आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

‘चाहना एउटै’मा मोडल आशा भारती(भिडियो)

‘चाहना एउटै’मा मोडल आशा भारती(भिडियो)

मनोरन्जन, समाचार
मोडल आशा भारती फिचर्ड चाहना एउटै बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक तथा संगितकार पवन भट्टको शव्द,संगित तथा एरेन्जमा तयार भएको गीतको भिडियोमा स्यवं भट्टलाई मोडल आशासंग रोमान्स गरेको भिडियोमा देख्न सकिन्छ । चोभार वरपरको मनोरम दृश्य कैद भएको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका छन भने सम्पादन हिम्मत चैसीर, कलर टेकेन्द्र शाह र निर्देशन रामकुमार केसीले गरेका हुन । प्रत्युस रानाभाटको निर्माण रहेको भिडियो कलाकार टिभी नामको यूटयूबबाट सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=jotNN7GNyIg पछिल्लो पटक थुप्रै म्यूजिक भिडियोमा व्यस्त मोडल आशा भारतीलाई यो भिडियोमा निकै आकर्षक रुपमा देख्न सकिन्छ । अभिनय यात्राको छोटो समयमा चर्चा बटुल्न सफल मोडल भारतीको उत्कृष्ट गीतहरुको भिडियो आउने क्रममा रहेको छ । आफ्नो काममा निकै लगनशिलता प्रस्तुत गर्ने भारती संचारकर्म संग संगै अभिनयमा समेत...
मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२२ को ताज यस्मिना र रोजिनालाई

मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२२ को ताज यस्मिना र रोजिनालाई

मनोरन्जन, समाचार
दक्ष इन्टरदेशनलद्धारा आयोजित सातौं मिस ब्युटीफुल नेपाल २०२२ को उपाधि यस्मिना मल्ल ठकुरीले हाँसिल गरेकी छिन् । सोही मञ्चमा आयोजना भएको छैटौं संस्करणको मिसेस ब्युटीफुल नेपाल २०२२ को उपाधि रोजिना अधिकारीले जितेकी छिन् । पूर्व मन्त्रि एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजकिशोर यादवको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम जमल स्थित नाचघरमा सम्पन्न भएको थियो । सो प्रतियोगितामा मिस ब्युटीफुल नेपालमा फस्ट रनरअप, पन्चुअल तथा मिस पपुलरको उपाधि अनिता खत्रीले जितिन् । यसै गरी सेकेन्ड रनरअप तथा बेष्ट स्किनको उपाधि खुस्बु अग्रवालले र थर्ड रनरअप तथा मिस डिसिप्लेनको उपाधि अन्सु अर्यालले हाँसिल गरे । सोही क्रममा मिसेस ब्युटिफुल नेपालतर्फ फस्ट रनरअप तथा बेस्ट र्याम्पवाकको उपाधि मायाँ श्रेष्ठ मतिनाले, सेकेन्ड रनरअप, पपुलर तथा पन्चुअलको उपाधि इन्दु कुँवरले प्राप्त गरे । सोही कार्यक्रम मिस नेप...
रमा खड्का पौडेलले जितिन ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष  उपाधी

रमा खड्का पौडेलले जितिन ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष उपाधी

मनोरन्जन, समाचार
सौन्दर्य प्रतियोगिताहरु आयोजनामा आफ्नो बेग्लै छबि बनाएको मोडल सङ्ग्स नेपालले आफ्नो आयोजनामा नेपालमै पहिलोपटक आमा भै सकेका नारी लक्षित मोडलिङ सम्बन्धी प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द मम – व्युटी कन्टेस्ट ’ को अन्तिम प्रतिस्पर्धा एक भव्य कार्यक्रमका विच सम्पन्न गरेको छ । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष उपाधी रमा खड्का पौडेलले जितेकी छिन । उनले बिजेताको ताजसँगै बिधागत तर्फको ‘मस्ट पपुलर’ अवार्ड समेत हात परिन । बिजेता बनेसँगै उनले नगद रू. २५,०००/- र अन्य विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरिन ।प्रतियोगिताको भोटिङ पार्टनरको रुपमा रहेको ग्लोबल अनलाइन पे को मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व सुचना तथा प्रविधि एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको उपस्थिति रहेको थियो । कार्यक्रममा ...
झरनाले उचालिन् नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि

