शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आर्थिक

कोरोना बीमामा बीमकले रकम नपाएको भन्दै गुनासो आएपछि सरकारको निर्देशनअनुसार नै बीमा समितिले थप सहजीकरण

कोरोना बीमामा बीमकले रकम नपाएको भन्दै गुनासो आएपछि सरकारको निर्देशनअनुसार नै बीमा समितिले थप सहजीकरण

आर्थिक, समाचार
 कोरोना बीमामा बीमकले रकम नपाएको भन्दै गुनासो आएपछि सरकारको निर्देशनअनुसार नै बीमा समितिले थप सहजीकरण गरिरहेको छ । समितिले आज पछिल्लो विवरणबारे जानकारी दिँदै बुधबारसम्म कूल १७ हजार २३५ बराबरको दाबीमा कागजात पूरा भएको जनाएको छ । यस्तै भेरीफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा चार हजार १५२ दाबी पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भेरिफिकेशन भएर आएका सङ्ख्या भने दुई हजार ४९३ रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना बीमामा व्यापक गुनासो आएपछि दुईपटक समितिलाई सहजीकरणका लागि निर्देशन दिएका थिए । दाबी भुक्तानीमा आठ हजार १४५ रहेका छन् भने कागजात पूरा भई भुक्तानी गर्न बाँकी सङ्ख्या भने नौ हजार ९० रहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार कागजात नपुगी पुनःनिर्जीवन बीमा कम्पनीमा फिर्ता भएको दाबी सङ्ख्या भने एक हजार १३६ रहेको छ । समितिक...
महासंघका नवनिर्वाचित पदाधिकारीहरु चेम्बर अफ कमर्शमा

महासंघका नवनिर्वाचित पदाधिकारीहरु चेम्बर अफ कमर्शमा

आर्थिक, समाचार
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नवनिर्वाचित पदाधिकारी सहित जमल स्थित चेम्बर भवन प्रवेश गरेका छन् । महासंघ अध्यक्ष गोल्छा नवनिर्वाचित पदाधिकारी सहित बिहिवार चेम्बरद्वारा आयोजित स्वागत आतिथ्यता साथै बधाई कार्यक्रममा उपस्थित भएका हुन । महासंघका सुप्रिमोहरुलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ एवम् पदाधिकारीहरुले न्यानो आतिथ्यता टक्राएका थिए । यसै माझ नेपाल चेम्बर अफ कमर्सले जमल स्थित आफनै भवनमा स्वागत गर्दै महासंघ अध्यक्ष गोल्छा, वरिस्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ ,रामचन्द्र संघाई र कोसाध्यक्ष सुकुन्तलाल हिराचनलाई कार्यकालको पूर्ण सफलताको कामना सहित बधाई दिएको छ । सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका प्रतिनीधीमूलक संस्था बीच विगत समय देखिनै बिभिन्न कार्य र क्षेत्रहरुमा सहकार्य हुँदै आएको स्...
चेम्बर पदाधिकारीसँग रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको भेटवार्ता

चेम्बर पदाधिकारीसँग रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको भेटवार्ता

आर्थिक, समाचार
काठमाडौं, २४ मंसिर – रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भ्लादिसम मिट्रिभको टोलीले नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा चेम्बर पदाधिकारीसँग भेट गरेको छ । सो अवसरमा नेपालका लागी रुसका राजदुत अलेकसेइ नेइकोभले कोभिड कहर माझ रसियन फेडरेशनका ब्यापारीक प्रतिनिधिमण्डलको भ्रमण भएकोले यसको विशेष महत्व रहेको र यस भ्रमणबाट दुवै मुलुकका जनता र व्यवसायीले लाभ लिन सक्ने कुरा व्यक्त गरे । व्यापारीक प्रतिनिधिमण्डलका प्रमुख मिट्रभले कोभिड विरुद्धको भ्याक्सिन रुसले परिक्षण गरी अधिक रुपमा प्रयोगमा आईसकेको उल्लेख गर्दै नेपालमा पनि सो भ्याक्सिनको प्रयोग गर्न सरल, सहज र छिटो हुने व्यवस्था मिलाउने उदेश्य निहित रहेको बताए । साथै उनले नेपाल भ्याक्सिन प्राप्त गर्ने संभाव्य दश मुलुकको सूचीमा रहेको बताउन पाउँदा आफुलाई खुसि लागेको कुरा ब्यक्त ...
ओरालो लाग्यो शेयर बजार

ओरालो लाग्यो शेयर बजार

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) घटेको छ । आज नेप्से ९.४ अंकले घटेर एक हजार ९ सय ९५ दशमलब ३५ विन्दुमा थामिएको छ भने ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार ३८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।   नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह घटेका छन् ।  सोमबार शेयर बजार ७२.२८ अंकले बढेको थियो भने साताको पहिलो दिन १२३ अंकले घटेर कारोबार समय ४५ मिनेट बाँकी रहँदै बजार बन्द भएको थियो ।  ...
सहकारी संस्थाले प्रवाह गर्ने कर्जामा १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने

सहकारी संस्थाले प्रवाह गर्ने कर्जामा १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने

