शकुन्तला शर्मा र भैरव बहादुर थापा भुवन चैत्य बसुन्धरा फाउण्डेसनबाट पुरस्कृत
काठमाडौं– भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस वर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार आज साउन २५ गते आइतबार दुई भिन्न कार्यक्रमका बीच प्रदान गरेको छ ।
५ दशक देखि नेपाली चलचित्र र रंगमन्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक भन्दा बढी समय देखि नेपाली रंगमन्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरव बहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको छ ।
दुबै पुरस्कारहरुको राशी जनही एकाउन्न हजार रुपैयाँ रहेको छ ।
कोभिड–१९ कोरोनाको संक्रमण बढिरहेको अवस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम जमघट नगरी फाउण्डेसनका पदाधिकारी र केही संचारकर्मीको उपस्थीतिमा सम्पन गरिएको थियो ।
बिशिष्ट नृत्य निर्देशक भैरव बहादुर थापालाई पुरस्कार र सम्मान अर्पण कार्यक...