झरनाले उचालिन् नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि

मनोरन्जन, समाचार
मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहने युवतीहरुका लागि एउटा प्रभावकारी प्लेटफर्म प्रदान गर्ने हेतुले आर एण्ड आर ग्रुपका लागि मन्जु श्रेष्ठद्वारा आयोजना गरिंदै आएको नेपाल्स नेस्क्ट सुपर मोडलको सिजन फाइभ भव्यताका सम्पन्न भएको छ । बूधबार साँझ नयाँबानेश्वर स्थित एभरेष्ट होटलमा सम्पन्न भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा फेसन, ग्ल्यामर र स्टाइलको राम्रो संगम भएको पाइयो । आईआईएफटीका डिजाइनरहरु तथा पम्फाज् कुटरले तयार पारेका पहिरनमा आफ्नो उत्कृष्ट प्रस्तुतिहरु दिने क्रममा एक पछि अर्को गर्दै फेसनमय दृष्यहरु ¥याम्प माथि प्रदर्शन गर्ने क्रममा सहभागि प्रतिस्पर्धीहरु मध्येबाट अन्ततः च्यासल ललितपुरकी झरना रेग्मीले नेपाल्स नेक्स्ट सुपर मोडल सिजन फाइभको उपाधि आफ्नो नाममा सुरक्षित बनाउन सफल भइन् । उनले वेष्ट बडीको अवार्ड पनि जितिन् । रनवे मोडलिङको विविध पक्षमा आधारित भएर मुल्यांकन गरिएको ...
महाशिवरात्रीको अवसरमा‘जय शम्भो बम बम भोले’सार्वजनिक(भिडियो)

महाशिवरात्रीको अवसरमा‘जय शम्भो बम बम भोले’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
महाशिवरात्री पर्वको अवसर पारेर जय शम्भो बम बम भोले बोलको गीत सार्वजनिक भएको छ । बुधवार वाइटिएच इन्टरटेन्मेन्ट युटुब बाट सार्वजनिक भएको गीतलाई गीतकार लोकराज अधिकारीले रचना गरेका हुन । अभिनेता आर्यन सिग्देलको मुख्य भुमिका रहेको गीतको म्युजिक भिडियोमा योगेशकाजी ,चक्र बम , अनुप अधिकारी र प्रकाश मल्लले साथ दिएका छन् । भने गीतकार अधिकारीले पनि महादेबको भुमिका निभाएका छन । https://youtu.be/-dl8xpwRM1A गीतमा योगेशकाजी , चक्र बम ,मेघ पौडेल ,सारिका घिमिरेले स्वर दिएका छन् । गीतमा संगीत र एरेन्ज पनि योगेशकै हो । अर्जुन तिवारीले छायाँकन गरेको भिडियो लाई राजिव समिरले कोरियोग्राफी र निर्देशन गरेका छन् । पोखराको पुम्दीमा रहेको भुमेस्वर महादेब मन्दिरमा छायाँकन गरिएको भिडियोलाइ सुप्रीम पराजुलीले सम्पादन गरेका हुन । लोकगीत ,आधुनिक गीत , पप गीत ,चलचित्रका गीत गजल सहित एक सय पचास बढी गीत लेखेका गीतका...
नृत्य निर्देशक संघको आयोजनामा प्रथम राष्ट्रिय नृत्य दिवस

नृत्य निर्देशक संघको आयोजनामा प्रथम राष्ट्रिय नृत्य दिवस

मनोरन्जन, समाचार
साँस्कृतिक एवं ऐतिहासिक मध्यपुरथिमि नगरपालिकाको शंखधर साख्वाः चोकमा बिभिन्न जातजातीको भेषभूषा झल्किने पहिरणमा लामबद्ध कलाकारहरुले सिंगो देश यहीँ उभिएको आभाष दिइरहेको थियो । नेवारी परिहण हाकुपटासीदेखि, थारु, मैथली, भोजपुरी, लगायत देशभरबाट आएका कलाकारको पहिरणसँगै प्याब्सन अन्तर्गत मध्यपुरथिमिका बिभिन्न बिद्यालयबाट आएको लामबद्ध बिद्यार्थीहरुको हौसलाले मध्यपुरथिमिको रौनक बढाइरहेको थियो । मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठको आगमनसँगै आकाशबाट हेलिकप्टरले पुष्पबृष्टि गरेसँगै यहाँ छुट्टै रौनक देखियो । पुष्पबृष्टि पछि नगर प्रमुख श्रेष्ठले रिबन काटेर सुरु गर्नु भएको बिभिन्न पहिरणका झाँकीसहितको र्याली बालकुमारी, दुईपोखरी, बाहखा बजार, नगदेश बोडे हुदैँ थिमिको ऐतिहासिक एवं धार्मिक महत्व रहेको कुमारी मन्दिर परिसरमा गएर नृत्य महोत्सवमा परिणत भयो । कार्यक्रमको उद्घाटन गर्दै म...
सुरेन्द्र बसेलको निर्देशनमा ‘बुहारी चाहियो घर’ सार्वजनिक(भिडियो)