आर्थिक, समाचार
मनोमानी हिसावले सेवा शुल्क लिइरहेका सहकारीलाई सकस बढेको छ । सहकारी विभागमा हिजो बसेको सरोकारवालासँगको बैठकले १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएपछि उनीहरूमा सकस बढेको हो ।  सहकारी विभागले सहकारी संस्थाले लिने सेवा शुल्क तोकेको छ । विभागले आज मंगलबार संस्थाले प्रवाह गर्ने कर्जामा १ प्रतिशतभन्दा बढी ब्याज नलिन सबै सहकारी संस्थाहरूलाई निर्देशन गरेको हो । आगामी माघ १ गतेबाट लागू हुनेगरी विभागले तोकेको सेवा शुल्क अनुसार सहकारी संस्थाले ऋणीबाट १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाउने छैनन् ।  सहकारी विभागले जारी गरेको निर्देशनमा भनिएको छ ‘सकहारी संस्थाहरूले सदस्यलाई प्रवाह गर्ने कर्जाको ब्याजमा सम्झौता बमोजिमको ब्याज रकम बाहेक अतिरिक्त शुल्क लिन नपाउने नयाँ व्यवस्था विभागले गरेको हो । अब माघ १ देखि कुल कर्जाको १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाउने छैनन् । सहकारी ऐन, २०७...
आज नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा

आज नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । हिजो (आइतबार) नेप्से १२३.३४ अंकले घटेर कारोबार समय भन्दा ४५ मिनेट अघि नै बन्द भएको थियो । आज नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।   नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी बीमा समूहमा लगानीकर्ता आकर्षित भएका छन् । आज सबैभन्दा बढी जीवन बीमा समूह ६९८.८१ र निर्जीवन बीमा समूह ४०५.५४ अंकले बढेका हुन् ।  आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाइड्रोपावर कम्पनीका शेयरधनीहरुले १०–१० प्रतिशत नाफा कमाएका छन् भने एभरेस्ट एन्स्योरेन्सक कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ६.६७ प्रतिशतले घाटा व्यहोरेका छन् । आज पनि पुनर्बीमा कम्पनीकै उ...
कुन बैंकले कति दिँदैछ लाभांश ?

कुन बैंकले कति दिँदैछ लाभांश ?

आर्थिक, समाचार
बैंक तथा वित्तिय संस्थाले आफ्ना शेयरधनीलाई धमाधम लाभांश दिने घोषणा गरिरहेका छन् । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेका हुन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ । कुन बैंकले कति दिँदैछ लाभांश ?  प्रभु बैंकप्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।  सिद्धार्थ बैंक सिद्धार्थ बैंकले यस वर्षका लागि १५ प्रतिशत लाभांश प्रस्ताव गरेक...
चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल

चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल

आर्थिक, समाचार
इलाम। चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ। कोरोना महामारीले विश्व बजारमा सङ्कटमा परेको छ तर चियामा भने असर पर्नुको सट्टा उपलब्धि हासिल भएको छ। तीन महिनाअघि चियाको व्यापार चिह्न उद्योगलाई हस्तान्तरण गरियो। लोगो पाएपछि चियामा आशा पलाएको बताएका उद्योगी भारत र अमेरिकाले सो लोगो स्वीकृति जनाएपछि अझै खुशी देखिएका छन्। नेपाली चियालाई विश्व बजारमा चिनाउन लोगो निर्माण गरिएको हो । लोगो निर्माणपछि भारत, अमेरिका र युरोपियन युनियन(इयु)मा दर्ता गरियो। भर्खरै दुई देशले लोगो स्वीकृति दिएपछि अब नेपाली अर्गानिक (जैविक) चिया आफ्नै ब्राण्ड भएर बजार पुग्ने भएको छ। “लोगोका लागि धेरै रस्साकस्सी गरियो तर पछिल्लो समय आशा पलाएको छ”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने। उद्योगले आफ...
सरकारकले करिब ४१ अर्ब रुपैयाँ कर बक्यौक्ता,असुल्ने तयारी

सरकारकले करिब ४१ अर्ब रुपैयाँ कर बक्यौक्ता,असुल्ने तयारी

आर्थिक, समाचार
सरकारकले करिब ४१ अर्ब रुपैयाँ कर बक्यौक्ता उठाउन बाँकी रहेको छ । चालु आर्थिक वर्षको मंसिर १८ गतेसम्म राजस्वका विभिन्न शीर्षकमा उद्यमी व्यवसायीले सरकारलाई तिर्नुपर्ने सो कर नतिरेका हुन् । सरकारलाई तिर्न बाँकी रहेको करमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) रहेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ । विभागले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको यो अवधिसम्म करिब २० अर्ब रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्न बाँकी रहेको विभागका सूचना अधिकारी अर्जुन दाहालले बताए । गत आवको अन्त्यसम्म यो करको बक्यौक्ता १९ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । अहिले र बक्यौक्ता त्यस्तै चालु आवको यो अवधिसम्म १८ अर्ब ८५ करोड रुपैयाँ आयकरको बक्यौक्ता रहेको छ । गत आवको अन्त्यसम्म २२ अर्ब ७० करोड आयकरको बक्यौक्ता रहेको थियो । यो अवधिमा अन्तःशुल्क भने ७३ करोड ४८ लाख रुपैयाँमात्र रहेको छ ।  खर्चका...
नेप्से परिसूचक ६ प्रतिशत अर्थात १ सय २३ दशमलव ३४ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अंकमा

नेप्से परिसूचक ६ प्रतिशत अर्थात १ सय २३ दशमलव ३४ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अंकमा

आर्थिक, समाचार
शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतवार बजारमा उच्च गिरावट देखिएको छ । यस्तै एक महिनामा ४ सय अंक बढीले बढेको बजारमा अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्न विक्रीचाप बढाएकाले पनि बजार ओरालो लागेको हो । आइतवार मात्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात १ सय २३ दशमलव ३४ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अंकमा बन्द भएको छ । नेप्सेमा आज भएको गिरावट अहिले सम्मकै उच्च हो । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ५१ प्रतिशत अर्थात २१ दशमलव ६२ अंकले घटेर ३ सय ७० दशमलव ६७ अंकमा बन्द भएको छ । आज नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दा २ बजेर १४ मिनेटमा नै कारोबार बन्...