आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

फेसबुकले मेसेन्जर र इन्स्टाग्राम जोड्दैँ

फेसबुकले मेसेन्जर र इन्स्टाग्राम जोड्दैँ

मनोरन्जन
असोज १५ काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुक मेसेन्जरलाई, इन्स्टाग्राम र ह्वाट्स्यापसँग जोड्ने योजना लिएका थिए।सोही योजनाअनुसार यो वर्षको सुरुमा ह्वाट्स्याप र फेसबुक मेसेन्जर जोडिइ सकेको छ। जसमा प्रयोगकर्ताले ह्वाट्स्याप मेसेन्जर बटनको फिचर पाएका थिए। यो फिचरमा ह्वाट्स्यापमै मेसेन्जर भिडियो कल गर्नसक्ने सुविधा छ। अब फेसबुकले मेसेन्जर र इन्स्टाग्राम पनि जोड्ने भएको छ। मेसेन्जर र इन्स्टाग्राम जोडिने भएसँगै यी दुई एपले अन्य नयाँ फिचरहरु ल्याएका छन्। सो नयाँ फिचरमा मेसेन्जर एप नभएका प्रयोगकर्ताले पनि इन्स्टाग्रामको डिएमबाट सिधैँ मेसेन्जरमा मेसेज पठाउन सक्छन्। त्यस्तै इन्स्टाग्राम एप नभएकाले मेसेन्जरबाट इन्स्टाग्राममा डिएम गर्नसक्ने छन्।‘अब मेसेन्जरका प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न छुट्टै एप डाउनलोड गर्नु पर्दैन र इन्स्टाग्रामका प्रयोगकर्ताले मेजेन्जर एप डाउनलोड गर्...
अक्षयको ‘बेल बटम’ले प्रदर्शनमा नआउँदै नयाँ रेकर्ड कायम गर्न सफल

अक्षयको ‘बेल बटम’ले प्रदर्शनमा नआउँदै नयाँ रेकर्ड कायम गर्न सफल

अन्तराष्ट्रिय, मनोरन्जन, समाचार
बलिउड अभिनेता अक्षय कुमार अनुशासित र तीव्र गतिमा काम गर्ने कलाकारका रुपमा परिचित छन्। अक्षयले एक वर्षमा अन्य अभिनेताका भन्दा धेरै फिल्ममा काम गर्दै आएका पनि छन्। तीमध्ये धेरैजसो फिल्म बक्स अफिसमा सफल पनि भएक छन्। उनले यस पटकको लकडाउनमा नयाँ फिल्म निर्माणका क्रममा धेरै नयाँ रेकर्डहरू समेत कायम गर्न सफल भए। अक्षय पछिल्लो १८ वर्षदेखि दैनिक ८ घण्टा काम गर्दै आएका थिए। तर यस पटक कोरोनाको महामारी रोक्नका लागि लाइउबको लकडाउनमा केही महिना काम गर्न नपाएपछि उनले काम गर्ने समय दोब्बर बनाए। पछिल्लो जानकारीका अनुसार अक्षय लकडाउनमा सुटिङ आरम्भ गरेर लकडाउनमै समाप्त गर्ने पहिलो अभिनेता बनेका छन्। चलचित्र निर्माण युनिटले फिल्मको छायाँकन सकिएको घोषणा गर्दै नयाँ पोस्टर सार्वजनिक गरेको छ। ‘बेल बटम’ विश्वकै पहिलो त्यो पहिलो फिल्म हो, जसको शूटिङ लकडाउनमा सुरू भएर लकडाउनमै समाप्त भयो। यसको सुटिङ सेप्टेम्ब...
चर्चित इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल’बोलको गीतको भिडियो सार्वजनिक

चर्चित इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल’बोलको गीतको भिडियो सार्वजनिक