सुरेन्द्र बसेलको निर्देशनमा ‘बुहारी चाहियो घर’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
‘बुहारी चाहियो घर’ बोलको गीतको म्युजिक भिडियोको ट्रिजर ओएस्आर डिजिटलबाट सार्वजनिक भएको छ । निकै मिहिनेत गरेर आफुहरुले यो भिडियो सार्वजनिक गरेको र सम्पूर्ण टिमले नै भिडियोमा गरेको मिहिनेतका लागि आफुले हृदयदेखी नै धन्यवाद व्यक्त गरे भने भिडियोलाई एक चोटि हेरिदिनु हुन पनि लिड मेल आर्टिष्ट जयन्द्र साउद लगायत टिमले सबै दर्शकमा अनुरोध गरे । https://www.youtube.com/watch?v=gEVl-ETnvUg इन्जोय नेपाल मिडिया प्रा लिको प्रस्तुतिमा तयार पारीएको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर सुरेन बसेलले निर्देशान गरेका छन । भिडियोमा जयन्द्र साउद, स्मारिका ढकाल, श्वेता भण्डारी, चर्चित बाल कलाकार आयुसी ढकाल, जेबिश जेनिस श्रेष्ठ, आदित्य भण्डारीको मुख्य अभिनय रहेको छ । भुपेन्द्र सिंह र रेखा जोशीको आवाजमा सजिएको उक्त गीतमा स्वयम गायक सिंहको शब्द तथा जीवन बडुको संगीत, एरेन्ज भुवन बडु तथा मिक्सिङ मास्टरिङ्ग जीव...
‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’को टैलेन्ट राउण्ड भोली

‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’को टैलेन्ट राउण्ड भोली

मनोरन्जन, समाचार
विगत लामो समयदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना सम्पन्न गर्दै आएको दक्ष ईन्टरनेशनलले ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’ले सातौं संस्करणको ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’को टैलेन्ट राउण्ड भोली हुने भएको छ ।। उपत्यका लगायत मोफसलबाट छनौट प्रक्रियामा समावेश भएका प्रतिस्पर्धीहरू मध्येबाट छनौट भई कुल १५ प्रतिस्पर्धी ‘मिस ब्युटीफुल नेपाल’ को सातौं संस्करणको बिजेता बन्नका लागि तयारीमा छन् । त्यसैगरी ‘मिसेस ब्युटीफुल नेपाल’ को छैठौं संस्करणको उपाधीको लागि ६ जना प्रतिस्पर्धी छनौट प्रक्रियाबाट छनौट भई प्रतिस्पर्धामा उत्रिएका आयोजकले जनाएको छ । मिस ब्युटीफुल नेपाल २०२२ तर्फ रन्जना शाही, अनिता खत्री ‘निशु’, अन्शु अर्याल, उशा घिमिरे, गीता प्रसाई, नम्रता अधिकारी, खुश्बू अग्रवाल, बिनिता राना, माया पाण्डे, उर्मिला बस्नेत, यश्मिना मल्ल ठकुरी, शिल्पा बाजिको र अस्मिता बाखरेल त्यसैगरी ...
ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

मनोरन्जन, समाचार
स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक विशेष सामारोहबीच गीतकार डा. कृष्णहरि वरालको प्रमुख आतिथ्यता र साहित्यकार युवराज नयाँघरे, राधेश्याम लेकाली, बाबा बस्नेत, ज्ञानुवाकर पौडेल, बरिष्ठ संगीतकार राजु सिंहलगायतकाको आतिथ्यतामा गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको हो । एल्बम स्रष्टा कैनीको जन्मोत्सवको अवसरमा सार्वजनिक गरिएको हो । सो अवसरमा वर्थ डे केके पनि काटिएको थियो ।अल्टा ग्राफिक्सका प्रमुख सल्लाहाकार तीर्थराज भट्टको सभापतित्वमा भएको कार्यक्रममा अथितिहरूले स्रष्टा कैनीको साहत्यिक व्यक्तित्वका बारेमा उहाँको सार्वजनिक गजल एल्वम ‘मञ्जरी’का बारेमा आ-आफ्ना भनाइ राख्दै शुभकामना तथा बधाई दिनुभएको थियो । एल्बम ‘मञ्जरी’का बारेमा संगीतकार राजु सिंहले संमिक्षा गर्नुभएको थियो । सार्वजनिक गजल एल्बममा ‘मदिराले आज’, ‘सागरको छाल जस्तै’, ‘मनमोहनी’ र ‘सिं...
खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड

मनोरन्जन, समाचार
एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र चिट्ठीका लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । निर्देशक माधव राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठी कमेडी, हरर र थ्रिलर जनारामा रहेको बताइएको छ । चलचित्रको छायाँकनको लगभग ७० प्रतिशत सकिएको र अव ३० प्रतिशत मात्रै बाँकी रहेको निर्देशक खरेलले बताएका छन् । चलचित्र छायाँकनका क्रममा नायक सञ्जित भण्डारी घाईते भएपछि केही सम्मका लागि छायाँकन स्थगित गरिएको थियो । स्वास्थ्यलाभ गरे पश्चात पुनः जोश र जाँगरका साथ काममा फर्कने भण्डारीले बताएका छन् । नायक भण्डारीले भनेका छन् “चिट्ठी, मेरो जिवन कालकै अहिले सम्मकै उत्कृष्ट र लोभ लाग्दो स्कृप्ट हो र यसमा अझ सुग...