आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

राजेन्द्र बजगाईंको संगीतमा ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’(भिडियो)

राजेन्द्र बजगाईंको संगीतमा ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’(भिडियो)

मनोरन्जन, समाचार
चरोन बजगाईं र स्वाति भट्टको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएका संगीतकार राजेन्द्र बजगाईंको संगीत रहेको छ। ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’ बोलको गीतमा शब्द रचना रंग पत्रकार बिष्णु सुबेदीको रहेको छ। सार्वजनिक गीतमा निषाद चन्द्रको संगीत संयोजन र मनोज परियारको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ। https://youtu.be/dRmxrf3Hwsg कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायाँकन र बिष्णु खड्काले सम्पादन गरेका छन्। भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन जिवन संगै गायक चरोन बजगाईंको अभिनय रहेको छ। भिडियो त्रिमुर्ति इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। ...
निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला

निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला

मनोरन्जन, समाचार
निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२४’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो सातौं संस्करण हो । उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिले सम्मकै बृहत संख्याका भाषा–भाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रुपमा लिने गरिन्छ । नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरुलाई कार्यक्रममा सहभागी गर्दै आईरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भ...
एएनपी मिडियाको आयोजनामा ‘नेशन्स गट ट्यालेण्ट’ एपिवानबाट प्रसारण हुने

एएनपी मिडियाको आयोजनामा ‘नेशन्स गट ट्यालेण्ट’ एपिवानबाट प्रसारण हुने

मनोरन्जन, समाचार
गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट नामक रियालिटि  शो हुने भएको छ।नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालीटी शोको घोषणा गरेको हो। एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेशन्स गट ट्यालेण्टका निर्देशक लबबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक उक्त कार्यक्रम एपिवान टेलिभिजनबाट प्रसारण हुने जानकारी गराए।बालबालिकाका लागि गायन र नृत्य विधामा आफनो कला प्रस्तुत गर्न अवसर प्रदान गर्न मञ्च उपलब्ध गराउने सो रियालीटी शोमा  ख्यातीप्राप्त अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल, तथा ख्यातीप्राप्त गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायक रहने छन्।  रियालीटी शोमा पत्रकार विदुर गिरी सल्लाहकार संयोजक, राज लुईटेल कार्यक्रम संयोजक,  शम्भुप्रसाद रेग्मी ईभेन्ट संयोजक र अनिता तामाङ्ग कार्...
मुन थकालीको नयाँ गीत सार्वजनिक(भिडियो)

मुन थकालीको नयाँ गीत सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ। प्रतिभावान व्यक्तित्व गायक,संगीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा संगीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी छन्। रोमान्टिक गीतमा मुन थकाली र रिया लामा फिचर्ड छन्। https://youtu.be/cjQqwTwlMDY हर्कुलस बस्नेतको संगीत संयोजन रहेको गीतमा शब्द रचना मुन थकाली र कृस क्षेत्रीको रहेको छ। नितेश लामाको निर्देशनमा बनेको भिडियोमा रिया लामाको कोरियोग्राफी रहेको छ। भिडियोको छायाँकन र सम्पादन पनि नितेश लामाले नै गरेका हुन्। जोमसोमको रमणीय दृश्यहरु कैद गरिएको भिडियो उत्कृस्ट बनेको छ। भिडियो मुन थकालीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। ...
एमएस नेपाल इन्टरनेसनलको उपाधी सीता सुवेदीलाई