मनोरन्जन, समाचार
काठमाण्डौं, असोज १५ /चर्चित इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भीम बिष्टको शब्द संगीतमा तयार पारीएको गीतमा गायक वीरेन्द्र श्रेष्ठलाई सुमधुर स्वरकी धनी चर्चित लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छिन । गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन भने म्युजिक सम्पादन श्याम्श्वेत रसाईली को रहेको छ । https://youtu.be/R73DlGl9jIk चर्चित नृत्य निर्देशक कोरियोग्राफर गम्बिर बिष्टको निर्देशनमा बनेको भिडियोमा चर्चित नायक पल शाह र नायिका रियासा दाहाल तथा अहिलेका व्यस्त लोकप्रिय क्रिउ कार्टुन क्रिउका सरोज र आश्माको जोडीको रमाइलो नृत्य गरेको देख्न सकिन्छ । लकडाउनको कारण खाली रहेको अवस्थामा याक एण्ड येति होटेलमा दरबारको झल्को आउने सिनमा पल, सरोजलाई युबराजको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा नवराज उप्रेतीको छांयाकन नबिन रिजालको सम्पादन रहेको छ । भ...
राजु ढकाल र लोकप्रिय गायिका देवी घर्ती मगरको आवाजमा रहेको मर्मस्पर्सी लोकदोहोरी गीत नेपाल तिरै जाम

राजु ढकाल र लोकप्रिय गायिका देवी घर्ती मगरको आवाजमा रहेको मर्मस्पर्सी लोकदोहोरी गीत नेपाल तिरै जाम

मनोरन्जन
असोज १४ काठमाडौं । विगत लामो समयदेखी जापानको शहर फुकुओका बस्दै आएका सर्जक तथा गायक माधब सिग्देलले लोकदोहोरी गीत नेपालतिरै जाम सार्वजनिक गरेका छन् । चर्चित लोकदोहोरी गायक राजु ढकाल र लोकप्रिय गायिका देवी घर्ती मगरको आवाजमा रहेको गीतमा शब्द संगित भने माधब सिग्देल आफैले गरेका छन् । युवाहरु विदेशी एर भोग्नु परेको यथार्थ घटनालाई गीत प्रस्तुत गरिएको छ । अभिनय चर्चित मोडल अन्जली अधिकारी र माधब सिग्देल को रहेको छ । निर्देशन प्रकाश भट्ट, जापानको छायांकनमा दिपक दिवकोटा ,नेपाल छाँयाकन दुर्गा पौडेल ,सम्पादन विष्णु शर्मा ले गरेका छन् । साहि भिजन प्रालि द्वारा निमार्ण गरिएको भिडियोलाई सर्जक तथा गायक माधब सिग्देलले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । https://youtu.be/97wd91BwdpA ...
यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द

यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द

मनोरन्जन
असोज १३ काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ।खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने सो पुरस्कार तथा सम्मान विवाद भएका कारण रद्द गरिएको हो। ‘सो पुरस्कार र सम्मान आइतबार घोषणा भएपछि केहि विवाद र असहज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,’ प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन्। पद्मश्री साहित्य पुरस्कार डा. सञ्जीव उप्रेतीको हंस उपन्यास र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने घोषणा गरिएको थियो। तर सो घोषणा गरेलगत्तै यौन शोषणक...
प्याराग्लाइडिङ असोज १५ बाट सञ्चालनमा आउने

प्याराग्लाइडिङ असोज १५ बाट सञ्चालनमा आउने

मनोरन्जन
असोज १३ काठमाडौं । सहासिक खेल प्याराग्लाइडिङ असोज १५ गतेबाट पोखरामा सञ्चालनमा आउने भएको छ । नेपालको चर्चित पर्यटकीय स्थल पोखरामा व्यवसायीक रुपमा खेलाईदै आएको प्याराग्लाइडिङ कोरोना महामारीका कारण विगत ७ महिनादेखी बन्द थियो । सरकारले असोज ५ गतेबाट आन्तरिक उडान शुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेवाट व्यवसायीक रुपमा सञ्चालनमा आउने पक्का भएको हो ।अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था (नाका) ले जनाएको छ ।  ...
९३ औँ अस्कर अवार्डका लागि आवेदन खुल्ला

९३ औँ अस्कर अवार्डका लागि आवेदन खुल्ला

मनोरन्जन
असोज १३ काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिचर फिल्म समितिले ९३ औँ अस्कर अवार्डका लागि आवेदन खुल्ला गरेको छ। सोमबार विज्ञप्ति मार्फत प्रतिस्पर्धामा सहभागी हुन चाहनेले असोज १३ देखि असोजको २९ गतेसम्म नेपालको अस्कर कमिटीलाई आवेदन बुझाउनु पर्ने छ। यो वर्षको अस्करमा सहभागीता हुनको लागि केही नियमहरु पनि परिवर्तन भएका छन्। परिवर्तित नियममा महामारीको कारण प्रदर्शन गर्ने मिति तोकेर पनि प्रदर्शन हुन नसकेको चलचित्रले पनि सहभागिता जनाउने पाउने प्रावधान आएको छ। यो भन्दा अघिल्ला वर्षहरुमा कुनै पनि चलचित्र हलमा प्रदर्शन भएर कम्तीमा एक साता चलेको हुनुपर्ने थियो। यो वर्ष भने कोरोनाले प्रदर्शनमा प्रभाव पारेको चलचित्रले पनि सहभागिता पाउनेछन्। यसका लागि चलचित्रले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट चलचित्र प्रदर्शन रोकिएको पत्र नेपाल अस्कर कमिटीलाई बुझाउन पर्ने छ। यस्तै हलमा प्रदर्शन रोकिएर स्ट्रिमिङ साइ...
गीतकार यसुको शव्द तथा रबिना अभिनित ‘पिउदिन सराब’को भिडियो सार्वजनिक (भिडियो)

