दिएको छ । एक दशक देखि सुगम संगीतका म्युजिक भिडियोमा एक क्षत्र राज गरिरहेका मोडल सनम कठायत र चिटिक्क परेको जीउडाल ठुला ठुला आखा भएकी अभिनय र नित्य ले छोटो समयमा नै दर्शकको मन मस्तिकमा बस्न सफल उषा उप्रेतीले प्रणय दिवस फोटो शुटको मोडलीङ गरेका छन् । अहिले सनम र उषा दुवै चलचित्रमा आउने तयारीमा छन् । फोटो शुटमा मेकअप र हेयर स्टाइल फेसियल हाउसको रहेको छ भने कुसुम बुट्टिक को ड्रेस र क्यामरा लेन्समा कुबेर डंगोलको रहेको छ । दुबै मोडलले यस प्रकारको फोटो शुट गर्न पाउँदा खुसिलागको बताएका छन् । उषाले यस भन्दा पहिला पनि फेसियल हाउसको मेकअप र हेयर स्टाइलमा फोटो सुट गरिसकेको बताईन् । उषा भन्छीन् ’ सुषमा महरा दिदी संग काम गर्दा धेरै नै नयाँ कुराहरु सिक्न पाएको छु । उनले फेसियल ...
पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

मनोरन्जन, समाचार
काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा आयोजना हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिएकिछन् । शान्ति, भाइचारा र ...
बादल थापा मगरको ‘नुनको भारी’ (भिडियो)

बादल थापा मगरको ‘नुनको भारी’ (भिडियो)

मनोरन्जन, समाचार
दुर्गम भेगको वास्तविकतालाई चित्रण गरिएको गीत ‘नुनको भारी’ सार्वजनिक भएको छ । बादल थापा मगरको लय, स्वर र लेखराज गिरीको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/HXzRZHlPkms भिडियोमा ‘रेलको बाटो’ गीतका कलाकार लक्ष्मण देवकोटा र सरस्वती खत्रीका साथै वसन्त उदास, रूपचन्द्र बुढा, प्रकाश पहाडीलगायतको अभिनय छ । विनयराज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा गरिएको भिडियोमा भीमसेन कल्याल ठकुरीकोे छायांकन, अनिश घर्तीको ड्रोन अपरेट, पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको रङ संयोजन छ । भिडियोमा दुर्गम भेगको वास्तविकतालाई चित्रणका साथै सुन्दर प्राकृतिक दृश्य कैद गरिएको छ । ...
जीवनको निर्देशनमा ‘मेरो सवाल’ भन्दै सन्दीप र अन्नु (भिडियो)

जीवनको निर्देशनमा ‘मेरो सवाल’ भन्दै सन्दीप र अन्नु (भिडियो)

मनोरन्जन, समाचार
यतिबेला मौसम प्रेमको छ । हुन त प्रेमका लागि सधैँ मौसम नै हुने गर्दछ । तरपनि प्रेमदिवसका कारण यो समय अझ बढी प्रेममय बनेको छ । प्रेमीहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिएको पाइन्छ । १४ फेब्रुअरी त झन् सबै प्रेमीहरूका लागि विशेष हुने गर्छ । यो विशेष अवसरमा हरेक वर्ष प्रेमिल गीतहरू बन्ने गर्छन् । यसैबीच प्रेमदिवसको छेको पारेर गायक सन्दीप कार्की र अन्नु ढकालको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । उहाँहरूको स्वरमा रहेको ‘मेरो सवाल…’ गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/y65stjoPCd0 जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा सुप्रिया खनाल र गायक सन्दीप कार्की नदी किनारमा रोमान्टिक देखिएका छन् । विमला हुमागाईंले शब्द रचना गरेको गीतमा गायक कार्कीले नै संगीत भर्नुभएको छ । दिपेन वस्नयातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियो साइराम पिक्चर्सको युट्युबमार्फत् सार्वजनिक भएको हो । ...
कृष्ण रसालको कोरियोग्राफमा ‘के पारा हो यस्तो’ सार्वजनिक(भिडियो)

कृष्ण रसालको कोरियोग्राफमा ‘के पारा हो यस्तो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
कृष्ण रसालको कोरियोग्राफमा रहेको गीत ‘के पारा हो यस्तो’ सार्वजनिक भएको छ । मनोज लकान्द्रिको स्वर र समिर आचार्यको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=6yyzgkPTpJc पेन्टर कृष्णको निर्देशन रहेको गीतको भिडियोमा अर्चना डी क्षेत्रीको अभिनय छ । ओम गोर्खालीको छायाँकन र मिन विश्वकर्माको सम्पादन रहेको भिडियोमा अष्ट्रेलियाका सुन्दर दृश्य कैद गरिएको छ । सबैको मिहिनेतबाट एउटा राम्रो गीतको भिडियो बनेको र दर्शक स्रोताले मन पराउनेमा आफू आशावादी रहेको कोरियोग्राफर रसालले बताउनुभयो ।  भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...
“अनलाईन एक्टिङ कम्पिटिसन” को आयोजना हुने

“अनलाईन एक्टिङ कम्पिटिसन” को आयोजना हुने

मनोरन्जन, समाचार
काठमाडौं । ग्रेट भिजन मिडियाको प्रस्तुतिमा “अनलाईन एक्टिङ कम्पिटिसन,२०२२” को आयोजना हुने भएको छ । आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष के.डी भट्टराईले दिएको जानकारी अनुसार माघ १५ गतेबाट प्रतियोगिताको आवेदन फाराम खुल्ला रहनेछ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको त्रासको बीचमा पनि मनोरंजन दिने र नयाँ प्रतिभा बाहिर लिएर आउने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२२” को आयोजना गर्न लागेको भट्टराईले बताए । उनले दिएको जानकारी अनुसार यस प्रतियोगितामा भाग लिनको लागि प्रतिस्पर्धीहरुले २ देखि ५ मिनेट सम्मको भिडियो आफ्नै आवाजमा रेकर्ड गराएर पठाउनु पर्नेछ। यदि भिडियोमा कपिराइट लागेको खण्डमा प्रतियोगिलाई डिस्क्वालिफाई गरिने बताइएको छ। प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक अनिल बि. डि.आर, जादुगर तथा कलाकार राजेन्द्र गिरि(गुन्द्रुके), आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष एवम् फेसन कोरियोग्राफ...