एमएस नेपाल इन्टरनेसनलको उपाधी सीता सुवेदीलाई

मनोरन्जन, समाचार
काठमाडौं । एम एस नेपाल इन्टरनेसनलको उपाधी सीतालाई एकखुट्टाले शास्त्रीय नृत्य गर्ने भनेर चिनिएकी सीता सुवेदी कलालाई आफ्नो हृदयको ढुकढुकी मान्छिन। कलाक्षेत्र उनको प्राणमा बसेको छ। उनले सङ्गीत र नृत्यलाई हृदयले नियाल्ने प्रयास गरिरहेकी छन भन्ने कुरा उनको सम्वादमा सहजै अनुमान लगाउन सकिन्छ। समग्रमा कला क्षेत्रको अध्यन र चिन्तनमा आफ्नो एक दशक खर्चिसकेकी उनै सीताको सुन्दरताप्रतिको धारणा बेग्लै छ। जिवनको सुन्दर पक्ष लाग्ने सुन्दरता प्रतिको उनको बुझाइ गहिरो छ। सुन्दरता अर्थात सौन्दर्य मान्छेको शारीरिक बनावटमा होइन दृष्टिकोणमा हुनुपर्छ भन्ने बिश्वास राख्ने सीता शारीरिक चुनौतीका बाबजुद पनि सौन्दर्य प्रतियोगिता जस्तो प्लाटफर्ममा आफुलाई होमिन। उनको मेहनत, धैयता, लगनशीलता, अनुशासन र आत्मबिस्वासले उनले शुरूवात गर्न खोजेको सुन्दरताको अवसरमा समान आवाज बन्न सकु भन्ने चाहनालाई साकार बनायो । अन्त...
सरोज दाहालको निर्देशनमा टेलिचलचित्र ‘टुल्के दाइ’ (भिडियो)

सरोज दाहालको निर्देशनमा टेलिचलचित्र ‘टुल्के दाइ’ (भिडियो)

मनोरन्जन, समाचार
कलाकार तथा निर्देशक सरोज दाहालको निर्देशनमा टेलिचलचित्र टुल्के दाइ आउने भएको छ। मंसिर १५ गते शुक्रवार देखि आउन लागेको टुल्के दाइको प्रोमो Tulke Dai Official युट्युब च्यानलमा सार्बजनिक भएको छ। सामाजिक र पारिवरिक कथा बस्तु बोकेको टुल्केदाइ टेलिसिरियलमा टुल्के दाइको भुमिका बाबुराम शाक्यले निभाएका छन्। https://www.youtube.com/watch?v=VtKwefIJDJg बाबुराम शाक्य, मायादेबी श्रेष्ठ, सरोज दाहाल, रश्मी भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाइका बस्नेत, श्रीजना कार्की, रजनी खड्का, बिष्णु भण्डारी, सुनिता कार्की, हिरा श्रेष्ठ लगायतका कलाकारको टेलिचलचित्रमा मुख्यभुमिका रहेको छ। बाबुराम शाक्यको कथामा सौरभ दवाडीले पटकथा सम्बाद तयार पारेका हुन्। सिरियलको शिर्ष गीतमा जय देबकोटाको शब्द संगित र स्वर रहेको छ।अनिल जिसीको छायांकन रहेको टुल्केदाइको सम्पादन मुकेश हमालले गरेका हुन्। बि. एम. पिक्चर्स...
कृष्ण र सुबासको ‘तिहारको लहर’ सार्बजनिक(भिडियो)

कृष्ण र सुबासको ‘तिहारको लहर’ सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । बिशेषगरि नेपालीहरूको महान तथा महत्वपूर्ण चाडबाडलाई लक्षित गरेर कयौं गीत र भिडियो बन्ने सार्वजनिक हुने त भईरहेकै हुन्छन् । तर त्यस्ता कतिपय गीत र म्युजिक भिडियोहरुमा नेपालीपन र मौलिकता हराउंदै गईरहेको पाईन्छ । यसै सन्दर्भमा महान चाड दिपावली, तिहारलाई लक्षित गरि हालै मात्र “तिहारको लहर ” बोलको एउटा परम्परागत शैलीको देउसी, भैलो गीत सार्वजनिक भएको छ । डि.पी खनालको मौलिक रचना रहेको यस गीतलाई कृष्ण भट्टराई र सुवास श्रेष्ठले लय भरेका छन् । https://www.youtube.com/watch?v=PgpwTd5C4o4 लय संकलक द्वयकै स्वर रहेको गीतमा गायिकाद्वय मनिषा राई र दिपा तामाङ्ले स्वरमा साथ दिएका छन् भने यस गीतमा संगीत संयोजन र ध्वनी मिश्रण भने चन्दु गोर्खालीको रहेको छ । भिडियोमा चर्चित कलाकारहरु शितल के.सी, श्रीदेव भट्टराई, रोहित कार्की, मुस्कान लामाको साथमा कृष्ण भट्टराई, सुवास श्रेष्ठ, भावना श्रेष्ठ...
‘फुल बुटे सारी’मा चर्चा कमाएको मदनकृष्ण तथा मिथिलाको जोडी पूनः‘सुन न तिमी राम्रो लाग्यो’मा (भिडियो)