गीतकार यसुको शव्द तथा रबिना अभिनित ‘पिउदिन सराब’को भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गीतकार यसोदा थापा (यसु)को शव्दमा अर्को गीतको भिडियो सार्वजनिक भएको छ ।गायिक निशा देसारको स्वरमा सजिएको सुमुधुर गीत ‘पिउदिन सराब’ बोलको गीतको भिडियो द रबिना आरुश च्यानल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । राज सागरको संगित रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन । https://www.youtube.com/watch?v=XPeYEg4g4qI रबिना, आयुष चौहान र मिरा रावतको अभिनय रहेको भिडियोलाई रबिना र आयुषले संयुक्त रुपमा निर्देशन गरेका छन भने सम्पादन तथा छायांकन आयुष र अमित कुमारले गरेका हुन । दिन दुखीहरुको सेवामा निकै तल्लिन भएर लाग्दै आएकी समाजसेवी तथा गीतकार यसु थापा(यशोदा)ले गीत रचनामा राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएकी छिन ,भने उनको रचनामा थुप्रै चर्चित गायक गायिकाले स्वर दिएका छन । ...
बरदान दशैं उत्सव, विजेतालाई खसी

बरदान दशैं उत्सव, विजेतालाई खसी

मनोरन्जन
पोखरा ।पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले नेपालीहरुको महान चाड बडादशैँको अवसरमा बरदान दशैं उत्सव कार्यक्रम सुरु गरेको छ । असोज ११ गतेदेखि कार्तिक ६ गतेसम्म जारी रहने उत्सवमा ग्राहकले ३० प्रतिशतसम्म छुट र विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् ।एक हजार रुपैंया भन्दा बढी सामान खरिदकर्तालाई स्टोरले अर्डरकोड उपलब्ध गराउनेछ । त्यसै कोडमार्फत लक्की ड्रमार्फत विजेता छनोट गरिने कार्यकारी प्रमुख सञ्जीव पौडेलले जानकारी दिए । लक्की ड्र बाट प्रथम हुनेले खसी उपहार प्राप्त गर्नेछन् । यस्तै, दोस्रो पुरस्कार वापत चितवनको बाराही जंगल रिसोर्टको तर्फबाट २ दिन १ रातको कपल स्टे वीथ डिन्नर, तेस्रो पुरस्कार जित्नेले सराङकोट माउण्टेन लजबटा २ दिन १ रातको कपल स्टे वीथ डिन्नर, चौथो पुरस्कार जित्नेले पाँच हजार रुपैंया बराबरको ब्यञ्जन रेष्टुरेन्टमा फुड कुपन प्राप्त गर्नेछन् ।यस बाहेक बरदान दशैँ उत्...
कीर्तिमानी गीतकार डा. डीआर को फरक शैलीको गीत ‘मायामा हामी’ सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर को फरक शैलीको गीत ‘मायामा हामी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको फरक शैलीको गीत ‘मायामा हामी…’ सार्वजनिक भएको छ । डा. उपाध्यायको अक्षर अक्षरको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा एउटा अक्षरमा पुरुषको स्वर र अर्को अक्षरमा नारीको स्वर रहेको छ । सार्वजनिक गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने वविन ढुंगाना र रिता केसीले स्वर दिनुभएको छ । यो फरक शैलीको गीतले केही समयअघि विश्व रेकर्ड राख्न सफल भएको थियो । यो गीत उपाध्यायको केही समयअघि सार्वजनिक एल्वम ‘चहानाको महल’मा समावेस छ । https://youtu.be/hZNYve4h9KU फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । त्यही मध्येको यो एउटा गीत हो ‘चहानाको महल’ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको छ । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँक...