बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

आर्थिक

महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रम सम्पन्न

महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रम सम्पन्न

आर्थिक, समाचार
ललितपुर, १९ मंसिर – नेपाल महिला चेम्बरले क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रमको आयोजना गरेको छ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा शुक्रबार आयोजित सो वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताका रुपमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ र चिकित्सा वैज्ञानिक डा. दिग्विजय राजा महतले प्रस्तुती दिएका थिए । महिला चेम्बरकी सदस्य सोनी जोशीले वक्ता डा. सुदिप श्रेष्ठको व्यक्तित्व बारे चर्चा गर्दै चिकित्सा विज्ञान अन्तर्गत क्यान्सर उपचारको क्षेत्रमा उनको पृथक पहिचान रहेको भन्दै उनको विज्ञता, अनुभव र आवद्धता सम्बन्धमा प्रकाश पारेकी थिईन । वेमिनार कार्यक्रम माझ आफ्नो प्रस्तुती दिने क्रममा नेपाल ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष समेत रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले कोरोना महामारी शुरु भएका केही साता क्...
अनलाइनबाट विदेशी बस्तु तथा सेवा खरिद गरेवापत सोको भुक्तानीका लागि विदेशी मुद्रा सटही व्यवस्था

अनलाइनबाट विदेशी बस्तु तथा सेवा खरिद गरेवापत सोको भुक्तानीका लागि विदेशी मुद्रा सटही व्यवस्था

आर्थिक, समाचार
अनलाइनबाट विदेशी बस्तु तथा सेवा खरिद गरेवापत सोको भुक्तानीका लागि विदेशी मुद्रा सटही व्यवस्था हुने भएको छ।  राष्ट्र बैंकले मौद्रिक समीक्षा गर्दै अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गर्नेलाई विदेशी मुद्रामै रकम भुक्तानीका लागि सटही सुविधा उपलव्ध गराउने व्यवस्था मिलाइने स्पष्ट पारेको छ। समीक्षाकाे बुँदा नम्वर ६७ मा भनिएको छ ‘अनलाइनमार्फत् निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ।’  कति रकमसम्मको सटही सुविधा हुने, कहिलेबाट दिने भन्नेबारे भने स्पष्ट पारिएको छैन। यसबारे पछि नै निर्देशन जारी हुने राष्ट्र बैंकले जनाएकाे छ। हाल विदेश पढ्न, घुम्न वा रोजगारीका लागि जानेले विदेशी मुद्रा सटही सुविधा पाउँदै आएका छन्। कुनै वस्तु तथा सेवा खरिदका लागि भनेर सटही सुविधा दिइएको छैन। ...
कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्ने

कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्ने

आर्थिक, समाचार
पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि आयल निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो ।     निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को परिच्छेद–६ विनियम ३० (ड) मा व्यवस्था भएअनुसार कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्नेछ भन्ने प्रावधान छ ।’  यस प्रावधानअनुसार बिक्रेताले आफ्नो पम्प भाडामा नदिई विनियमावली बमोजिम आँफै सञ्चालन गर्न अनुरोध गरिएको छ । निगमले पटक पटक भाडामा नलगाउन अनुरोध गर्दै आएको भन्दै विनियमावली विपरीत कसैले पम्म भाडामा लगाएको पाइएमा कारवाही हुने जनाएको छ ...
६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभए ऋणीको धितो लिलाम नहुने,नेपाल राष्ट्र बैंक

६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभए ऋणीको धितो लिलाम नहुने,नेपाल राष्ट्र बैंक

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले ६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभए ऋणीको धितो लिलाम नहुने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले  बताए ।  साथै, सो भचुर्अल कार्यक्रममा कोभिडका कारण चार्ज नलगाइएका अनलाइन भुक्तानी कारोबारमा शुल्क लाग्ने भएको छ ।  मुद्दती खाता र बचत खाताको ब्याजदर अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कल डिपोजिटमा भने सो व्यवस्था लागू नहुने बताएका छन् ।  ...
आज नेप्सेमा १५.५७ अंकले घटेर २ हजार ५५ दशमलब ४५ विन्दुमा

आज नेप्सेमा १५.५७ अंकले घटेर २ हजार ५५ दशमलब ४५ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेको छ । आज नेप्सेमा १५.५७ अंकले घटेर २ हजार ५५ दशमलब ४५ विन्दुमा थापिएको छ भने ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।  नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् । आज जलविद्युत १० र माइक्रोफाइनान्स ३० अंकले ओर्लिएका छन्। त्यस्तै, बैंकिङ ८.७, ब्यापार १६०, होटल ८.३, विकास बैंक २०.३, फाइनान्स ६.७, निर्जीवन बीमा १६६, उत्पादन ७२, अन्य १९ र जीवन बीमा समूह २५८ अंकले घटेका छन्।  एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूह, माथिल्लो तामाकोसी, नेपाल सेवा लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी १ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ। एउटै कम्पनीको साधारण सेयर १ अर...
अर्थ मन्त्रालयले विमा कम्पनीहरुलाई कोरोना विमा भुक्तानीको लागि दावी पुगेका व्यक्तिलाई तीन दिनभित्र रकम उपलब्ध गराउन निर्देशन

अर्थ मन्त्रालयले विमा कम्पनीहरुलाई कोरोना विमा भुक्तानीको लागि दावी पुगेका व्यक्तिलाई तीन दिनभित्र रकम उपलब्ध गराउन निर्देशन

आर्थिक, समाचार
अर्थ मन्त्रालयले विमा कम्पनीहरुलाई कोरोना विमा भुक्तानीको लागि दावी पुगेका व्यक्तिलाई तीन दिनभित्र रकम उपलब्ध गराउन निर्देशन दिएको छ। साथै यसबारे मन्त्रालयलाई नियमित जानकारी गराउन पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ। गत कात्तिक १८ गतेको निर्णयअनुसार एक सातामै भुक्तानी दिइसक्नुपर्ने भए पनि हालसम्म न्यून संख्यामा भुक्तानी भएको गुनासो आएपछि मन्त्रालयले यस्तो ताकेता गरेको हो। अर्थले बिमा समितिलाई दिएको निर्देशनमा भनिएको छ ‘कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ।’ अन्य निर्णय पनि समितिले पालना नगरेपछि अर्थले कागजात पूरा गरेकालाई भुक्तानी दिन र भेरिफिकेसन प्रक...
पशुपतिमा वातावरणमैत्री शवदाह गृह

पशुपतिमा वातावरणमैत्री शवदाह गृह

आर्थिक
पशुपति क्षेत्रमा वातावरणमैत्री शवदाह गृह थपिएको छ। पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकको संयुक्त पहलमा उक्त वातावरणमैत्री शवदाह गृह अब सञ्चालनमा आउने भएको हो। बैंकले रू. ७५ लाखको लागतमा शवदाहगृह निर्माण गरी आज कोषका सदस्य सचिव ढकाललाई हस्तान्तरण गरेको हो। शवदाहगृह हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले कम दाउरा लाग्ने र वातावरणमैत्री भएकाले यसको माग देशभर भइरहेको बताएका छन्। वातावरणमैत्री शवदाहगृहमा १०० देखि १५० केजी दाउरामा शव जलाउन सकिनेछ। हाल भष्मेश्वर र आर्यघाटमा शव जलाउँदा कम्तीमा ४०० केजी दाउरा लाग्ने गरेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिएका छन्। बैंकले यसअघि पोखरा र भैरहवामा पनि यस्तै शवदाहगृह निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ। यस शवदाह गृहमा शव जलाउन पनि कम समय लाग्नेछ। एकदेखि सवा घण्टामा शव जलाइसकिने कोषले...
चार महिनामा ४० करोड ९१ लाख ६२ हजार रुपैयाँ बराबरको सेनिटाइजर नेपाल आयात

चार महिनामा ४० करोड ९१ लाख ६२ हजार रुपैयाँ बराबरको सेनिटाइजर नेपाल आयात

आर्थिक, समाचार
चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४० करोड ९१ लाख ६२ हजार रुपैयाँ बराबरको सेनिटाइजर नेपाल भित्रिएको छ । साउन–कात्तिकसम्म ११ लाख ५४ हजार ६ सय ९१ लिटर सेनिटाइजर आयात भएको भन्सार विभागको तथ्यांक छ । सोही अवधिमा १५ करोड ६२ लाख ४९ हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ५ सय ७४ लिटर अन्य डिसइन्फेक्टेड नेपाल भित्रिएको तथ्यांक छ ।साउनमा १२ करोड २४ लाख १७ हजार रुपैयाँ बराबरको २ लाख ८८ हजार ९ सय ३३ लिटर, भदौमा १४ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ४ सय ४८ लिटर, असोजमा ८ करोड १२ लाख ७७ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २ सय ८२ लिटर र कात्तिकमा ६ करोड ३० लाख ५९ हजार रुपैयाँ बराबरको २ लाख २० हजार २७ लिटर सेनिटाइजर आयात भएको विभागको तथ्यांक छ ।  ...
नेपाल राष्ट्र बैंकले ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्ने

नेपाल राष्ट्र बैंकले ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्ने

आर्थिक, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ । केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ । बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेखछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपवापत जम्...
महासंघ निर्वाचन पछि हामी : सुबोध कुमार गुप्ता

महासंघ निर्वाचन पछि हामी : सुबोध कुमार गुप्ता

आर्थिक, समाचार
सर्वप्रथम, मलाई अमुल्य मत दिई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा मतदाता साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो म प्रतिको विश्वास हो भन्ने मेरो बुझाई छ । साथै आफ्नो प्रतिनिधी मान्दै महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा आभार प्रकट गर्न चाहन्छु । मलाई योग्य ठानी आफ्नो तर्फबाट मत जायर गर्नुहुने तमाम मतदाता साथीहरु प्रति म अनुग्रहित छु । तपाईंहरुले दिनु भएको मतको कदर गर्दै समग्र निजी क्षेत्रको साँखलाई उचो पार्दै अघि बढने प्रण गर्दछु । अग्रज एवम् समकक्षी साथीहरुको राय, सुझाव र सल्लाहलाई आत्मसात गर्दै आफ्नो विवेक र क्षमताले भ्याएसम्म निजी क्षेत्रको समस्याहरुलाई हल गर्न सकृय भएर लाग्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । यहाँहरुको आत्मियपना र रचनात्मक साथ सहयोगको अपेक्षा मेरो कार्यकाल भरि रहिरहनेछ । मुख्य कुरा यहाँहरुलाई मैले निराश बनाउने छैन भ...