‘फुल बुटे सारी’मा चर्चा कमाएको मदनकृष्ण तथा मिथिलाको जोडी पूनः‘सुन न तिमी राम्रो लाग्यो’मा (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठद्वारा स्वरबद्ध नयाँ गीत “सुन न तिमी राम्रो लाग्यो” सार्वजनिक गरिएको छ । पाको उमेरमा पनि मानिसभित्र जवान इच्छा र आंकाक्षा जीवित रहन्छ भन्ने प्रेमिल भावमा तयार पारिएको गीतमा प्रतिमा श्रेष्ठको शब्द रचना तथा अनिल शाहीको संगीत रहेको छ । https://www.youtube.com/watch?v=J8aQOLCGFc0 मदनकृष्णसँगै अभिनेत्री मिथीला शर्माको अभिनय र नृत्यसमेत रहेको गीतको भिडियोमा दुवैका रोमाञ्चक दृश्यहरु समेटिएको छ । मदनकृष्णको कलाकार तथा म्युजिक भिडियो निर्देशक पुत्री सराना श्रेष्ठले तयार पारेको गीतको वृद्ध उमेरको पुरुषका चाहना र इच्छाका विम्बात्मक भिडियोमा मदनकृष्ण स्वयंले अभिनय गरेका छन्। । यस अघिको लोकप्रिय म्यूजिक भिडियो ‘फुलबुटे सारी’मा पनि मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको जोडीलाई नै फिचर्ड गरिएको थियो ।क्रियटिभ ह्याट्स युट्युब च्यानलबाट सार्व...
मिसेस् नेपालमा सहभागी हुन मिसेस् वर्ल्ड सरगम कौशल काठमाडौँमा

मिसेस् नेपालमा सहभागी हुन मिसेस् वर्ल्ड सरगम कौशल काठमाडौँमा

मनोरन्जन, समाचार
काठमाडौं । ‘मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँ आएकी छन् । उनी यही कार्तिक २२ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘मिसेस् नेपाल २०२३’को फाइनलमा सहभागी हुन आफ्नी आमासहित शनिवार साँझ काठमाडौँ उत्रिएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई मिसेस् नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका निशुकान्त झा र अफिसियल कोरियोग्राफर अश्विनीकान्त झा सहित मिसेस् नेपाल वर्ल्ड २०२२ विजेता दीक्षा केसीले स्वागत गरेका थिए । विमानस्थलमा आयोजित पत्रकारहरू सम्मेलनमा कौशलले आफू पहिलो पटक नेपाल आएको बताइन् । “सगरमाथाको देशमा मलाई निम्त्याएकोमा नेपालको आयोजकलाई धन्यवाद छ । पहिलो पटक नेपाल आएकी हुँ । मलाई नेपाल र भारत सहोदर दिदीबहिनी जस्तो लाग्छ । यही मौकामा धार्मिक हिसाबले पनि पुन्यभूमि नेपालको पशुपतिनाथ मन्दिरको दर्शन पनि गर्नेछु”, उनले बताइन् । मिसेस् नेपालका सबै सहभागीलाई बधाई द...
‘उपहार’ नायक तेज गिरीले जिते रजत पदक

‘उपहार’ नायक तेज गिरीले जिते रजत पदक

मनोरन्जन, समाचार
काठमाडौं । पछिल्लो चलचित्र “प्रेमगन्ज”बाट अत्याधिक चर्चा कमाएका नायक तेज गिरीले बाके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग संघको आयोजनामा यही १७ र १८ गते नेपालगन्जमा सम्पन्न प्रथम मेयर कप “राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस प्रतियोगिता २०८०” को ६८ के.जि. तौल समुहमा रजत पदक(Silver Medal) जित्न सफल भएका छन् । यस प्रतियोगितामा देशभर बाट लगभग ९० जनाको हाराहारीमा खेलाडीहरुको सहभागीता रहेको थियो । यो प्रतियोगितामा मैले पहिलो पटक सहभागिता जनाएको हो । उनले पहिलो पटकमा नै दोश्रो स्थान हासिल गर्न पाँउदा अतेन्तै खुशी लागेको बताए । उहाँ अभिनित “उपहार” चलचित्रको पहिलो गित हिजो ओसआर युट्उब च्यानलबाट रिलिज भएको थियो । गितले राम्रो चर्चा बटुलि रहेको छ । उपहार चलचित्र आउँदो फाल्गुन २५ बाट प्रदर्शनमा आउनेछ। ...